१५ चैत्र २०८०, बिहीबार

लघुवित्तहरुको उर्दी: दुई नम्बर धन्दा गरेर पनि किस्ता देऊ

0

कर्ण बिश्वकर्मा

माघ २८, दाङ/ दाङ्गका लघुवित्त संस्थाहरुले स्थानीय महिलाहरुलाई दुई नम्वरी धन्धा (यौन व्यवसाय) गरेर भएपनि संस्थाको किस्ता अनिवार्य तिर्न उर्दि जारी गरेका छन् ।

लघुवित्तका कर्मचारीहरुले स्थानीय महिलाहरुलाई किस्ता तिर्न नसके दुई नम्वरी धन्धा (यौन व्यवसाय) गरेर पनि किस्ता तिर्न उर्दि जारी गरेको एक स्थानीय महिलाले गुनासो गरेकी छन् ।

जिल्लाको गढवा गाउँपालिका ५ सोनपुरुवा निवासी लघुवित्तको संस्थामा ऋण खानु भएकि दिक्षा चौधरीले गाउँमा आफू लगायतका महिलाहरुलाई लघुवित्त सस्थाहरुले निकै सताएको र गलत धन्धा गरेर पनि अनिवार्य किस्ता तिर्न भनेको गुनासो गरेकी छन् ।

एक संचारमाध्यमसँग दिएको अन्तरवार्तामा पीडित चौधरीले एनएमवि र छिमेकी लघुवित्तीय संस्थाका कर्मचारीहरुले आफुलाई किस्ता तिर्न सक्नुहुन्न भने दुई नम्वरी धन्धा गरेर पनि किस्ता तिर्न उर्दि जारी गरेको दुखेसो पोखेकी छन् ।

उनले भनिन्, “दुई नम्वरी धन्धा (यौन व्यवसाय) गर्ने ठाउँ देख्नु भएको छैन भने हामी देखाई दिन्छौँ, दिनको पाँच सय कमाउनु पर्छ भने, दुनियाँ संग होटल होटलमा गएर सुत्दै हिडनुसम्म भनेका छन् ।”

पीडित चौधारीले एनएमवी संस्थाका कर्मचारीहरुले त्यतिमात्र नभई कि त झुण्डिएर मर्नु ,कि त चोरी गर्नु कि त बुढालाई मार्नु अनि मात्र किस्ता छुट हुन्छ नत्र तिर्नुपर्छ सम्म भनेका छन् उनले भनिन् ।

पीडित चौधरी भनिन्, “छिमेकी संस्थाबाट ६० हजार ऋण आएको थिए ३० हजार तिर्न बाँकी थियो, आफ्नो छोरा बिरामी हुँदा किस्ता तिर्न ९ दिन ढिलो भयो, संस्थाले एक हजार थप व्याजसम्म लियो, डेढ वर्ष भयो पासबुक अझै पनि दिएको छैन ।”

किस्ता तिर्न ढिलो भयो भने घरमा धम्की दिने गरेको गुनासो गर्दै पीडित चौधरीले भनिन्, “घरको सामान लिन्छौ भन्छन्, जेलमा लिन्छौ भन्छन्, बुढा विदेश भएको पाँच महिना भयो, बुढालाई समेत उहाँको मोवाई नम्वर लिएर फोन गरि तनाव दिन्छन्, मोवाईलमा म्यासेस आउँछ भन्छन् केही आउदैन महिलाहरुको उठ्ठीबास भयो ।”

पीडित चौधरीले गाउँमा धेरै महिलाहरु लघुवित्तको ऋणले लुटिएको गुनाासो गर्दै लघुवित्त खारेजीको माग गर्दै आएको र माघ महिनामा किस्ता नदिएको बताइन् ।

चौधरीले भनिन्, “म त प्रतिनिधि पात्र मात्रै हो, गाउँमा धेरैको जग्गा -जमिन लिलाम भएको छ,घरवार विहीन भएका छन् ।”


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।