७ बैशाख २०८१, शुक्रबार

नेकपा बर्दिया पश्चिम कमान्डकाे प्रशिक्षण सम्पन्न, जनताको सुख दु:खको साथी बन्न निर्देशन

0

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी बर्दिया पश्चिम कमान्डले गेरुवामा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपाका पश्चिम कमान्ड इन्चार्ज पहलमान सी को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज हिमशिखर सी रहेका थिए ।
नेताकार्यकर्तालाई प्रशिक्षण दिदै नेता हिमशिखर सीले वर्तमान दलाल संसदीय व्यवस्था झन् भन्दा झन् संकटग्रस्त र जिर्ण बन्दै गएकोले यसलाई सिसाको घरझैं ढाल्न उत्साहित, साहसी र शक्तिशाली भएर दृढतापूर्वक योजनामा हाम फाल्ने नेता कार्यकर्ताको पंक्ति चाहिएको बताएका छन् ।
एक फरक प्रसंगमा सबै संसदवादी पार्टी र तिनका नेता कार्यकर्ता जनतामा बदनाम भैसकेकाले जनतामा भिजेको पार्टी, जनताले विश्वास गर्ने नेता कार्यकर्ता, जनताको सुख दु:खको साथी बन्नु पर्ने उपयुक्त अवसर आफ्नाे पार्टीलाई आएको भन्दै उनले जनता र देशमाथि थोपरिएका तमाम उत्पीडन विरुद्ध जनतालाई गोलबद्ध गरेर सशक्त संघर्ष संचालन गर्नुपर्ने बताए ।
साथै महान जनयुद्धको २८ औं वार्षिकोत्सवको शुभकामना दिदै पार्टीले अगाडि सारेको आगामी दिनमा हुने राष्ट्रियता, जनतन्त्र, जनजिविकाका साथै महंगी, भ्रष्टाचार, लघुवित्त, मिटरब्याजि लगायत विविधखाले बेथिति विसंगतिका विरुद्ध संघर्षका कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन निर्देशन दिए ।

गेरुवा गाउँपालिका सेक्रेटरी दान बहादुर कुमालले संचालन गरेको कार्यक्रममा पूर्वीकमाण्ड इन्चार्ज राम सी, गुलरिया नगर सेक्रेटरी पदम सी लगायत नेताले सम्बोधन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।