१३ बैशाख २०८१, बिहीबार

पाँच कम्युनिस्ट पार्टीद्वारा जनयुद्ध दिवसको पुर्बसन्ध्यामा दिप प्रज्वलन

0

अनिता गजमेर

उदयपुर / जनयुद्धको २८ औं बर्ष प्रवेशको सन्दर्भमा पाँच कम्युनिस्ट पार्टीहरुले दिप प्रज्वलन गरेका छन। नेपाल कम्युनिस्ट पार्टी ,नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी )माओवादी ,नेपाल कम्युनिस्ट पार्टी (बहुमत ),बैज्ञानिक समाजवादी पार्टी ,माओवादी मजदुर पार्टीले जनयुद्ध दिवसको पुर्ब सन्ध्यामा उदयपुरको सदरमुकाम गाईघाटमा संयुक्त रूपमा दिप प्रज्वालन गरि जनयुद्ध दिवस मनाएका छ्न।

उक्त कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी उदयपुर जिल्लाका जिल्ला ईन्चार्ज अमृत सी ले देशमा दुईवटा भरुवा बन्दुकबाट शुरु गरिएको महान जनयुद्ध निकै संघर्ष पछि गणतन्त्र स्थापना गरेता पनि उत्पीडित महिला ,श्रमिक समुदाय ,मजदुर ,मधेसी, जनजातिको जीवनमा कुनै परिवर्तन नआएको बरु उल्टै
अन्याय ,अत्याचार ,भ्रष्टाचार ,बाह्र्य हस्तक्षेप बढेर गएकोले अबो देशमा यो दलाल संसदीय ब्यबस्थाले केहि गर्न नसकिने र यसको विकल्पमा एकीकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजवादबाट मात्रै देशमा परिवर्तन हुने भन्दै २८ औं जनयुद्ध दिवसको शुभकामना दिएका थिए।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी ) माओवादी का केन्द्रिय सदस्य तथा उदयपुर जिल्ला ईन्चार्ज मोहनसिंह तामाङले शुभकामना दिदै सहिदको रगतबाट स्थापना भएको जनयुद्ध दिवसलाई दलालहरुले बेवास्ता गरेर त्यहि दलालहरुसंग घाटी जोडि पटकपटक जनयुद्धको नेतृत्व सरकारमा पुग्दा पनि सहिदको सपनाहरू पुरा नगरेको, देशमा बिदेशी हस्तक्षेप झन बढेको भन्दै यसको विकल्प खोज्नु पर्ने बताए ।

बैज्ञानिक समाजवादी पार्टीका केन्द्रिय सदस्य गोकुल चाम्लिङ्ग ले २८ औं महान् जनयुद्ध दिवसको अवसरमा शुभकामना दिदै देशमा जसरी गणतन्त्र ल्याउन सहिदले रगत बगाएका थिए तर त्यहि गणतन्त्रका नाईकेहरुले सहिदको अपमान गर्दै सत्ता र कुर्सीमा मात्रै सिमित भएकोले आफुहरु पार्टी र क्रान्तिको यात्रामा अगाडि बढिरहेने ,सहिदको रगत खेर जान नदिने प्रतिबद्ध गर्दै देशमा भएको बिदेशी हस्तक्षेपको विरुद्धमा अगाडि बध्ने कुरा बताए ।

त्यस्तै माओवादी मजदुरका जिल्ला सदस्य जगतले जनयुद्ध दिवसको शुभकामना दिदै आफ्नो भनाईहरु राखेका थिए भने कार्यक्रमको संचालन गर्दै नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) का जिल्ला ईन्चार्ज सुरेन्द्रले २८ औं जनयुद्ध दिवसको शुभकामना दिदै देशमा भएको अन्याय अत्याचारको विरुद्ध लडिराख्ने ,सहिदले देखाएको बाटो भुल्न नसक्ने भन्दै कार्यक्रमको समापन गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।