१६ चैत्र २०८०, शुक्रबार

नेकपा काभ्रेद्वारा जनजीविकाका विषयमा संघर्ष गर्ने निर्णय

0

१ फाल्गुन ,काभ्रे / नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति काभ्रेले भ्रष्टाचार , महङ्गी, मिटर व्याज, महिला , दलित, युवा, स्वास्थ्य र शिक्षा लगाएतका जनजीबिकाका समस्याहरूबारे संघर्ष गर्ने निर्णय गरेको छ।आइतबार काभ्रे स्थित मण्डप देउपुर नगरपालिकाको कुन्तामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो।

नेकपा काभ्रेका सेक्रेटरी प्रेरक सी को अध्यक्षतामा भएको तेस्रो पुर्ण बैठकमा पोलिट ब्युरो सदस्य आधार सी, नेकपा केन्द्रिय सदस्य तथा पुर्वि ताम्सालिङ्ग ब्युरो इन्चार्ज विकल्प सी, केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज बिन्दु सी, केन्द्रिय प्रतिनिधि समिति सदस्य युगिन सी र अखिल क्रान्तिकारीका पुर्वि ताम्सालिङ्ग इन्चार्ज दयाराम सी लगातका नेताहरुको सहभागिता रहेको थियो।

बैठकले ६ महिने आवधिक लक्ष्यलाई पुरा गर्न अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ भने पुर्व जिल्ला इन्चार्ज आधार सी लाई स सम्मान विदाई र ब्यूरो इन्चार्ज विकल्प सीलाई स्वागत गरेको छ।

पोलिट ब्युरो सदस्य आधार सी ले पार्टी केन्द्रिय योजनाको मर्म र कार्यभारबारे प्रशिक्षण मन्तव्य राखेको कार्यक्रममा पुर्व सेक्रेटरी प्रेरक सी लाई जिम्मेवारीबाट बिदाई गर्दै सुरेन्द्र सी लाई नयाँ सेक्रेटरीमा नियुक्त गरेको कुरा जिल्ला इन्चार्ज विन्दु सी ले जानकारी दिएकि छन।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।