६ बैशाख २०८१, बिहीबार

२८ औं जनयुद्ध दिवसको अवसरमा कास्कीमा शुभकामना आदान-प्रदान  

0
नेपाल कम्युनिस्ट पार्टी कास्कीले २८ औं  जनयुद्ध दिवसलाई ऐतिहािसक उत्सवको रुपमा विभिन्न कार्यक्रम गरि मनाएको छ । जिल्ला पार्टीको आयोजनामा पोखरा १४ स्थित नमुना बस्तीमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पार्टी राजनीतिक ब्युरो सदस्य तथा पश्चिम गण्डक इन्चार्ज कमरेड राजन, अतिथि जिल्ला इन्चार्ज कमरेड उभार लगायतले सहभागीहरुलाई अबिर लगाएर चकलेट वितरण गरेका थिए ।   कार्यक्रममा बोल्दै प्रमुख अतिथि कमरेड राजनले जनयुद्धका बाँकी कार्यभार पूरा गर्न नयाँ राजनीतिक क्रान्तिको तयारी भइरहेको बताए ।
सामुहिक भोजसहित सम्पन्न भएको कार्यक्रममा बस्तीका युवाहरुलाई जिल्ला पार्टीले खेलकुद सामग्री पनि वितरण गरेको छ । कार्यक्रममा उपस्थित अतिथि र सहभागीहरु सबैले सामुहिक नृत्य गरेका थिए । कार्यक्रम केन्द्रीय प्रतिनिधि सदस्य तथा जिल्ला सेक्रेटरी काजी सी को अध्यक्षतामा सम्पन्न भएको थियो भने  जिल्ला सचिवालय सदस्य कुमार सी ले सञ्चालन र जनसत्ता प्रमुख परिवर्तन सी ले स्वागत गरेका थिए । कार्यक्रममा केन्द्रीय प्रतिनिधि सदस्य किसानसिंह सी, सागर सी, राष्ट्रिय वामपन्थी मञ्चका केन्द्रीय सदस्य पुस्प सी र जगत सी को विशेष उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।