१२ बैशाख २०८१, बुधबार

उपत्यकाको ३ वटै जिल्लामा मनाए जनयुद्ध दिवस

सर्वहारा वर्गको लागि आजको दिन निकै महत्त्वपूर्ण उत्सव हो

0

फागुन १, काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार समितिका संयोजक दिर्घ सीले वर्ग विहिन समाजको निर्माणका लागि नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको बताएका छन् । २८ औँ जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दिर्घ सीले सर्वहारा वर्ग माथिको अन्याय र अत्याचारलाई समाप्त पार्दै वर्गविहिन समाज निर्माण गर्न नेपाल कम्युनिस्ट पार्टीको जन्म भएको बताएका हुन् ।

३ जिल्लाले आयोजना गरेको कार्यक्रममा दुईवटा वर्ग रहदासम्म सर्वहारा वर्गले न्याय नपाउने बताए । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य भृकुटी सीले सर्वहारा वर्गको लागि आजको दिन निकै महत्त्वपूर्ण उत्सव भएको बताएकी छन् । जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भृकुटीले दस वर्षे जनयुद्धले सर्वहारा वर्गका साथै महिलाहरुमा ठूलो चेतनाको विकास गरेको बताइन् ।

काठमाडौँ जिल्ला नम्बर ३ की इन्चार्ज समेत रहेकी उनले दस वर्षे जनयुद्धमा महिलाहरु बलात्कार हुँदा पनि लुकाउनु पर्ने बाध्यताको अन्त्य गरेकाे बताइन् । ‘१० वर्ष जनयुद्धले जस्तोसुकै हिंसा सहन हुन्न भन्ने चेतना दियो, त्यो आन्दोलनका कारण अजभोरी महिलाहरु बोल्न थालेका छन् ।’, उनले भनिन्, ‘यो जनयुद्धकै देन हो ।’ उनले आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याउनु हुने जनयुद्ध र एकीकृत जनक्रन्तिका महान सहिदहरुप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गरेकी थिइन् ।

काठमाडौं ३ नम्बर जिल्ला सचिव दिब्य सीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चन्द्रगीरी र नागार्जुनका जनसमुदायको उपस्थिति रहेको थियो । दिनभर कोणसभा गरेको काठमाडौं जिल्ला नम्बर ३ ले बेलुका दीप प्रज्वलन तथा व्यानर टासेर जनयुद्ध दिवस मनाएको थियो ।

त्यस्तै, उक्त कार्यक्रममा अथितिका रूपमा संगठनका महासचिव ललित सी, सचिव प्रकाश सी, कोषाध्यक्ष प्रतिमा सीले समेत आफ्नो प्रशिक्षणत्मक मन्तब्य राखेका थिए । कार्यक्रमको अध्यक्षता उपाध्यक्ष नरेन्द्र सीको थियो भने कार्यक्रम सञ्चालन भने संगठनका सचिवालय सदस्य डिवि चन्दले गरेका थिए ।

यता, नेकपा ललितपुर र भक्तपुरले दिप प्रज्वलन गरेर जनयुद्ध दिवस मनाएका छन् । लतिपुर जिल्लाको दिन प्रज्वलन कार्यक्रममा नेकपाका पोलिटव्युरो सदस्य आधार सीसहित जिल्ला इज्चार्ज विपिन र जिल्ला सेक्रेटरीको उपस्थिति रहेको थियो । भक्तपुरका नेकपाका केन्द्रीय सदस्स तथा भक्तपुर जिल्ला इन्चार्ज अखिल सीको उपस्थितिमा दिप प्रज्वलन गर्दै सहिदहरुलाई सम्झदै २८औं जनयुद्ध दिवस मनाएका छन् ।

काठमाडौंबाट भरत सी र पासाङ्ग सी, ललितपुरबाट कमल सी र भक्तपुरबाट पुस्पा सीकाे सहयाेगमा ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।