२५ बैशाख २०८१, मंगलवार

शिलालेखमा महासचिवको शुभकामना

जनयुद्धमा बलिदान गर्ने १७ जना सहिदहरुको नामसहित शिलालेखमा महासचिव बिप्लवको शुभकामना

0

इलाम | नेपाल कम्युनिस्ट पार्टी इलामले माइनगरपालिका स्थित शितलीमा निर्माण सम्पन्न गरेको सहिद स्मृती प्रतिक्षालय आज शुभकामना आदानप्रदान कार्यक्रम सहित औपचारिक उद्घाटन  सम्पन्न भएको छ ।

 

माइनगरपालिकाबाट जनयुद्धमा बलिदान गर्ने १७ जना सहिदहरुको नाम सहित शिलालेखमा महासचिव बिप्लवको शुभकामना बक्तब्य समेत रहेको छ । आज २८ औं जनयुद्ध दिवसको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा पार्टीका नेता कार्यकर्ता , स्थानिय जनता र मजदुरहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा पार्टिका केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज मौसमले शुभकामनासहित जनयुद्धको सपना पूरा गर्नुपर्ने दायित्वलाइ आफ्नो पार्टीले पूरा गर्ने बताएका थिए । करिब ११ लाख खर्चमा निर्माण गरिएको उक्त प्रतिक्षालयमा महासचिब बिप्लवले लेख्नु भएको छ- ” रचनात्मक सोच र श्रमले सृजना पैदा गर्दछन्, नवीन सृजनामा क्रान्ती हुन्छ – सहिद स्मृती प्रतिक्षालय यसैको प्रतिक हो । यसका लागि इलामको नेतृत्व, कार्यकर्ता र साथ दिने जनतालाइ धेरै-धेरै धन्यवाद साथै निरन्तर प्रगतिको शुभकामना ।” उक्त प्रतिक्षालयको शिलान्यास भने पार्टिका मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।