८ बैशाख २०८१, शनिबार

२८औं जनयुद्ध दिवस भेरी- कर्णालीमा यसरी मनाइयो

0

वसन्त बिश्वकर्मा

१ फाल्गुन , नेपालगन्ज / नेपाल कम्युनिस्ट पार्टीले भेरी कर्णालीका सबै जिल्लाहरुमा २८ औं जनयुद्ध दिवस भव्य रुपमा मनाएको छ ।

वि.स.२०५२ साल फागुन १ गते आजैको दिन तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले सामन्तवाद,विस्तारवाद र साम्राज्यवादको सबै खाले शोषण,दमन र उत्पीडनबाट समाजलाई मुक्त गरी सर्वहारावर्गीय सत्ता जनवाद,वैज्ञानिक समाजवाद हुदै साम्यवाद स्थापना गर्ने उद्देश्यले जनयुद्ध सुरु गरेको थियो ।

सोही अवसरमा जनयुद्ध दिवसको सम्झना स्वरुप नेपाल कम्युनिष्ट पार्टीले भेरी कर्णालीका सबै जिल्लाहरुमा कतै र्याली त कतै कोणसभा कतै औपचारिक त कतै अनौपचारिक रुपमा विविध कार्याक्रमको आयोजना गरी शुभकामना आदान प्रदान गर्दै यो दिवस मनाईएको छ ।

दिवसका अवसरमा नेपाल कम्युनिट पार्टीले भेरी कर्णालीका कालिकोट,जुम्ला,मुगु,हुम्ला,डोल्पा, दैलेख,सुर्खेत,जाजरकोट,बाँके र बर्दिया जिल्लामा औपचारिक तथा अनौपचारिक रुपमा विविध कार्यक्रमहरु गरेको छ ।

कालिकोट

नेपाल कम्युनिष्ट पार्टी कालिकोटले जिल्लाको माल्कोटमा भव्य जनसभाका वीच जनयुद्ध दिवस मनाएको छ । जनसभामा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्य कर्णाली व्यूरो इन्चार्ज विवेकले सम्वोधन गर्दै जनयुद्धको उद्देश्य अझै पुरा नभएकाले जनयुद्धको उद्देश्य पुरा गर्ने बाटो एकीकृत जनक्रान्तिमा लाग्न सहभागीहरुलाई अपिल गर्नु भयो ।

उहाँले कालिकोट जनयुद्धको समयमा आधार इलाका वनेजस्तै एकीकृत जनक्रान्तिको आन्दोलनमा पनि आधार किल्ला हुनेमा विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली मुक्ति मोर्चाका संयोजक विराटले दलाल संसदीय व्यवस्थाको जरो नै नउखेले सम्म वैज्ञानिक समाजवादी व्यवस्था स्थापित नहुने ठोकुवा गर्नु भयो ।
यस्तै नेकपा केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बलवानले जनताको मुख्य दुश्मन दलाल संसदीय व्यवस्था भएको टिप्पणी गर्नु भयो ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य अविचल लगायतका नेताहरुले नेकपा जनताको दुख र सुख संग साथ दिने पार्टी भएको भन्दै सवै खाले अत्याचारका विरुद्ध संघर्ष गर्न नेकपा तयार भएको जिकिर गर्नु भयो ।

नेकपाका जिल्ला सेक्रेटरी साहसीको अध्यक्षतामा सम्पन्न भएको जनसभा उल्लेखिय जनसभागीता रहेको थियो । कार्यक्रम सुरु हुनुपूर्व जनयुद्ध जिन्दावाद,एकीकृत जनक्रान्ति जिन्दावाद, दलाल संसदीय व्यवस्था मुर्दावाद,वैज्ञानिक समाजवाद जिन्दावाद ! जस्ता नाराहरु लगाउदै कार्यक्रम स्थल सेरापाटा माल्कोट सम्म र्याली निकालिएको थियो ।

बाँके
नेपाल कम्युनिष्ट पार्टी बाँकेले जनयुद्ध दिवस भव्य रुपमा मनाएको छ । कोहलपुर चौराहवाट र्लाली निकालि लोकनगर स्थित प्लान स्कुलमा सभामा परिणत भएको थियो । सभालाई नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रणदिपले सम्वोधन गर्दै व्यवस्था परिवर्तन विना जनताको जनजीविकामा परिवर्तन नहुने वताउनु भयो ।

उहाँले लघुवित्त र वैङ्कहरुले जनता र व्यवसायीकर्मीहरुलाई आत्महत्या गर्ने अवस्थामा पुर्याउने गरी सताएको भन्दै त्यस विरुद्ध नेकपा संघर्ष गर्ने चेतावनी दिनु भयो ।

उहाँले जनयुद्ध भनेको जनताको आमुल परिवर्तनका लागि सुरु गरिएको भएपनि प्रचण्ड वावुरामहरुले गद्दारी गरेर जनयुद्धलाई विचमै तुहाएको वताउनु भयो ।

केन्द्रीय सदस्य रणदिपले जनयुद्ध नेपालमा एकीकृत जनक्रान्तिको रुपमा अहिले पनि जारी रहेको उद्घोष गर्दै नेपालमा एकीकृत जनक्रान्ति पुरा गरेर जनयुद्धको सपना नेपाल कम्युनिष्ट पार्टीले मात्र पुरा गर्ने दावी गर्नु भयो ।

उहाँले कार्यक्रममा सहभागी सवैलाई २८ औं जनयुद्ध दिवसको शुभकामना दिदै जनतालाई विचलित नहुन आग्रह गर्नु भयो ।
कार्यक्रममा अनेमसंघ (क्रान्तिकारी) का केन्द्रीय सदस्य पूर्णीमा, अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय सदस्य रुपा शाही, जनपत्रकार संगठनका केन्द्रीय सचिव वसन्त विक, लगायतका अतिथिहरुको सहभागीता रहेको थियो । कार्यक्रम नेकपा बाँके सेक्रेटरी कल्पनाको अध्यक्षतामा भएको थियो ।

शुभकामना आदान प्रदान कार्यक्रममा स्वतन्त्र वुद्धिजीवी कोहलपुर २ शक्तिनगरका जगन्नाथ विष्ट नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश समेत गर्नु भएको थियो । यस्तै नेकपाले प्लान स्कुलको प्राङ्गढ सरसफाई समेत गरेको छ ।

जाजरकोट

जाजरकोटमा भने नेपाल कम्युनिष्ट पार्टी र नेकपा माओवादी (केन्द्र)ले जिल्लाको रिम्नामा संयुक्त रुपमा एउटै मञ्चमा जनयुद्ध दिवसको कार्यक्रम गरेका छन ।
जनयुद्ध दिवसको २८ औं वार्षिकोत्उवका अवसरमा फरक लाईनमा हिडिरहेका दुई कम्युनिष्ट पार्टीले एउटै मञ्चमा जनयुद्ध दिवस मनाउने कुराले सकरात्मक संदेश दिएको छ ।

र््याली सहितको सभामा प्रमुख अतिथिको रुपमा भौतिक पूर्वाधार मन्त्री मंगल शाहीले सम्वोधन गर्दै जनयुद्ध दिवस संयुक्त रुपमा मनाउनु नयाँ काम भएको वताउनु भयो ।

यस्तै नेपाल कम्युनिष्ट पार्टीका दक्षिण कर्णाली व्यूरो सदस्य संगमले जनयुद्धको उद्देश्य पुरा नभएकाले त्यसको उद्देश्य पुरा गर्ने बाटोमा सवै माओवादी लाग्नु पर्नेमा जोड दिनु भयो ।

उहाँले माओवादीहरुको एकता विना जनयुद्धको उद्देश्य पुरा हुन कठिन हुने भन्दै संसदीय वाटोवाट त कुनै पनि हालतमा जनयुद्धको मुद्धा समाधान नहुने ठोकुवा गर्नु भयो ।

सवै माओवादीहरुले समिक्षा गरेर वैज्ञानिक समाजवाद ल्याउने बाटोमा लाग्नु नै जनयुद्ध प्रति सम्मान हुने वताउनु भयो । कार्यक्रमा नेकपा माओवादी केन्द्रका गगन खड्का, नेकपाका पश्चिम रुकुमका इन्चार्ज चन्द्र सी लगायतका नेताहरुको उपस्थिति रहेको कर्ण वस्यालले जनाउनु भएको छ ।

सुर्खेत

नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले पनि आज जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । नेकपाले विशेष गरी सरसफाई तथा चियापान कार्यक्रमको आयोजना गरी दिवस मनाएको छ ।

जिल्लाको वीरेन्द्रनगरमा शुभकामना आदान प्रदान गरि जनयुद्ध दिवस मनाईको छ । लेखबेसीनगरपालिमा जिल्ला सेक्रेटरी कामरेड जीत सी को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी जनयुद्ध दिवस मनाएको छ । यस्तै कल्याणमागाउँमा पनि एक कारयक्रमका बिच २८औजनयूद्ध दिवस भब्य मनाइएको जगदिशनाथ योगीले जनाउनु भएको छ ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी को भ्रातृसंगठन अखिल (क्रान्तिकारी ) सुर्खेत, मध्यपश्चिम बिश्वबिद्धालय कमिटी सुर्खेत,र सुर्खेत बहुमुखी क्याम्पस कमिटी सुर्खेतले संयुक्त रुपमा २८औ जनयुद्ध दिवसको अवसरमा मध्यपश्चिम विश्वविद्यालय सरसफाई गरेका छन । विश्वविद्यालयको केन्द्रीय क्याम्पसको शिक्षा , मानवीकि व्यवस्थापन तथा बिज्ञान संकाय परिसरमा र सुर्खेत बहुमुखी शिक्षा क्याम्पस मा सरसफाइ गरिएको छ ।

सो क्रममा नेपाल कम्युनिस्ट पार्टी का केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज कमरेड ध्रुव सि , जिल्ला सेक्रेटरी जित सि , जिल्ला कमिटी सदस्य राजकुमार सि अखिल (क्रान्तिकारी ) मध्यपश्चिम बिश्वबिद्धालय कमिटी अध्यक्ष क कमल सि अखिल( क्रान्तिकारी ) सुर्खेत संयोजक उपेन्द्र सि, शिक्षा बहुमुखी क्याम्पस कमिटी संयोजक बसन्त सि लगायतका नेताहरु र विद्यार्थीको उपस्थिति रहेको थियोे ।

दैलेख

नेपाल कम्युनिस्ट पार्टी दैलेखले आज जिल्लाको ठाँटीकाँध गाउँपालिका ठाँटीकाँध वजारमा २८औं जनयुद्ध दिवसको अवसरमा भव्य कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा दैलेख इन्चार्ज विवेक सीले सम्वोधन गर्दै नेपालमा जनयुद्धको कारणले राजतन्त्र अन्त भएर गणतन्त्र आए पनि जनयुद्धको उदेश्य पूरा हुन सकेको वताउनु भएको छ ।

उहाँले दलाल सँसदीय व्यवस्थाको बिकल्पमा बैज्ञानिक समाजबादी व्यवस्था आवश्यक रहेको कुरामा जोड दिनु भयो । नेता विकेकले जनयुद्ध दिवसको अवसरमा सम्पुर्ण सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै वेपत्ता योद्धा,घाईते योद्ध प्रति उच्च सम्मान प्रकट गर्नु भयो । उहाँले सम्पुर्ण सहिद परिवारजनमा समवेदना प्रकट गर्दै २८औं जनयुद्धको अवसरमा श्रमिक जनता,नेता,कार्यकर्तालाई शुभकामना दिनु भयो ।

देशको जिम्मा आफ्नो पार्टीले लिने कुरा गर्दै उहाले सम्पुर्ण कम्युनिस्टहरु,देशभक्तहरु,सच्चा लोकतान्त्रिक शक्तिहरु एकजुट भएर दलाल सँसदीय व्यवस्था फाल्नु पर्ने वताउनु भयो ।कार्यक्रममा नेकपा दैलेखका सेक्रेटरी प्रकाश सी,अखिल क्रान्तिकारी केन्द्रीय सदस्य कमरेड सुदर्सन सीले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षता नेकपा दैलेखका सदस्य शिवराज सी ,सञ्चालन नवीन सी र स्वागत मन्तव्य प्रमोद सी ले राख्नु भएको थियो । कार्यक्रममा ज्वाला सहिद स्मृति साँस्कृतिक परिवारले जनवादी गीत तथा नृत्य समेत प्रस्तुत गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।