१३ बैशाख २०८१, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी बागलुङले मनायो २८ औं जनयुद्ध दिवस

0

फागुन १ । सोमबार नेपाल कम्युनिस्ट पार्टी बागलुङले २८औं जनयुद्ध दिवस बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारस्थित पार्टी कार्यालयमा भव्यताका साथ मनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा पार्टीका केन्द्रीय सदस्य धौलागिरी ब्यूरो इञ्चार्ज विकिरणले बोल्दै जनयुद्ध कालमा गरेको सङ्घर्ष र जनयुद्ध लडेका सहिदहरुलाई सम्झँदै त्यो समयको जनयुद्धले केही परिवर्तन त ग¥यो तर हामीले सोचेको परिवर्तन आउन नसकेको बताएका छन् । अब देशलाई अर्को परिवर्तनको खाँचो छ । त्यसका लागि नेपाल कम्युनिस्ट पार्टीले सुरु गर्न लागेको र अब देशभित्र भैरहेको दलाली तथा घुसखोरी, बैंक तथा वित्तीय संस्थाले गरेको ज्यादतीको कारण देश असुरक्षित भएको हामीले महशुस गरेका छौं । अबको क्रान्ति वैज्ञानिक समाजवादबाहेक अरु विकल्प नरहेकोे बताए । विकिरणले थपे अधुरो क्रान्ति पुरा गर्नका निम्ति एकीकृत जनक्रान्तिका माध्यमबाट बैज्ञानिक समाजवाद प्राप्तीका लागि सम्पूर्ण नेता–कार्यकर्ता तथा आम जनसमुदायले एकपटक फेरि क्रान्तिका निम्ति सम्पूर्ण नेपालीहरुले साथ दिन आवश्यक भएको बताए ।


सो कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा बागलुङ इञ्चार्ज आकाश सि, नयाँ बिश्व डटकमका प्रधान सम्पादक, बुद्धिजीवी तथा समाजसेवी बद्री शर्मा, धौलागिरी नागरिक अभियन्ता तिलक रिजाल, स्वतन्त्र नागरिक चन्दसुर्य समेतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रम राजु सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमका प्रमुख अतिथि धौलागिरी ब्यूरो इञ्चार्ज विकिरण र कार्यक्रमका सभापति बागलुङ जिल्ला डिसिएस क्रान्ति सी रहेकोे कार्यक्रमको सञ्चान सुशील सीले गरेका थिए ।
कार्यक्रममा मध्यान्ह दिउँसो खाजापान कार्यक्रम सँगै साँझ बागलुङ बजारको बिच चोकमा नेपाल कम्युनिस्ट पार्टी बागलुङ र नेकपा माओवादी केन्द्र बागलुङको सँयुक्तरुपमा दिप्रज्लन गरी कार्यक्रमको समापन भएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।