७ बैशाख २०८१, शुक्रबार

जनयुद्ध दिवसको अवसरमा नेकपा पूर्वी दाङद्वारा दीप प्रज्वलन

0

घोराही, १ फागुन । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले २८ औं जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन गरेको छ । पार्टीले फागुन १ गते आजकै दिन जनयुद्ध उद्घोष गरेको दिनलाई उत्सवको रुपमा मनाउनुपर्ने भन्दै घोराहीको तुलसीपुर चोकमा दीप प्रज्वलन गरेको हो ।

दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङ जिल्लाका इन्चार्ज सम्झना सीले जनयुद्ध दिवसलाई एउटा उत्सवको रुपमा मनाउनुपर्ने बताएकी छन् । उनले दाङ पार्टीको संयुक्त आयोजनामा जनयुद्धको ऎतिहासिक संक्राम ब्यारेकमा २८ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा विविध खेलकुद कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएको बताइन् ।

`यो दीयो बलेको कसैलाई सामान्य लाग्न सक्छ,´ उनले भनिन् ` यो बिद्रोहको संकेत हो । यो परिवर्तनको संकेत हो । यो क्रान्तिकारी यात्राको संकेत हो, भन्ने कुरामा हामीले बुझ्ने छौं । ´

२८ औं जनयुद्ध दिवसको अवसरमा गरिएको यो दीप प्रज्वलन साँच्चिकै क्रान्तिको दीयो बन्ने, यो एउटा परिवर्तनको सन्देश बन्नेछ र क्रान्तिको मसाल बन्ने कुरा इन्चार्ज सम्झनाले उद्घोष गरिन्।

दीप प्रज्वलन कार्यक्रममा पार्टीका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।