१४ बैशाख २०८१, शुक्रबार

मेचि ब्युरोमा जनयुद्ध दिवस उत्साहपुर्वक मनाइयो

0

प्रविण अधिकारी

झापा/नेपाल कम्युनिस्ट पार्टिको मेचि ब्युरो अन्तर्गतका झापा इलाम र पांचथर जिल्लामा २८ औं जनयुद्ध दिवश भव्यता पुर्वक मनाईएको छ । प्रशिक्षण, दिप प्रज्वलन, शुभकामना आदानप्रदान, नाचगान, शहिद स्मृती प्रतिक्षालय उत्घाटन, लगायतका कार्यक्रमको आयोजना गरि जनयुद्ध दिवश मनाइएको हो ।

नेपाल कम्युनिस्ट पार्टि झापाको आयोजनामा २८ औं जनयुद्ध दिवशको अवशरमा जिल्लाका पालिका स्तरका नेता कार्यकर्ताहरुको प्रशिक्षण सहित जनयुद्ध दिवशको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले जनयुद्ध नेपाली जनताको आफ्नै सत्ता निर्माणको सपना भएकोले यसलाई नेतृत्व दिने नेताहरु आत्मसमर्पणकारि भएपनी यो सपना जनताको बिचमा जिंउदै रहेको र यसलाई पूरा गर्ने जिम्मा एकीकृत जनक्रान्तिको रहेको बताए । र एकीकृत जनक्रान्तिले जनयुद्धको सपनालाइ पूरा गरिछाड्ने बताए । उनले झापामा विभिन्न षड्यन्त्रहरु एकदमै तिब्र गतिमा सल्बलाइरहेको हुनाले जनतालाइ यस्ता षड्यन्त्रबाट मुक्त गर्न र एकीकृत जनक्रान्तिका योजनाहरु संग जोड्न पार्टिले झापामा तिब्र, गतिशिल र हस्तक्षेपकारी भुमिका निर्वाह गर्नु पर्ने बताए । उनले आशा जगाउन-उत्साही बनाउन- आन्दोलित गर्न के के गर्नु पर्छ भन्ने बिसयमा स्पस्ट हुनेगरी विषयहरु राखेका थिए । कसरी कसरी संगठन बनाउने , जनतामा कसरी जाने, जसरी कामहरु सम्पादन गर्ने, कुन समयमा के के गर्ने , के के नगर्ने ? यस्ता थुप्रै बिसयहरुमा मसिनो गरि सहभागिहरुलाई प्रशिक्षित गरे ।

कार्यक्रममा एक अर्कामा अबिर लगाएर शुभकामना आदानप्रदानको काम भएको थियो । याम सी, खेम सी, दिनेश सी, रोश्नी सी ले आफ्नो शुभकामना मन्तव्य राखेका थिए । पार्टिका केन्द्रिय सदस्य तथा झापाका इन्चार्ज प्रशान्त सीले शुभकामना सहित प्रशिक्षण मन्तव्य राखेका थिए । कार्यक्रमको अधक्षता पार्टिका झापा जिल्ला सचिब संजय सी गरेका थिए । कार्यक्रमको संचालन गोपि सी ले गरेका थिए । उक्त प्रशिक्षण कार्यक्रमको सपानपछि केर्खा स्थित शहिदगेट पुगेर दिपप्रज्वलन गर्ने काम सम्पन्न भएको थियो ।

शिलालेखमा महासचिवको शुभकामना- प्रतिक्षालय उत्घाटन

नेपाल कम्युनिस्ट पार्टी इलामले माइनगरपालिका स्थित शितलीमा निर्माण सम्पन्न गरेको सहिद स्मृती प्रतिक्षालयको औपचारिक उत्घाटन आज शुभकामना आदानप्रदान कार्यक्रम सहित सम्पन्न भएको छ । माइनगरपालिकाबाट जनयुद्धा बलिदान गर्ने १७ जना सहिदहरुको नाम सहित शिलालेखमा महासचिब बिप्लवको शुभकामना बक्तब्य समेत रहेको छ ।

आज २८ औं जनयुद्ध दिवशको अवशरमा आयोजना गरिएको उक्त कार्यक्रममा पार्टिका नेता कार्यकर्ता , स्थानिय जनता र मजदुरहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा पार्टिका केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज मौसमले शुभकामना सहित जनयुद्धको सपना पूरा गर्नु पर्ने दायित्वलाइ आफ्नो पार्टीले पूरा गर्ने बताएका थिए ।

करिव ११ लाख खर्चमा निर्माण गरिएको उक्त प्रतिक्षालयमा महासचिब बिप्लवले लेख्नु भएको छ- ” रचनात्मक सोच र श्रमले सृजना पैदा गर्दछन, नवीन सृजनामा क्रान्ती हुन्छ – सहिद स्मृती प्रतिक्षालय यसैको प्रतीक हो ।
यसका लागि इलामको नेतृत्व, कार्यकर्ता र साथ दिने जनतालाइ धेरै-धेरै धन्यवाद साथै निरन्तर प्रगतिको शुभकामना ।”
उक्त प्रतिक्षालयको शिलान्यास भने पार्टिका मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले गरेका थिए ।

पांचथरमा जनयुद्ध दिवशको सांझ दिप प्रज्वलन गरेर जनयुद्ध दिवश मनाईएको छ । कार्यक्रम पांचथरको सदरमुकाम फिदिम बजारमा भएको थियो । उक्त कार्यक्रममा जिल्ला इन्चार्ज सन्तोस सी र सेक्रेटरी हुकुम सी ले शुभकामना मन्तव्य राखेका थिए भने संचालन नारायण सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।