७ बैशाख २०८१, शुक्रबार

नेकपा काभ्रेले नाच्दै, रमाउदै मनायो जनयुद्ध दिवस

0

काभ्रे , नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति काभ्रेले २८ औं जनयुद्ध दिवस नाचगान गर्दै उत्सवपुर्ण रुपमा मनाएको छ।दलाल पुजिवादी सत्ताकाे विकल्प वैज्ञानिक समाजवादी सत्ता’भन्ने मुल नारा सहित जनयुद्धको स्मरण , सम्मान र क्रान्तिकारी आन्दोलन प्रति थप प्रतिबद्धता व्यक्त गर्दै दिवस मनाइएको हो।

सोमवार जिल्ला सेक्रेटरी सुरेन्द्र सीकाे अध्यक्षतामा भएको शुभकामना आदनप्रदान कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज विन्दु सी प्रमुख अतिथिको रुपमा सहभागी थिइन।

यस्तै अतिथिहरु सहिद गुम्वा सिंहकाे आमा ठुलिमाया तामाङ,केन्द्रीय प्रतिनिधि सदस्य तथा तामाङ मुक्ति माेर्चा केन्द्रीय अध्यक्ष प्रेरक सी,वेथान माेर्चा लडेका याेद्धा तथा जिल्ला सदस्य भिम सी,जिल्ला सदस्यहरु शुक्र सी, छत्र सी,किसान महासंघकाे जिल्ला संयाेजक गुणराज सी सहितका नेताकार्यकर्ता उपस्थित थिए।

प्रमुख अतिथि बिन्दुले २८ वटा मैनवत्ति वालेर कार्यक्रमकाे उदघाटन गर्दै सहिद परिवार , घाइते योद्दा, बेपत्ता योद्दा र सहभागीहरुलाई टिका लगाउदै, मिठाई बाढेर शुभकामना व्यक्त गरेकि थिइन।

भने कार्यक्रमको स्वागत मन्तव्य जिल्ला सदस्य राजकुमार सी, र संचालन प्रशान्त सीले गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।