१६ चैत्र २०८०, शुक्रबार

पुर्वमा २८ औं जनयुद्ध दिवस

0

अनिता गजमेर

१ फागुन,उदयपुर /नेपाल कम्युनिष्ट पार्टीले पुर्वका विभिन्न जिल्लामा२८ जनयुद्ध दिवसको अवसरमा शुभकामना आदनप्रदान र दिप प्रज्वलन सहित दिपावली मनाएको छ।

जनयुद्ध दिवसको अवसरमा यसको स्मरण, सम्मान र थप प्रतिबद्धता गर्दै नेकपाले २८ औं जनयुद्ध दिवसलाई पर्वको रुपमा मनाएको हो।

पुर्वको उदयपुरले महान जनयुद्धको २८ औ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ।जनयुद्ध दिवस मनाउने क्रममा जिल्लाले शुभकामना आदानप्रदान तथा गाईघाट बजार ,नेपालटार,कटारीमा भिते लेख्न समेत गरि जनयुद्ध दिवस मनाएको छ ।

उक्त शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका उदयपुर जिल्ला ईन्चार्ज अमृत सीले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले महान जनयुद्ध कम्युनिष्टहरूको सचेत पहलमा गरिएको विद्रोह रहेको बताउदै यसको उद्देश्य पुरा गर्न अझै पनि आफ्नो पार्टी एकीकृत जनक्रान्तिको कार्यदिशा लिएर संघर्ष गरिरहेको बताए।

महान जनयुद्धकै कारण राजतन्त्रात्मक शासनव्यवस्था अन्त्य भएको उल्लेख गर्दै गणतन्त्र स्थापना भए पनि जनयुद्धको नेतृत्वले धोका दिएको कारण अझै जनताले आफ्नो अधिकार सुनिश्चित गर्न नसकिएको स्पष्ट पारे ।

वैज्ञानिक समाजवाद स्थापना गरे मात्र सबैको अधिकार सुनिश्चित हुने बताएका उनले वैज्ञानिक समाजवाद स्थापना गर्न सम्पूर्ण जनसमुदायलाई एकीकृत जनक्रान्तिमा साथ दिन आग्रह गरे।

त्यतै केन्द्रीय प्रतिनिधि समिति सदस्य पुर्ब उदयपुर जिल्ला सेक्रेटरी तथा सगरमाथा ब्युरो उत्पादन बिभागका प्रमुख मिन प्रसाद सी ले हिजो जुन लक्ष्यका साथ जनयुद्ध लडिएको थियो, त्यो अपुरो रहेकोले हामी एकीकृत जनक्रान्तिको कार्यदिशालाई अगाडि बढाएर निरन्तर सहिदको सपना पुरा गर्ने अटोठ्का साथ लागि रहन सबैलाई उत्प्रेरित गर्दै शुभकामना दिएका थिए।साथै कार्यक्रमको अध्यक्षता जिल्ला सेक्रेटरी जित बहादुर सी ले गरेका थिए भने संचालन अनिता ले गरेकि थिइन ।

त्यस्तै सुनसरी जिल्लामा २८ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना आदन प्रदान तथा भिते लेखन विभिन्न ठाउँमा गरि मनाइएको छ।कार्यक्रमलाई सुनसरी जिल्ला इन्चार्ज विबश सीले सम्बोधन गर्दै जनयुद्ध दिवस सर्वहारा वर्गका निम्ति एक पर्ब सम्मान खुसियाली को दिन भएको भन्दै जनयुद्धको उद्देश्य पुरा गर्न लाग्ने प्रतिवद्धता सहित जनयुद्धका नाईके प्रचण्ड पटक पटक सतामा पुग्दा पनि जनयुद्धको सहिद घाइते बेपत्ता योद्धाहरुले अझै न्याय नपाएको बताएका थिए।

त्यस्तै उनले अबको विकल्प एकीकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजवादबाट मात्रै जनताको अधिकार सुनिश्चित हुने भन्दै सबैलाई साथ दिन आग्रह गरेका थिए।

मोरङ्गमा पनि जनयुद्ध दिवसको अवसरमा भोज ,नाचगान कार्यक्रम गर्दै नेता कार्यकर्ताहरूले हर्षोल्लासका साथ २८ औं जनयुद्ध दिवस एक आपसमा टिका लगाएर ,खुशियाली साटासाट गरेर शुभकामना आदानप्रदान कार्यक्रम गरेका छ्न भने साझ चोकमा दिप प्रज्वलन गरि २८ औ जनयुद्ध दिवस मनाएका छ्न।
उक्त कार्यक्रमलाई मोरङ्ग सेक्रेटरी कुमार सी ले सम्बोधन गर्दै जनयुद्धका अधुरा काम पुरा गर्ने जिम्मेवारी आफ्नो पार्टीलाई आएको बताउदै एकीकृत जनक्रान्तिमार्फत पुरा गर्ने प्रतिवद्धता जनाए।

झापामा २८ औ जनयुद्ध दिवसको अवसरमा
शिलालेखमा महासचिवको शुभकामना सहित- प्रतिक्षालय उत्घाटन गरेका छ्न । नेपाल कम्युनिस्ट पार्टी इलामले माइनगरपालिका स्थित शितलीमा निर्माण सम्पन्न गरेको सहिद स्मृती प्रतिक्षालयको औपचारिक उत्घाटन आज शुभकामना आदानप्रदान कार्यक्रम सहित सम्पन्न भएको छ ।

माइनगरपालिकाबाट जनयुद्धा बलिदान गर्ने १७ जना सहिदहरुको नाम सहित शिलालेखमा महासचिब बिप्लवको शुभकामना बक्तब्य समेत राखिएको छ ।

२८ औं जनयुद्ध दिवशको अवशरमा आयोजना गरिएको उक्त कार्यक्रममा पार्टिका नेता कार्यकर्ता , स्थानिय जनता र मजदुरहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज मौसमले शुभकामना सहित जनयुद्धको सपना पूरा गर्नुपर्ने दायित्वलाइ आफ्नो पार्टीले पूरा गर्ने बताएका थिए ।

करिव ११ लाख खर्चमा निर्माण गरिएको प्रतिक्षालयमा महासचिब बिप्लवले लेख्नु भएको छ- ” रचनात्मक सोच र श्रमले सृजना पैदा गर्दछन, नवीन सृजनामा क्रान्ती हुन्छ – सहिद स्मृती प्रतिक्षालय यसैको प्रतीक हो । यसका लागि इलामको नेतृत्व, कार्यकर्ता र साथ दिने जनतालाइ धेरै-धेरै धन्यवाद साथै निरन्तर प्रगतिको शुभकामना ।”

प्रतिक्षालयको शिलान्यास भने पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।