१५ बैशाख २०८१, शनिबार

म्याग्दीमा जनयुद्ध दिवसमा अविरयात्रा

0

बादल शाही

२ फाल्गुन ,म्याग्दी/नेपाल कम्युनिस्ट पार्टी म्याग्दीले २८ औं जनयुद्ध दिवसको अवसरमा म्याग्दीको सदरमुकाम बेनी बजारको गणतान्त्रीक चोकमा रंङरोगन तथा मैनबत्ती बालेर जनयुद्ध दिवस मनाएको छ ।

जनयुद्ध दिवसको दिन नेकपा म्याग्दीको कार्यालय “रातो घर” बाट नेता तथा कार्यकर्ताहरुले एक अर्कोमा अवीर लगाएर खुसि साटासाट गरि अवीर यात्रा सुरु भएको थियो | नेता तथा कार्यकर्ताहरुले बेनी बजार परिक्रमा गरि
बजारवासीहरुलाई अबिर लगाएर एक अर्कोमा दिवसको शुभकामना आदानप्रदान गरेका थिए |

साझ्पख बेनी बजारको गणतान्त्रीक चोकमा सडक लेखन तथा मैनबत्ती बाल्ने कार्यक्रमको साथ कोणसभा भएको थियो | सभामा प्रमुख अतिथी निवर्तमान सेक्रेटरी उषा सीले शुभकामना मन्तव्य व्यक्त गर्दै वर्तमान राज्यव्यवस्था जनयुद्धको मूल मर्म अनुसार नरहेको र त्यसको बिकल्पमा बैज्ञानिक समाजवादको स्थापनाको निम्ति आफ्नो पार्टीले जनक्रान्तिको थालनी गरेको उहाले बताउनु भयो |

सभामा नेता लालु सी, गोमा सी, फिल्टर सी  सहित बिभिन्न जनबर्गीय संगठक नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको  थियो |

कार्यक्रमको अध्यक्षता नेकपा म्याग्दी सेक्रेटरी कैलास सीले गर्नु भएको थियो भने संचालन गोबिन्द सीले गर्नु भएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।