८ बैशाख २०८१, शनिबार

नेकपा लम्जुङका नेता प्यासीको श्रद्धाञ्जली सभा सम्पन्न

0

लम्जुङ / नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति लम्जुङका जिल्ला सल्लाहकार सदस्य सोमनाथ अधिकारी (प्यासी)को निधन भएको १३ औं दिनमा श्रद्धाञ्जली सभा गरिएको छ।उनले समाज, पार्टी , आन्दोलन र परिवर्तनको लागि पुर्यायको योगदानको चर्चा, सम्मान र अनुशरण गर्ने उदेश्यले प्यासीको श्रद्धाञ्जली सभा भएको हो।

मङ्गलवार लम्जुङ्ग स्थित प्यासीको निवासमा भएको श्रद्धाञ्जली सभाको अध्यक्षता मादी गाउँपालिका सेक्रेटरी कुमार सी ले गरेका थिए भने नेकपा केन्द्रिय सदस्य उभार सी को बिशेष उपस्थित रहेको बताइएको छ।

श्रद्धाञ्जली कार्यक्रममा जिल्ला सेक्रेटरी गौरब लगाएत स्थानीय कार्यकर्ता , समाजसेवी र उनका आफन्तहरुको समेत सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।