१३ बैशाख २०८१, बिहीबार

नेकपा अछामको बिरोधको नयाँशैली :फोहोर संकलन गरेर नगरपालिकाको ढोकामा फालियो

0

अछाम / जिल्लाको कमलबजार नगरपालिकालाई कार्यालय वरिपरि रहेको फोहरमैला व्यवस्थापन गर्न पटकपटक सुझाव दिदा पनि कुनै सुधार नभए पछि नेपाल कम्युनिस्ट पार्टी अछामले नगरपालिका हाता भित्रको फोहोर संकलन गरेर कार्यालयको ढोका अगाडि जम्मा गरिदिएको छ।

शिक्षा , स्वास्थ , भौतिक पुर्वाधार र स्थानीय तहको भ्रस्टाचार विरुद्ध काम गरेर जनताको घरदैलोको सरकारको जिम्मेवारी लिनु पर्ने नगरपालिकाले आफ्नै कार्यालय वरिपरिको सरसफाइ नगरेको भन्दै साङ्केतिक बिरोध स्वरुप यस्तो गरिएको हो।

साङ्केतिक बिरोध पछि भएको कोणसभा कार्यक्रमलाई सम्बोधन गदै नेकपा केन्द्रीय प्रतिनिधि सदस्य तथा पुर्वी अछाम जिल्ला सचिव लोकेन्द्र सी ले नगरसरकारले राजनितिक रुपमा आफ्ना पार्टी कार्यकर्तालाई मात्र पालन पोषण गर्ने गरेको,नागरिकको हितमा नगरले कुनै पनि काम नगरेको , खानेपानी,स्वास्थ्य,शिक्षा,लगायतका आधारभुुत आवश्यकता सम्बन्धि काम नगरेको भन्दै बिरोध गरेको बताए ।

यस्तै कोणसभा कार्यक्रमलाई सम्बोधन गदै तुर्माखाँद गाउँपालिका इन्चार्ज तथा जिल्ला सचिवालय सदस्य तिलक सीले जनप्रतिनिधिले मतदाताको मतको अबमुल्यान गरेको ,नगरका विभिन्न निकायमा काम गरिहेका कर्मचारी माथि राजनितिकरण गरिएको बताउँदै यस्ता कार्य तत्काल नरोकिए कडा संर्घका कार्यक्रम गर्ने पनि चेतावनी दिएका छन।

यस्तै कोणसभा कार्यक्रम पछि कमलबजार नगरपालिका प्रमुख यज्ञ प्रसाद ढकाल, उपप्रमुुख शारदा कुुमारी बिष्ट र प्रमुुख प्रशशासकीय अधिकृत खड्ग बहादुर बिष्ट सङ्ग नेपाल कम्युनिस्ट पाटीको तर्फबाट केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज मिना सी ,केन्द्रीय प्रतिनिधि सदस्य तथा पश्चिम अछाम जिल्ला सचिव निरक सीले खानेपानी,स्वास्थ्य,शिक्षा,रोजगार,सरसफाइ लगायतका बिषयमा देखिएका समस्याको समाधान गर्न भन्दै छलफल गरेका छन।

छलफलको क्रममा नेपाल कम्युनिस्ट पाटी अछामले अघि सारेका माग सहि भएको बताउदै नगरप्रमुुख ढकालले तत्काल उक्त माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन भने मागहरुको सम्बोधन नभए नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिने चेतावनी पनि दिइएको छ ।

द्विपक्षीय छलफलमा नेपाल कम्युनिस्ट पाटीका नेता तथा कार्यकर्ता ,समाजसेवी, पत्रकार लगायतको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।