१३ बैशाख २०८१, बिहीबार

नेकपा सुर्खेतद्वारा मिटर व्याज नियन्त्रणबारे सरोकारवालासङ्ग छलफल

0

जगदीश नाथ योगी

४ फाल्गुन , सुर्खेत / नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले बैंक तथा वित्तीय संस्थाहरुको चर्को व्याज, मिटर ब्याज लगायतका समसामयीक विषयमा स्थानीय स्तरका सरोकारवाला निकायसंग छलफल गरेको छ। उद्योग वाणिज्य संघ सुर्खेत ,घरेलु तथा साना उद्योग कार्यालय र नेपाल निर्माण व्यवसायी संघसँग नेपाल कम्युनिस्ट पार्टीले संयुक्त रूपमा छलफल गरेको हो।

बिहिवार सुर्खेत स्थित नेपाल कम्युनिस्ट पार्टीको जिल्ला कार्यालयमा ईन्चार्ज ध्रुव सी ,जिल्ला सचिव जीत सी र जिल्ला संगठन समिति सदस्य राजकुमार सी सहितको टिमले सुर्खेत उद्योग बाणिज्य सघंका लक्ष्मण कडेल, घरेलु तथा साना उद्योगका प्रतिनिधी व्रह्म एडि ,नेपाल निर्माण व्यवसायी संघका चित्रनाथ योगी लगायतसङ्ग द्विपक्षीय छलफल गरेको हो।

छलफलका क्रममा वित्तीय संस्थाहरुको महङ्गो व्याज , लगाएतका शोषणकारी र गैरकानुनी मिटर ब्याजको कारण समाज आक्रान्त भएकोले यसप्रकारको समस्या समाधान गर्न स्थानीय सरोकारवालाहरुले आवश्यक पहल गर्न नेकपाले जोड दिएको वताइएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।