१५ चैत्र २०८०, बिहीबार

वित्तीय संस्थाको ज्यादतीविरुद्ध नेकपाले फागुन ५ गते देशव्यापी प्रदर्शन गर्दै

0

काठमाडौँ: बैंक तथा वित्तीय संस्थाहरुको ज्यादती विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले भाेलि फागुन ५ गते देशव्यापी प्रदर्शन गर्ने भएको छ । पार्टीको केन्द्रीय नीति अनुसार शुक्रबार दिउँसो देशभर प्रदर्शन गर्न लागेको हो ।

यसैअन्तर्गत उपत्यकामा जिल्लागत रुपमा प्रदर्शन हुने नेकपाले जनाएको छ । वित्तीय क्षेत्रको चर्को शोषण अन्त्य गर, राष्ट्रिय उद्योगी र व्यापारिलाई राहत दे, मिटर व्याजीलाई कार्बाही गर, लघुवित्त संस्थाको ज्यादती अन्त्य गर, ऋणिहरुको अवस्था छानबिन गर, पीडित जनताको व्याज मिनाहा गर लगायतका नारासहित प्रदर्शन गर्न लागिएको नेकपाकी केन्दीय सदस्य भृकुटी सीले बताइन् ।

‘एक अङ्कको ब्याजदर लागू गर, दलाल पूंजीवादी ब्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद लगायतका नारासहित प्रदर्शन गर्न लागिएको काठमाडौँ जिल्ला नम्बर तीनकी इन्चार्ज समेत रहेकी भृकुटीले बताइन् ।

काठमाडौं जिल्ला नम्बर ३ ले काठमाडौंको सितापाइलामा प्रदर्शन गर्ने उनको भनाई छ । बैंकहरुको चर्को व्याज, सेवा शुल्क र लघुवित्त संस्थाहरुले गरेको शोषण विरुद्धमा नेकपाले देशभर प्रदर्शन गर्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।