१४ बैशाख २०८१, शुक्रबार

अखिल नेपाल जनसांस्कृतिक महासङ्घको बैठक सम्पन्न, वैदेशिक सांस्कृतिक अतिक्रमणको विरुद्ध संघर्ष गर्ने

0

काठमाडौं: अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिको छैटौं पूर्ण बैठक विविध निर्णय गर्दै सम्पन्न भएको छ ।

बैठकले पहिलो तीन महिने आवधिक योजना अनुसार संगठन निर्माण तथा जनसम्बन्ध विस्तार अभियान चलाउने निर्णय गरेको छ । संगठनलाई यो अभियानमा परिचालन गर्न व्युरो तहको संरचना बनाएर अगाडि बढ्ने निर्णय पनि गरेको छ ।
सँगै महासङ्घले वैदेशिक सांस्कृतिक अतिक्रमणको विरुद्ध, चलचित्र क्षेत्र र संगीत उद्योगमा देखिएका समस्याहरुको बारेमा संघर्ष गर्ने निर्णय पनि गरेको छ ।

काठमाडौंको कपुरधारमा सम्पन्न बैठकमा संगठनका अध्यक्ष तथा पार्टी पाेलिट ब्युरो सदस्य माइला सीको अध्यक्षता गरेका थिए भने बैठकको संचालन संगठनका महासचिव कुशल सीले गरेका थिए । बैठकमा पार्टीको पाेलिट ब्युरो सदस्य तथा उपत्यका व्युरो इन्चार्ज कृति सी, सहिद परिवार समाज इन्चार्ज तथा पार्टीको पाेलिट ब्युरो सदस्य क्रान्ति सीको विशेष उपस्थितिमा रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।