१४ बैशाख २०८१, शुक्रबार

बैंकको व्याजदर एकल अंकमा झार्दै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्छ: भृकुटी

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य भृकुटीले सीले बैंक तथा वित्तीय संस्थाहरुको व्याजदर एकल अंकमा झार्नुपर्ने बताएकी छन् । नेकपाको केन्द्रीय नीति अनुसार काठमाडौँ जिल्ला नम्बर ३ ले आयोजना गरेको बैंक तथा वित्तीय संस्थाहरुको ज्यादती विरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै भृकुटीले बैंकको व्याज एकल अंकमा झार्दै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नु पर्ने बताएकी हुन् ।

काठमाडौं जिल्ला नम्बर ३ की इन्चार्जसमेत रहेकी उनले बैंकको चर्को व्याजका कारण धेरैले आत्महत्या गरेको भन्दै आत्महत्या रोकथामका लागि पनि बैंकको व्याजदर घटाउनु पर्ने बताइन् ।

‘बैंकबाट, सहकारीबाट, लघुवित्तबाट उनीहरुले ऋण लिएर सानो व्यवसाय सुरु गरेका थिए । व्यवसाय चल्दैथियो । त्यतिकै बेला कोरोना आएर व्यवसाय चौपट पारिदियो । कोरोनाका कारण लकडाउन हुँदा व्यवसाय धरापमा पर्यो । ऋणको व्याज तिर्न सकेनन् ।’,

प्रदर्शन पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै भृकुटीले भनिन्, ‘अहिले बैंकहरुको बारम्बारको ताकेताले महिलाहरु तनावमा छन् । त्यही ऋण र व्याज असुल्न बैंकहरुले ताकेता गरेपछि महिलाहरुको, व्यवसायीहरुको घरमा बास छैन । उनीहरु जंगलमा बस्न बाध्य छन् । कोही आत्महत्या गर्न बाध्य भएका छन् ।’

बास्तविक पीडिहरुको बारेमा छानविन गर्दै उनीहरु बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण मिनाहा गर्न पर्ने उनको भनाई थियो । ‘धेरैले बैंकबाट ऋण लिएर मिटर व्याजमा लगाएका छन् । कसैले ठगेर भागेका छन् । तिनीहरुलाई खोजीखोजी कारवाही गर्न पर्छ ।’, उनले भनिन्, ‘बास्तविक पीडितहरुको अवस्था छानविन गरी उनीहरुको ऋण मिनाहा गर्नुपर्ने हाम्रो पार्टीको माग छ । उनीहरुको ऋण र व्याज मिनाहा गर्नेपर्छ । उनीहरुको ज्यान जोगाउनु पर्छ ।’

बैंकहरु चर्को व्याजका कारण दलालहरु मोटाएको भन्दै त्यसको भण्डाफोर गर्ने बताइन् । ‘दलालहरुका कारण नेपालमा बेरोजगारीको दर बढेको छ । उद्योग धन्दा खुलेका छैनन् । केही भएका पनि बेचेर खाइसके ।’, उनले भनिन्, ‘दलालहरुलाई नाङ्गेझार पारेर नेपालमै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्छ । दलालहरुलाइ लखेट्नु पर्छ ।’

अखिल क्रान्तिकारी काठमाडौं जिल्ला अध्यक्ष छत्र सीले बैंकहरुको ज्यादतीका विरुद्ध विद्यार्थीहरुले आगो बाल्न पर्ने बेला आएको बताए । सितापाइतबाट सुरु भएको विरोध र्याली कलंकी चोकमा आएर कोषसभामा परिणत भएको थियो ।

वित्तीय क्षेत्रको चर्को शोषण अन्त्य गर, राष्ट्रिय उद्योगी र व्यापारिलाई राहत दे, मिटर व्याजीलाई कार्बाही गर, लघुवित्त संस्थाको ज्यादती अन्त्य गर, ऋणिहरुको अवस्था छानबिन गर, पीडित जनताको व्याज मिनाह गर लगायतका नारासहित प्रदर्शन गरेका थिए । कार्यक्रमको संचालन रुकम सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।