१३ बैशाख २०८१, बिहीबार

महङ्गो ब्याजदर र मिटरब्याजविरुद्ध नेकपाद्वारा देशव्यापी जनप्रदर्शन (फोटो फिचरसहित)

0

काठमाडौँ: बैंक तथा वित्तीय संघ/संस्थाहरुको महङ्गो ब्याजदर र मिटर ब्याजको कारण उद्योगी, व्यावसायी, किसान र मजदुर लगायत आम सर्वसाधारणहरुलाई आक्रान्त पारेको र आत्महत्याको स्थिति समेत उत्पन्न भएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले आज देशभर विरोध प्रदर्शन गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदर तथा मिटरब्याजी विरुद्ध पार्टीको केन्द्रीय नीति अनुसार आज देशभर प्रदर्शन भएका छन् ।
केहि समय अघि एक युवा प्रेम आचार्यले यसप्रकारको उत्पीडन विरुद्ध एउटा सुसाइट नोट लेखेर राजधानीको बानेश्वरमा आत्मदाह गरे लगत्तै नेपाल कम्युनिस्ट पार्टीले मिटरब्याज र बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर विरुद्ध घोषित कार्यक्रम अन्तर्गत आज पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म  जनप्रदर्शनहरु भएका हुन् ।
वित्तीय क्षेत्रको चर्को शोषण अन्त्य गर, राष्ट्रिय उद्योगी र व्यापारीलाई राहत दे, मिटरव्याजीलाई कार्बाही गर, लघुवित्त संस्थाको ज्यादती अन्त्य गर, ऋणिहरुको अवस्था छानबिन गर, पीडित जनताको ब्याज मिनाहा गर, एक अङ्कको ब्याजदर लागू गर, दलाल पूंजीवादी व्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद लगायतका नारासहित प्रदर्शन गरिएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।