१२ बैशाख २०८१, बुधबार

बित्तीय संस्थाहरुको चर्को शोषण विरुद्ध संघर्ष गर्छौं : नेकपा अछाम

0

अछाम /नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अछामद्वारा आयोजित प्रदर्शनसभालाई सम्बोधन गर्ने बक्ताहरुले अबैध मिटर व्याज र वित्तीय संस्थाहरुको चर्को ब्याज ब्याज र शोषण विरुद्ध संघर्ष गर्ने बताएका छन।शुक्रबार सदरमुकाम मङ्गलसेनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन।

अछाम सदरमुकाम मंगलसेनको बैरागी धाराबाट र्यालीसहित सुरु भएको कार्यक्रममा बैंकको चर्को व्याजदर बन्द गर,लघुवित्त र मटरको व्याजको अवैध कारोबार बन्द गर ,दलाल पुजीवादको विकल्प बैज्ञानिक समाजवाद ,राष्ट्रिय पुजिपतिहरुलाई लगानी मैत्री वातावरण सिर्जना गर,राष्ट्रिय पुजिको रक्षा गरौ,बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न बाहनामा मनपरी लिइने शुल्क नियन्त्रण गर ,सबै खाले शोषणको अन्त्य गर ,नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ,बैज्ञानिक समाजवाद जिन्दावाद भन्ने जस्ता नारा लगाउदै बजार परिक्रमा गरि बिच बजारमा कार्यक्रम कोणसभामा परिणत भएको थियो।

कोणसभा कार्यक्रमका प्रमुख वक्ता नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य मिना सिले सम्बोधन गर्दै बैंकको चर्को व्याजदर,लघुवित्तिय संस्था र मिटर व्याजको व्याजदर अहिले दुई अंकमा रहेको र आफ्नो पार्टीले एक अंकमा नझारुन्जेलसम्म आन्दोलन गरि रहने बताउनु भएको थियोे ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय प्रतिनिधि समिति सदस्य तथा पुर्वी अछाम जिल्ला सचीव लोकेन्द्र सिले कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लामा रहेका बैंकहरुले सामाजिक सुरक्षा भत्ता वडा कार्यालयमा पुगेर वितरण गर्नु पर्ने बताउनुभएको थियो।

एक फरक प्रसंगमा बोल्दै उनले अछाम जंगलघाट चिसापानी सडकखण्ड चार महिनादेखी अवरुद्ध भएकोले जनजीवन कष्टकर बन्दै गएको छ। यसलाई तत्काल संचालन नगरे गम्भीर परिणाम भोग्नु पर्ने बताउनु भएको थियो। कोणसभा कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताको सहभागीता रहेका थिए भने सो कार्यक्रमको संचालन केन्द्रिय प्रतिनिधि समिति सदस्य तथा पश्चिम अछामका सचिव निरक सिले गर्नु भएको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।