१३ बैशाख २०८१, बिहीबार

नेकपा पश्चिम कपिलवस्तुद्वारा लघुवित्त र मिटरब्याजीलाई प्रतिबन्ध

0

नेपाल कम्युनिस्ट पार्टी पश्चिम कपिलवस्तुले जनतालाई डर, त्रास, धम्की, आतंक, दबाब दिई अनुचित आर्थिक नाफा असुल्ने लघुवित्त र मिटर ब्याजीहरुलाई प्रतिबन्ध लगाएको घोषण गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी पश्चिम कपिलवस्तुका इन्चार्ज हेमन्त सी र जिल्ला सेक्रेटरी पावेल सी आज लघुवित्त र मिटरब्याजीलाई पश्चिम कपिलवस्तमा प्रतिबन्ध गरिएको विज्ञप्ति जारी गरि यस्तो गरेका हुन् ।
बैंक तथा वित्तिय संस्थाहरूले वर्तमान चर्को व्याज न्युनिकरण गरी एक अंकमा कायम गर्न अनुरोध समेत गरेका छन् ।
आफुहरुकाे शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरिए जनतालाई आत्महत्या गर्न बाध्य पार्ने वित्तिय अपराधिहरूले गम्भिर परिणाम भोग्नु पर्ने चेतावनी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘बैंक तथा वित्तिय संस्थाहरूले वर्तमान चर्को व्याज न्युनिकरण गरी एक अंकमा कायम गर्न अनुरोध गर्दछ । अन्यथा जनताको वित्तीय न्यायका लागि जुनसुकै संघर्षमा जान बाध्य हुनेछौं ।’

लघुवित्त र मिटरब्याजीलाई प्रतिबन्ध गरिएको विज्ञप्तिकाे पूर्ण पाठ-
मिटर ब्याजी र लघुवित्तिय संस्थाहरूको आतंकले पश्चिम कपिलवस्तुका जनतालाई जिवन मरणको अवस्थामा पुर्याएको छ । त्यस्ता व्यक्ति र संस्थाको अमानविय आर्थिक शोषणले जनतालाई आत्महत्या समेत गर्न बाध्य बनाएको छ । विभिन्न प्रकारका डर, धम्की र दबाब दिएर गरिने यस्ता कार्यको सम्बन्धमा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी पश्चिम कपिलवस्तुको गम्भिर ध्यानाकर्षण भएको छ ।

जनतालाई अनुचित नाफाको मनसाय राखी ऋण प्रवाह गर्ने र असुल उपरका लागि हदै प्रकारको हतकण्डा अपनाउने पाइएको छ । ऋण प्रवाह गरेको सानो साँवा रकमको हजारौं गुणा बढी असूल उपर गरिसक्दा पनि दबाबमा असुल उपर जारी रहने गरेको पाईएको छ । असुल उपर गर्न दिदि बहिनि आमाहरुलाई अनैतिक कार्य गरेर बुझाउन, अमर्यादित र निर्देशनात्मक भाषा बोल्ने र दाजुभाईहरुलाई त्रास, धम्की दिने र मारिदिने जस्ता क्रूर आततायी प्रकारका क्रियाकलाप गरेको पाइएको छ । अपहरण गर्ने र दृष्टि बन्धक गरेर सम्पत्ती हडप्ने जस्ता कार्यले नागरिकलाई आत्महत्या जस्तो बाटो रोज्न बाध्य पारिएको छ । यस सन्दर्भमा कान्तिपुर दैनिकमा प्रकाशित शिवराज-६ को रामराजी पासीले एटा लघुवित्तको चर्को व्याज तिर्दातिदै थलिएको समाचार र यसै नगरपालिको एक लघुवित्तमा लिइएको पचास हजार ऋण दुई वर्षसम्म महिनाको पाँच हजारको दरले तिर्दा पनि पच्चीस हजार रुपैया अझै बाँकी रहेको र तिराउनलाई विभिन्न प्रकारका धम्की आउने गरेको पाइएको र यी र यस्तै लघुवित्तका हर्कत र मिटर व्याजीका गुण्डागर्दीका कारण यसै जिल्लामा आत्महत्याका घटनाहरू पनि घटेको पाईएको छ । यस्ता थुप्रै व्यक्ति र संस्थाहरुको अमानविय हर्कत र ज्यादतिका विषयमा हाम्रो पार्टीको न्यायिक निकायमा निवेदन परेका छन् ।

यसै विषयलाई दृष्टिगत गर्दै हाम्रो पार्टी पश्चिम कपिलवस्तु जनतालाई डर, त्रास, धम्की, आतंक, दबाब दिई अनुचित आर्थिक नाफा असुल्ने लघुवित्त र मिटर ब्याजिहरुलाई प्रतिबन्ध लगाएको घोषण गर्दछ । हाम्रो शन्तिपूर्ण आग्रहलाई बेवास्ता गरिए जनतालाई आत्महत्या गर्न बाध्य पार्ने वित्तिय अपराधिहरूले गम्भिर परिणाम भोग्नु पर्ने चेतावनी दिन चाहन्छौ ।

साथै बैंक तथा वित्तिय संस्थाहरूले वर्तमान चर्को व्याज न्युनिकरण गरी एक अंकमा कायम गर्न अनुरोध गर्दछ । अन्यथा जनताको वित्तीय न्यायका लागि जुनसुकै संघर्षमा जान बाध्य हुनेछौं ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।