![](https://janapatrika.com/wp-content/uploads/2023/02/IMG_20230219_211417.jpg)
अछाम / गत मङ्सिर ४ गते भएको संसदिय निर्वाचनका क्रममा अछाम जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ( ख) बाट स्वतन्त्र उम्मेदवार भएका निर्मल बिष्ट आज नेपाल कम्युनिस्ट पार्टीमा समहित भएका छन।विगतमा समाजसेवा, परोपकार र नेपाली काङ्ग्रेस सम्बद्ध स्थानीय राजनीतिज्ञ भाई काम गरिरहेका बिस्ट पुराना पार्टी र नेतृत्वको कारण देश बर्बाद भएको भन्दै नेपाल कम्युनिस्ट पार्टीमा समाहित हुने निर्णय गरेका हुन।
सोमबार जिल्लाको सदरमुकाम मङ्गलसेन स्थित नेपाल कम्युनिस्ट पार्टीको कार्यालयमा भएको एक कार्यक्रम विच बिष्टलाई नेकपाले स्वागत गरेको छ।
स्वागत तथा पार्टी प्रवेश कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सदस्य सरिता सी, नेकपा नेताहरु निरक सी, लोकेन्द्र सी लगाएतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्