१३ बैशाख २०८१, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी काठमाडौं ४ नम्बर जिल्लाको बैठक सम्पन्न

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी काठमाडौं ४ नम्बर जिल्लाको बैठक सम्पन्न भएको छ ।
बैठकका प्रमुख अतिथि नेकपा पाेलिट ब्युरो सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज कृति सी थिए । बैठकलाई सम्बोधन गर्दै उनले अहिले जनता बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज मिटर ब्याजीको सिकार भइरहेको र व्यापारी उद्योगी सबै आन्दोलित भएकाे, जनता आत्महत्या गरिरहेकाे बताए । यो सबै संसदिय व्यवस्थाको कारण भइरहेकाले यसको विकल्प भनेको वैज्ञानिक समाजवादी व्यवस्था भएको प्रष्ट पारे ।
बैठकमा ४ नम्बर जिल्ला इन्चार्ज प्रताप सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य गोपाल सी, काठमाडौँ जिल्ला जनसत्ता प्रमुख तथा युवा संगठनका केन्द्रीय सदस्य छेम्बे शेर्पा, लगाएत जिल्ला सदस्यहरुको उपस्थिति थियो । जिल्ला समिति १९ जनाको गठन भएको छ भने बैठककाे सन्चालन ४ नम्बर सेक्रेटरी रवी सी ले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।