१३ बैशाख २०८१, बिहीबार

स्ववियु निर्वाचन विशेष निर्णय गर्दै अखिल (क्रान्तिकारी) नारायणीको बैठक सम्पन्न

0

मकवानपुर: नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) नारायणी व्युरोको प्रथम बैठक सम्पन्न भएको छ । बैठकले आसन्न स्ववियु निर्वाचन विशेष महत्त्वपूर्ण निर्णयहरु लिएको छ ।

अखिल (क्रान्तिकारी) नारायणी व्युरोको प्रथम बैठक आज मकवानपुरमा बसेको हो । सोमबार दिउँसो बसेको बैठकमा पार्टीका पिबिएम तथा नारायणी व्युरोका इन्चार्ज एटम सीको प्रमुख आतिथ्यता र पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज राम सीको विशेष आतिथ्यता र अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य अटल सीको आतिथ्यता रहेको थियो ।

अखिल (क्रान्तिकारी) नारायणीका व्युरो इन्चार्ज विवेक सीको अध्यक्षतामा बसेको बैठकले विशेषत आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचन बारे महत्त्वपूर्ण निर्णय गरेको छ । यथास्थितिवादी सत्ता, व्यवस्था र अबस्था परिवर्तनका लागि खुलेको क्रान्तिकारी विद्यार्थीहरुको छाता संगठन स्वतन्त्र विद्यार्थी युनियनको आगामी निर्वाचनमा सहभागी भइ विकृत शैक्षिक क्षेत्रको सुधारका निम्ति महत्त्वपूर्ण योगदान पुर्‍याउने उद्देश्यका साथ आवश्यक तयारीमा लाग्न बैठकले प्रेरित गरेको छ ।

साथै नारायणी व्युरो अन्तर्गत पर्ने मकवानपुर, चितवन, बारा, पर्सा, रौतहट र डिवान जिल्लामा आवश्यक राजनीतिक, वैचारिक र सांगठनिक कार्यका साथै संघर्षनात्मक कार्य सम्बन्धि बैठकले निर्णय लिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।