काठमाडौ /अखिल ( क्रान्तिकारी ) का पुर्व नेता सुरेश गौतमले समकालीन विद्यार्थी संगठनहरूमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल ( क्रान्तिकारी ) नै विद्यार्थी आन्दोलनको मुल प्रवाह रहेको र अरु संगठनहरु आवाराहरुको लुटेर , ठगेर खाने झुण्डको रुपमा बदलिएको बताएका छन।
स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मुखैमा सामाजिक संजालमा एक स्टाटस पोस्ट गर्दै नेता गौतमले यस्तो बताएका हुन ।
नेपालको विद्यार्थी आन्दोलन कमजोर र मुद्दाविहिनी भएको चर्चा भईरहेको बेला नेता गौतमले संगठनात्मक अभ्यासका हिसाबले एमाले अखिल र विप्लव निकट (क्रान्तिकारी) मात्र बाँकी रहेको बताएका छ्न ।
यस्तो छ नेता गौतमको सामाजिक संजालमा पोस्ट गरेको स्टाटस
प्रतिक्रिया दिनुहोस्