८ बैशाख २०८१, शनिबार

अखिल (क्रान्तिकारी) मकवानपुरको दोश्रो पूर्ण बैठक सम्पन्न

0

मकवानपुर: अखिल (क्रान्तिकारी) मकवानपुरको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ । जिल्ला अध्यक्ष सुर्य सीको अध्यक्षतामा बसेको बैठकले आसन्न स्ववियु निर्वाचन सम्बन्धि महत्त्वपूर्ण निर्णय गरेको छ ।

२४ औं जिल्ला समितिको दोश्रो पूर्ण बैठक आज मकवानपुर बहुमुखी क्याम्पसमा बसेको हो । बैठकमा पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज राम सीको प्रमुख आतिथ्यता र अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा नारायणी व्युरो इन्चार्ज विवेक सीको आतिथ्यता रहेको छ ।

बुधबार बसेको बैठकले विशेषगरी चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबारे महत्त्वपूर्ण निर्णय गरेको छ । मकवानपुरका स्ववियु निर्वाचन हुने क्याम्पसहरु मध्य विद्यार्थीको सबैभन्दा बढी जनघनत्व भएका क्याम्पसहरुमा व्यापक तयारी गर्ने विषयमा बैठकले जोड दिएको छ । साथै स्ववियुको स्थापनाकालिन ऐतिहासिक महत्त्वलाई बचाइराख्न अखिल (क्रान्तिकारी) ले विशेष भूमिका निर्वाह गर्नुपर्ने भन्दै बैठकका प्रमुख अतिथि राम सीले प्रशिक्षणात्मक मन्तव्य राखेका छन् ।

साथै बैठकले अखिल (क्रान्तिकारी) मकवानपुरको ९ सदस्यीय सचिवालय पनि गठन गरेको छ । जसमा उमेश सी, झर्ना सी र आकाश सीलाई सचिवालयमा तानिएको छ । त्यस्तै २४ औं जिल्ला सम्मेलनबाट पारित जिल्ला समितिमा दुईजना थप गरि ३१ सदस्यीय जिल्ला समिति बनाइएको छ । थप हुनेमा मंगल सी र निमा सी रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।