१५ चैत्र २०८०, बिहीबार

श्रमिक समुदाय बिभागले देशव्यापी अनुसन्धान गोष्टी गर्ने

0

काठमाडौ /नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय श्रमिक समुदाय बिभागले समाजमा विद्यमान जातव्यवस्था र त्यसद्वारा पैदा भएको बिभेद र छुवाछूत प्रथाको अन्त्य र समुन्नत एबम समानतामा आधारित व्यवस्था निर्माणका लागि देशव्यापी बिचार गोष्ठी गर्ने भएको छ।कपिलवस्तु स्थित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालयमा मङ्गलवार सम्पन्न भएको बिभागको प्रथम बैठकले यस्तो निर्णय गरेको हो।

नेपाल , भारत लगाएतका समाजमा रहेको छुवाछूत र विभेद जस्तो जघन्य समस्याबाट मुक्त गर्न र नयाँ समाज निर्माण गर्न अनुसन्धान , अध्ययन गर्ने उदेश्यले नेपाल कम्युनिस्ट पार्टीले गठन गरेको श्रमिक समुदाय बिभागले यस बिषयमा सरोकारवाला, बुद्धिजीवी र प्राज्ञिक व्यक्तिहरुसङ्ग छलफल , बहस गर्दै अनुसन्धान प्रतिवेदन तय गर्न देशव्यापी कार्यक्रम गर्न लागेको जनाइएको छ।

बिभाग इन्चार्ज सन्ध्या सीको अध्यक्षतामा भएको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले मानव सभ्यताको बिकास प्रकृयामा श्रमिक समुदायको मुख्य र निर्णायक भुमिका रहदै आएको र आगामी दिनहरुमा पार्टीले संष्लेषण गरेका बैचारिक निष्कर्षहरुको प्रयोग र थप बिकासमा समेत बिभागको महत्त्वपूर्ण भुमिका हुने भन्दै देशव्यापी कार्यक्रम गर्न निर्देशन गरेका थिए ।

त्यस्तै बैठकमा जीत बहादुर सी,सञ्जीव सी, डिल्ली सी,करुणा सी , सुष्मा सी र वीरु सीको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।