१५ बैशाख २०८१, शनिबार

बित्तीय संस्थाहरुको आतंक विरुद्धको संघर्षमा ऐक्यबद्धता जरुरी छ: नेता मन्सालु

0

१० फाल्गुन , उदयपुर / नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य मन्सालुलेअहिले देशमा मिटरब्याजी र लघुबित्त संस्थाहरूको आतंकले जनतालाई जीवनमरणको अवस्थामा पुयाएको, गरिब जनतालाई झन गरिब बनाई आर्थिक शोषणले जनतालाई आत्महत्या गर्न बाध्य बनाएको बताउदै सम्पूर्ण जनतालाई त्यस्ता दलालहरुको डर, धम्की र दबाब विरुद्धमा एक्यवद्धता जनाउन अनुरोध गरेका छन।नेपाल कम्युनिस्ट पार्टी उदयपुर जिल्ला स्थित पार्टी कार्यालयमा सम्पन्न त्रियुगा नगरपालिकाको प्रथम बैठकलाई सम्बोधन गर्दै मन्सालुले यस्तो बताएका हुन।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका उदयपुर जिल्ला ईन्चार्ज अमृत सीले भने “‘ बैंकहरुको चर्को ब्याजले राष्ट्रिय उधमी ,व्यवसायीहरु पीडित भएका छन् ,तराईमा लघुबित्त संस्थाहरुले लुटपाट मच्चाइरहेका छन् ,दिनानुदिन लघुबित्तका कारणले नगरिकहरु आत्महत्या गर्न बाध्य भएका छन् ।”

उनले थपे-” मिटरव्याजका कारणले जनताहरु मर्न बाध्य पारेका बैंक तथा बित्तीय क्षेत्रको लुटपाटको संरक्षण गरिरहेका दलालहरुको विरुद्धमा लड्न सबैलाई साथ दिनको लागि अनुरोध गर्न चाहान्छौ।

त्यस्तै नेकपा जिल्ला सेक्रेटरी जीतबहादुर सीले ऋण प्रवाह गरेको सानो साँवा रकमको हजारौं गुणा बढी असूल उपर गरिसक्दा पनि सोझासाझा दीदिबहिनिहरुलाई अनैतिक कार्य गरेर किस्ता तिर्न भन्दै धम्कि दिने दलालहरु विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले आम पीडित जनतालाई न्याय दिने बताए।

त्रियुगा नगर सेक्रेटरी राम कृष्ण सीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका स्थानीय नेता कार्यकर्ताहरुको सहभागिता रहेको बताईएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।