१४ बैशाख २०८१, शुक्रबार

अखिल नेपाल राष्ट्रिय ट्रेड युनियन महासंघले सरकारलाई बुझायो २३ बुदे ज्ञापनपत्र

0

काठमाडौ / अखिल नेपाल रास्ट्रीय ट्रेड युनियन महासंघले मजदुरहरुका कानुनी र मानवीय हक अधिकारका बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल- प्रचण्ड-लाई ज्ञापनपत्र बुझाएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा आज महासंघका अध्यक्ष श्याम सेञ्चुरी नेतृत्वको टोलीले सरकारलाई मागहरू पेश गरेको हो।

सरकारलाई बुझाइएको ज्ञापनपत्रमा सर्वपक्षीय ट्रेड युनियनहरुको सहभागितामा अधिकार सम्पन्न वेतन वोर्ड गठन गरिनुपर्ने,श्रमिकहरुको हडतालको अधिकारलाई सुनिश्चित गरिनु पर्ने, वर्क पर्मिट लागु हुनुपर्ने ,ट्रेड युनियनहरुको नाममा भइरहेको विचौलियाकरण र सिण्डीकेट प्रणाली अन्त्य हुनुपर्ने र बहुराष्ट्रिय दलाल पुजी नियन्त्रण गरिनु पर्ने माग गरिएको छ।

त्यस्तै ,ज्ञापनपत्रमा सामाजिक कल्याण र श्रम शिक्षा लागु गरिनु पर्ने, ठेकेदारी प्रथा, दैनिक ज्यालादारी प्रथा, पिस रेट र करार प्रथा खारेज गरिनु पर्ने,सर्वोच्च अदालतमा छुट्टै श्रम इजलासको व्यवस्था हुनुपर्ने र रास्ट्रीय श्रमिक आयोग गठन गरिनुपर्ने लगायतका २३ बुदे मागहरू राखिएको छ भने मागहरूको कार्यान्वयन नभए चरणबद्ध संघर्षमा जाने चेतावनी समेत दिइएको छ।

यस्तो छ,सरकारलाई बुझाईएको ज्ञापनपत्रको पुर्णपाठ:


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।