८ बैशाख २०८१, शनिबार

मिटर ब्याजी र लघुवित्तमाथि प्रतिबन्ध लगाउने नेकपा बाँकेको घाेषणा

0

फागुन १०, बाँके । नेपाल कम्युनिस्ट पार्टी बाँकेले मिटर ब्याजी र लघुवित्त संस्थाहरुमाथि प्रतिबन्ध लगाउने घाेषणा गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी बाँकेले बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै मिटर ब्याजी र एक दर्जन बढी लघुवित्तिय संस्था माथि प्रतिबन्ध लगाउने घाेषणा गरेको हाे ।

नेपाल कम्युनिस्ट पार्टी बाँकेले नामै ताेकेर निर्धन, सिवाइसी, माक्राेफाइनान्स, छिमेकी, जनउत्थान, एनआइसी, विजय, महिला उपकार लगायतका वित्तीय संस्थाहरूलाई साेझा सिदा महिलाहरूलाई नठग्न चेतावनी दिएको छ ।

पत्रकार सम्मेलनमा बाेल्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दक्षिण कर्णाली ब्युरो इन्चार्ज संगम सीले मिटर ब्याजी र वित्तीय संस्थाहरूकाे चर्को शाेषण र अत्याचारले गाउँ र सहरमा सिमा नाघेपछि मान्छेहरू आत्मदाह र आत्महत्या गर्ने अवस्थामा पुगेको भन्दै बैंक तथा वित्तीय संस्थाहरूकाे अत्याचारलाई राेक्न नेकपाले संघर्ष गर्न बाध्य भएको बताए ।

उनले भने “जनजागरणकाे माध्यमबाट साम्राज्यवादीहरूका शाखाको रूपमा काम गर्ने वित्तीय संस्थाहरूलाई कार्वाही गर्छाैं, उनीहरूले जनताको घरवारविहीन गरेका छन यसलाई राेक्छाैं ।”

उनले जनयुद्धकालमा साम्राज्यवादका शाखाको रूपमा काम गर्ने एनजीओ, आइनजीओ र वित्तीय संस्थाहरू प्रतिबन्धित भएका कारण जनताकाे उठिबास नभएको स्मरण गरे ।

तर अहिले प्रचण्डको आत्मसमर्पण पछि साम्राज्यवादी शाखाहरू गाउँ र सहरमा जनतालाई फेरि लुट्न पुगेको भन्दै उनले यिनीहरूलाई लखेट्नुकाे विकल्प नभएको बताए ।

पत्रकार सम्मेलनमा नेकपा केन्द्रीय सदस्य तथा बाँकेका इन्चार्ज रणदिप सीले जनतालाई शाेषण गर्ने मिटर ब्याजी र वित्तीय संस्थाहरूको नामावली सार्वजनिक गरेका थिए ।

उनले दलाल पुँजीवादी व्यवस्थाकाे सिस्टमलाई अन्त्य गरि बैज्ञानिक समाजवाद नल्याएसम्म मिटर ब्याजी र वित्तीय संस्थाहरूको चर्को शाेषण अन्त्य नहुने ठाेकुवा गरे ।

पत्रकार सम्मेलनमा अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय काेषाध्यक्ष प्रतिमा सी लगायतका नेताहरूको सहभागिता रहेको थियो भने पत्रकार सम्मेलनकाे संचालन जिल्ला सेक्रेटरी कल्पना सीले गरेकी थिन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।