१५ चैत्र २०८०, बिहीबार

सल्यानबाट प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र

0

सल्यान: युवा संगठन नेपाल सल्यानले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई एक ध्यानाकर्षण पत्र पठाएको छ। नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठनकाे केन्द्रीय निर्णय अनुसार युवा संगठनको सल्यान जिल्लाले सल्यानका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई साे प्रत्र पठाएको हाे।
आज बुधबार संगठनका केन्द्रीय सचिवालय सदस्य तथा सल्यान जिल्ला अध्यक्ष प्रकाश गिरिकाे नेतृत्वमा गएको युवा संगठन सल्यानकाे समुहले वैदेशिक राेजगारले निम्त्याएका समस्या,वित्तीय संघ संस्थाहरुले जनतालाई दुःख दिएर निम्त्याएका समस्या र मिटरव्याजीहरुले जनतालाई दिएको सास्तीबारे जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको साे संगठनका जिल्लानेता राेदिन श्रेष्ठले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।