१३ बैशाख २०८१, बिहीबार

नेकपा म्याग्दीले लागु औषध सहित एक जनालाई समातेर प्रहरीलाई बुझायो

0

म्याग्दी /नेपाल कम्युनिस्ट पार्टी म्याग्दीले लागू औषध सहित एक जनालाई समातेर प्रहरीलाई बुझाएको छ । नाइट्रो भ्याट नामक लागू औषध ४०५ पिस सहित मुस्ताक अलि नाम गरेको ब्यक्तिलाई बिहिवार पर्वत मल्लाज चोकमा समातेर जिल्ला प्रहरी कार्यालय म्याग्दीलाई नेकपाले बुझाएको हो।

पार्टीको लागू औषध दुर्ब्यसनी विरुद्धको सर्च अभियान अन्तरगत उक्त कार्यक्रम गरिएको नेपाल कम्युनिस्ट पार्टी म्याग्दीले जनाएको छ । भारतबाट म्याग्दीमा लागुऔषध ओसारपसार हुनेगरेको गोप्य सुचनाको आधारमा अलिलाई समात्न सफल भएको जिल्ला इन्चार्ज उषा सी ले बताएकि छन।

जिल्लाको शिर्जनशिल शक्ति युवा शक्ति पछिल्लो समय लागू औषधमा फस्दै गइरहेको र यसले समाजमा दीर्घकालीन रुपमा नराम्रो असर गर्ने भएकोले सर्च अभियानको सुरु गरिएको जिल्ला सेक्रेटरी कैलाश सीले बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।