१० मंसिर २०८१, सोमबार

नवौं महाधिवेशनका मुख्य संश्लेषणहरु

0

हामीले थुप्रै विजय र पराजयका मैदानबाट पुँजीवादमाथि विजय गर्ने रोमाञ्चकारी तर सम्भावनायुक्त परिकल्पना गरिरहँदा लडाइका सम्पूर्ण मोर्चाहरुको चित्र आँखामा फटाफट प्रकट हुन्छन् । हामी त्यहाँ बिसौं शताब्दीले छोडेर गएका वैज्ञानिक समाजवादी क्रान्ति र सत्ताका कैयौं अपूर्णताहरु प्रष्ट देख्न सक्छौं । यी अपूर्णता या कमजोर पक्षलार्ई कस्ता दृष्टिकोण, विचार र नीति–नियमहरु निर्माण गरियो भने चाहेर पनि अनिच्छापूर्वक बोक्नु परेको पुँजीवादलार्ई मिल्काउन सकिन्छ भन्ने चिन्ताले नयाँ सोच्न घच्घच्याई रहन्छ ।

धेरैले बुझ्नै असमर्थ भएर; केहीले पूर्णता दिने आँट नगरेर या चलिरहेकै तरिकाबाट काम चलाईरहने सजिला मार्गहरु समातिरहेको बेला यसरी सोच्नु ‘कोपर्निकसले कोर्रा खाने काम गर्नु’ जस्तै हुन्छ । परन्तु लडाइको मोर्चामा प्रत्यक्ष भिडिरहेको सिपाही या नेतृत्व गरिरहेको नेताका दृष्टिले या पुँजीवादको समाधान दिन चिन्तनमा समर्पित नेतृत्वका हैसियतले हामीले आफ्ना अपूर्णता मात्र देखेका छैनौं बरु कुन क्षेत्रमा कस्तो विकासको सम्भावना छ र कसरी नयाँ विचारको निर्माण गर्न सकिन्छ भन्ने पनि देखेका छौं ।

हाम्रो पार्टीको ऐतिहासिक नवौँ महाधिवेशनले मालेमावादी दर्शन, अर्थतन्त्र, राजनीति, संस्कृति, सङ्गठनका बारेमा केही नयाँ संश्लेषणलार्ई अघि बढाएको छ । जुन काम युगान्तकारी महत्वको हुनेछ ।

पुँजीवाद र वैज्ञानिक समाजवाद–साम्यवादको प्रतिस्पर्धा वा भिडन्त चलिरहेको सन्दर्भमा हामीले दुई विषय भन्न धुकचुक हुनुपर्दैन । पहिलो हो पुँजीवाद पराजित व्यवस्था हो तर अहिले हारिरहेको छैन ।समाजवाद विजित व्यवस्था हो तर अहिले जितिरहेको छैन । बिसौं शताब्दीको साठीको दशकसम्म अर्थात् स्तालिन–माओहरु हुँदासम्म पुँजीवादीहरुले हारिरहेका थिए, कम्युनिस्टले जितिरहेका थिए । पुँजीवाद पराजित हुँदै थियो, वैज्ञानिक समाजवाद विजित हुँदै थियो तर आज त्यो छैन । किन ?

दोस्रो हो पुँजीवाद मरणशील व्यवस्था हो र यो मर्ने निश्चित छ । वैज्ञानिक समाजवाद–साम्यवाद जीवनशील व्यवस्था हो यो जन्मिने पक्का छ । पुँजीवाद मर्छ भन्नेमा स्वयं पुँजीवादी बुद्धिजीवि र विचारक पनि सहमत छन् तर आज पुँजीवाद मरिरहेको छैन, बाँचिरहेको छ । वैज्ञानिक समाजवाद–साम्यवाद जन्मिरहेको छैन । यदि पुँजीवाद मर्छ भने कसरी मर्छ, कहिले मर्छ र मरेपछि त्यसको स्थान कस्ले लिन्छ ?

यो कुरा पनि निश्चित छ कि २१औं शताब्दीको पुँजीवाद १९औं र २०औं शताब्दीको पुँजीवाद होइन । त्यो पुँजीवाद मरिसक्यो, अहिले त्यो छैन । यो पुँजीवाद नयाँ पुँजीवाद हो, स्वयं पुँजीवादमाथि क्रान्ति गर्दै बाँचेको पुँजीवाद हो । यो पनि निश्चितरुपले मर्छ, यो सत्य पुँजीवादी बुद्धिजीविले समेत स्वीकार गरेका छन् । तर उनीहरुको तर्क छ पुँजीवादले नै पुँजीवादको अन्त्य गर्नेछ ।

हामीले जुन वैज्ञानिक समाजवादको कुरा गरिरहेका छौं लगभग उही छौं ! अर्थात् १९औं र २०औं शताब्दीभित्रै छौं । त्यो समाजवाद ढलिसक्यो, अप्ठ्यारो नमान्ने हो भने पूर्व सोभियत संघ र पूर्वी युरोपको समाजवाद इतिहास रचना गर्दै मरिसक्यो ! हामीले नयाँ वैज्ञानिक समाजवाद दिनैपर्छ ।

पुरानो खालको समाजवादमा क्रान्ति गर्नैपर्छ र रुपान्तरणसहितको समाजवाद निर्माण गर्नुपर्छ । यसो हो भने २०औं शताब्दीमा समाजवादभित्र जहाँबाट समस्या पैदा भए त्यहींबाट २१औं शताब्दीलार्ई पक्रने दर्शनमा नयाँ सोच्नु पर्दछ । आर्थिक स्वामित्व, राज्य प्रणाली, समाजवादी संस्कृति, समाज र जातिबारे धेरै क्षेत्रमा नयाँ मान्यता विकास गर्नुपर्छ । विजयको गूढ यसैमा छ ।

दर्शन

हामीले दर्शनबारे चर्चा गर्दा यहाँ कुनै भौतिक, अभौतिक, द्वन्द्ववाद र अधिभूतवाद, बोधगम्य र अबोधगम्य, चेतना र पदार्थको विषयमा गर्दै छैनौं भन्ने पहिले हेक्का राख्नुपर्दछ । यहाँ कुनै चिरपरिचित र स्थापित दर्शनका विषयमा पनि चर्चा गर्दै छैनौं । हामीले गरिरहेको अध्ययन र निकालिरहेको निष्कर्ष २०औं शताब्दीका वैज्ञानिक समाजवाद किन असफल भए ? यसको दार्शनिक सम्बन्ध केसँग छ ? के गरियो भने ती असफलतालार्ई सफलतामा बदल्न सकिन्छ ? २१औं शताब्दीको पुँजीवाद कहाँ छ ? यसको समाधान कसरी गर्न सकिन्छ भन्नेसँग सम्बन्धित छ ।

आजका कैयौं स्वनामधन्य दार्शनिकहरु दर्शनका विषय उठ्ने बित्तिकै ईशापूर्वदेखि माक्र्स–लेनिन–माओसम्मका उद्धरण फटाफट टिपेर थुप्रो लगाउन थाल्छन् । त्यही थुप्रोमा उभिएर उफ्रि–उफ्री ‘यसो हो, उसो हो’ भन्दै लक्कु खेल्न थाल्छन्, अफसोच उनीहरु उभिएको धर्ती कतातिर घुमिरहेको छ, मान्छेहरु भ्रमवश कतातिर हिंडिरहेका छन्, तिनलार्ई कता हिँडाउने हो भन्ने बारेमा जानकारी नै राख्दैनन् या बेपर्वाह छन् या त्यतातिर पस्ने झन्झट बेसाउन चाहँदैनन् ।

अलि नयाँ तरिकाले हेरौं, बुझौं र गरौं भन्नेलार्ई टेढा आँखाले हेर्दै झट्पट मार्क्स–लेनिनको एउटा उक्ति निकालेर टाउकोमा झ्वाम्म फालिदिँदै अट्टहास गर्न थालिहाल्छन् । हाम्रो सोच भने यी सबैभन्दा भिन्न तरिकाले दर्शनका विषयमा अध्ययन गर्नुपर्छ, सोच्नुपर्छ र हिँड्नुपर्छ भन्ने छ ।

हामीले आजलार्ई हिजोको आँखाले हेर्छौ र बुझेको दावा गर्छौं भने, हिजोकै तरिकाले चल्न र हिँड्न खोज्छौं भने, अझ अरुलार्ई पनि आफैँंजस्तो बनाउन र हिँडाउन खोज्छौ, आजप्रति केवल पूर्वाग्रहीजस्तो व्यवहार दर्शाउँछौं भने हामी यथार्थ, नयाँ सत्य र सम्भावनाबाट छुट्टिसक्छौं । छुटेको यात्रीले जतिनै सरापे पनि गल्ती आफ्नै हुन्छ !

बीसौं शताब्दीका प्राय ‘समाजवाद’ ढले । खु्रश्चोभले गर्दा, टिटोले गर्दा, गोर्भाचोवले गर्दा, जसले गर्दा भए पनि ती ढले । ढल्नुको कारण र परिणामलार्ई जाँच गर्ने हो भने देखिन्छ कि यो केवल राजनैतिक व्यवस्थाको समस्या मात्र होइन । या आर्थिक समस्यामात्र होइन, यसमा दर्शनको समस्या पनि छ । अर्थात् यसमा द्वन्द्वात्मक भौतिकवादको अपूर्णता व्यक्त भएको छ ।

द्वन्द्ववादले भन्छ ‘विपरितको एकत्व, मात्राबाट गुण र निषेधको निषेध’ । तर, यत्ति नियमले समाजवादको पराजय र पुँजीवादको पुनरोदयलार्ई सम्पूर्णरुपले पक्रन सकेन, अपूर्ण भयो । यदि यो नियमले पर्याप्त काम गर्दथ्यो भने पुरानोबाट नयाँमा पुगेपछि, एउटा मरेर अर्को पैदा भएपछि यो पुँजीवाद ढलेर वैज्ञानिक समाजवाद उभिएपछि पुनः पुँजीवादतिरै फर्किनु हुँदैनथ्यो ।

समाजवादी विपरितहरु पुँजीवादी विपरितमा, समाजवादी मात्रा पुँजीवादी गुणमा र पुरानो निषेध भएपछि पुँजीवादको पुनर्जन्म नहुनु पर्दथ्यो तर भयो । यो पुँजीवादबाट समाजवादतिरको यात्रा समाजवादतिरकै अगाडिको यात्रा हुनुपर्ने, पुरानोको पुनरागमन नहुनु पर्ने, तर यस्तो भएन । पुँजीवाद ढल्यो, पराजित भयो, वैज्ञानिक समाजवाद उठ्यो, विजयी भयो तर वैज्ञानिक समाजवाद पनि ढल्यो, पराजित भयो पुँजीवाद पुनः उठ्यो र विजयी भयो । परन्तु पुँजीवादमा पनि मान्छे सन्तुष्ट छैन, संघर्ष चलिरहेको छ र यो पनि मर्ने या पराजित हुनेतिरै गइरहेको छ । यो यथार्थ हो ।

पुँजीवाद मर्यो या ढल्यो भने के आउँछ ? वैज्ञानिक समाजवाद या अरु कुनै ? वैज्ञानिक समाजवाद आयो भने पनि बीसौं शताब्दीकै जस्तो समाजवाद या नयाँ ? यसबारे यत्ति भन्न सकिन्छ– पुँजीवाद रहँदैन तर वैज्ञानिक समाजवाद पनि बीसौं शताब्दीको जस्तो आउने छैन । नयाँ, गुणात्मकरुपले नयाँ आउनेछ । यसको आर्थिक चरित्र, सार, राजनैतिक संरचना, प्राविधिक विशेषता, नेतृत्व प्रणाली, संस्कृति, समाज सबै चीज नयाँ भएर आउने छ । त्यो पनि त्यसरी मात्र बाँच्ने छ जहाँ हरेक पुराना सम्बन्धमाथि निरन्तर रुपान्तरण भइरहनु पर्नेछ । ती रुपान्तरणले हरदम मानव चाहनालार्ई प्रतिनीधित्व गरेको या नेतृत्व प्रदान गरेको हुनुपर्नेछ ।

समाजवाद र पुँजीवादबारे यति भनेपछि हामीले जोड्नुपर्ने दर्शनको विषय आउँछ । त्यो भनेको द्वन्द्वात्मक भौतिकवादबाट अनिश्चयको सिद्धान्ततर्फ अगाडि बढ्नुपर्छ । भौतिक विज्ञानमा बीसौं शताब्दीको साठीको दशकमा वैज्ञानिक सिद्ध भएको अनिश्चयको सिद्धान्त समाज रुपान्तरण या वैज्ञानिक समाजवाद र पुँजीवादमा पनि लागू हुन्छ । वस्तुभित्र जसरी एउटै अणु ऋणात्मक र धनात्मकमा बदलिन्छ त्यो पनि निकै तीव्रतामा, समाज या समाजवादभित्र पनि त्यो गुण हुन्छ, पुँजीवादमा पनि त्यो गुण हुन्छ । त्यसलार्ई समय र स्थानले प्रभाव पार्दछ । जस्तो कि चलिरहेको क्वान्टा तल जाँदा ऋणात्मक हुँदा माथि जाँदा धनात्मक हुने, माथि जाँदा धनात्मक हुन्छ भने तल झर्दा ऋणात्मक हुन्छ । यसले एउटै वस्तु कसरी एकअर्कोमा बदलिन्छ भन्ने गुण देखाउँछ । यही गुण समाजको जीवनमा पनि लागू हुन्छ ।

समाजवादमा पनि लागू हुन्छ । हेर्दा समाजवाद देखिए पनि त्यो भित्र पुँजीवाद या अर्को विपरित पनि त्यतिकै जीवित हुन्छ जसले उपयुक्त स्थान र समयमा बाहिर व्यक्त हुनेगरी देखापर्छ । पुँजीवादमा पनि यही नियम लागू हुन्छ । रुपमा पुँजीवाद भए पनि यो केवल पुँजीवाद मात्र छैन यसले समाजवादका कैयौं गुण बोकेर मात्र टिक्न सकेको छ । त्यति गर्दा पनि सङ्कटबाट उम्किन सकिरहेको छैन । जस्तो कि उन्नाइसौं र बीसौं शताब्दीको पुँजीवादको कल्पनै नगरौं, बीसौं शताब्दीका समाजवादले प्रयोग नगरेका कैयौं समाजवादी चरित्रका विशेषता सहवरण गरेर मात्र पुँजीवाद चलिरहेको छ । यसले पुष्टि गर्छ कि वस्तुमा जस्तै समाज र वैज्ञानिक समाजवादको जीवन र विकासमा पनि अनिश्चयको नियम लागू हुन्छ ।

यसो भनेर वैज्ञानिक समाजवाद–साम्यवादको कुनै निश्चयता नै नभएको हो या नहुने हो त ? त्यो होइन । वस्तुको भौतिकत्व, गति र विकासको निश्चयता छ । ती निश्चयताभित्र काम गर्ने नियममात्र अनिश्चयता हो । जसले वैज्ञानिक समाजवादको रक्षा र रुपान्तरणलार्ई बुझ्न र प्रयोग गर्न मद्दत गर्दछ । अनिश्चयको सिद्धान्तका प्रणेता विनर कार्ल हाइजेनवर्ग हुन् ।

हाइजेनवर्ग(१९०१–१९७६)पश्चात् म्याक्स प्लाङ्कले शक्ति क्वान्टा( EnergyQuanta) को अनुसन्धान गरे ।भौतिक विज्ञानमा नोबेल पुरस्कार पाएका म्याक्स प्लाङ्क (१८५८–१९४७)ले शक्ति क्वान्टामा ठूलो योगदान गरे । उनले पदार्थका तत्वहरुलार्ई टुक्र्याउँदै लगियो भने क्वाण्टामा पुग्छ जो आफैँँ दुईमा हुन्छ । एक काल र स्थानमा ‘धनात्मक’ र अर्को काल र स्थानमा ‘ऋणात्मक’ हुँदै बग्छ । यसको तत्वको चरित्रलार्ई अनिश्चित छ भन्ने सावित गरिदियो ।

यदि जीव र मानव अस्तित्वलार्ई प्रकृतिकै एक अंश मान्ने हो भने पदार्थको क्वान्टामा देखिने अनिश्चियता मानव सेलमा पनि देख्न सकिन्छ । अर्थात् क्वाण्टाको गुण मानव सेलमा पनि छ । परिस्थिति र स्थानले त्यसको गुणलार्ई निर्धारण गर्छ । मानव सेलमा रहेको अनिश्चित गुण कुनै पनि बेला मानव सोच र स्वभावमा प्रकट हुनसक्छ ।त्यसको प्रत्यक्ष प्रभाव समाजवादमा पर्नसक्छ । जस्तो कि खु्रश्चोभलार्ई लिऊँ, ऊ स्तालिन जीवित हुँदासम्म समाजवादी, खाँटी सर्वहारावादी समाजवादी थियो । तर स्तालिन बितेपछिको फरक समय र परिस्थितिमा ऊ संशोधनवादी, पुँजीवादीमा पतन भयो ।

यसमा ख्रुश्चोभभित्र मार्क्सवादसँगै संशोधनवाद पनि थियो, उपयुक्त वातावरण पाउने बित्तिकै नकारात्मक पक्षमा पल्टा खानपुग्यो । उही समाजवादी, उही पुँजीवादी ! चीनमा लिन पियाओमा पनि यस्तै प्रवृत्ति देखापर्यो । ऊ माओको सामु जहिले पनि उत्तराधिकारी बन्यो, समाजवादी र क्रान्तिकारी बन्यो, तर आफुले भनेको समयमा पद नपाउने भएपछि भित्रभित्रै माओको हत्या गर्ने ठाउँमा पुग्यो ।

नेपालमै हेरौं– प्रचण्ड–बाबुरामहरु जनयुद्ध चल्दासम्म खाँटी कम्युनिस्ट र समाजवादी थिए तर जब शान्तिकालमा पसे, तब रातारात सुधारवादी, पुँजीवादीका मित्रमा पतन भए । हालै सुदर्शन–कञ्चनकै कुरा गरौं– काठमाण्डौं बानेश्वरमा सङ्घर्ष हुँदासम्म एकीकृत जनक्रान्ति पक्षधर क्रान्तिकारी थिए, भित्रभित्रै सड्दै गएर चुनावी कार्यनीतिलार्ई बहाना बनाएर षड्यन्त्रकारीका रुपमा देखापरे । यसले स्पष्ट गर्यो कि पुँजीवाद गएर समाजवाद आइसक्यो, अब यही चलिरहन्छ भनेर मान्न सकिंदैन । यदि समाजवादलार्ई नयाँ गुणमा रुपान्तरण गरिरहिंदैन भने, विकसित पुस्ताको चाहना र आवश्यकताअनुरुप निरन्तर रुपान्तरण गरिंदैन भने समाजवाद निरन्तर नजान सक्छ ।

समाजवादभन्दा फरक जसमा नयाँ पुस्ता खुसीसँग बस्न सक्छ आउन पनि सक्छ । यदि समाजवादलार्ई साम्यवादतिर लैजाने हो भने हरेक व्यवस्थाको निरन्तरता त्यसबेला मात्र हुन्छ जब त्यसलार्ई रक्षा गर्नेगरी निरन्तर नयाँ आधार र गुणमा रुपान्तरण गरिरहिन्छ । अनिश्चयलार्ई आफ्नै रुपान्तरणद्वारा समाधान गरेर मात्र समाजवादको रक्षा हुनसक्छ । अन्यथा समाजवादको ठाउँ जुनकुनै बेला भिन्न व्यवस्थाले लिनसक्छ ।अहिलेलार्ई त्यो पुँजीवादले लिनसक्छ ।

तर, पुरानो पुँजीवादले होइन समाजवादबाट शिक्षा लिएर सुधारिएको या रुपान्तरित पुँजीवादले लिन्छ । यसैलार्ई हामीले अनिश्चय, रक्षा र रुपान्तरणको दर्शन भनेका छौं ।

एकीकृत आर्थिक स्वामित्व

आर्थिक स्वामित्वको चर्चा हुने बित्तिकै धेरैको दिमाग निजी र सामुहिक दुई स्वामित्वभन्दा पर जाँदैन । सबैलार्ई ती दुईको मात्र स्मरण हुन्छ । कम्युनिस्टको दिमाग सामुहिक स्वामित्वलार्ई सही देखाउनेमा कुद्छ भने पुँजीवादीको दिमाग निजीलार्ई बुट्टा भर्ने र सामुहिकको आलोचना गर्नेतिर कुद्छ । वास्तविकतामा यी दुवै स्वामित्वले मान्छेलार्ई सन्तुष्टि दिन सकेका छैनन् ।

निजी स्वामित्वको सम्मोहन नै सारा दुःखको कारण हो । वर्ग उत्पत्ति, जात उत्पत्ति, सत्ता उत्पत्तिदेखि शोषण, स्वार्थ, भ्रष्टाचार, डकैती, अतिक्रमण, सङ्घर्ष र युद्धका कारण सम्पत्तिमा निजी स्वामित्वकै परिणाम हुन् । दास युगबाट सुरु भएर सामन्ती, पुँजीवादी, साम्राज्यवादी हुँदै भूमण्डलीकृत पुँजीवाद–साम्राज्यवादमा पुग्दा पनि निजी स्वामित्वको प्रभूत्वले अत्यधिक नागरिकलार्ई सन्तुष्टि दिन सकेको छैन । उल्टो सारालार्ई त्रसित, आतङ्कित र क्रुद्ध बनाइरहेको छ । मान्छेहरुले योभन्दा उत्तम स्वामित्व खोजिरहेको प्रष्ट बुझ्न सकिन्छ ।

मार्क्सले निजी स्वामित्वको अन्त्य गर्ने सिद्धान्त अनुसन्धान गरेदेखि अत्यधिक नागरिकले मुख्यतः श्रमिकवर्गले मनपराएको र रुस, चीनमा एउटा अवधिसम्म निकै सफल र लोकप्रिय रह्यो तर सामुहिक स्वामित्व पनि २०औं शताब्दीको अन्त्यमा पुग्दा टिक्न सकेन । सामुहिक स्वामित्वको सैद्धान्तिक मान्यताले लामोसमय सामाजिक जीवनमा सन्तुष्टि दिन सकेन । रुपमा सामुहिक भने पनि भित्रबाट निजी स्वामित्वले नयाँ विशेषतासहित ठाउँ बनायो । यतिबेला नेपालजस्ता देशमा त खाँटी कम्युनिस्ट भन्नेहरु सबै नै निजी स्वामित्वमा बाँधिएका छन् ।

कम्युनिस्टले (कम्तिमा नेपालमा) रटान लगाउने सामुहिक स्वामित्वको सिद्धान्त केवल पढाउने पाठभन्दा अगाडि जान सकेको छैन । यसले हामीलार्ई सोच्न र खोज्न उत्प्रेरित ग¥यो कि के नाममात्रको देखावटी सामुहिकताभन्दा वास्तविक सामुहिकतालार्ई मुखरित गर्ने नयाँ स्वामित्व अनुसन्धान गर्न सकिँदैन ? अवश्य सकिन्छ । यी दुई स्वामित्व प्रणालीको समाधान नै एकीकृत आर्थिक स्वामित्व हो ।

यदि आजको भूमण्डलीय विश्वको अत्याधुनिकता र विकासलार्ई पुँजीवादी निजी स्वामित्व भएको अर्थप्रणालीको परिणाम ठान्ने हो भने पनि यसले पुँजीको सामाजिक चरित्रलार्ई यति विकृत र नियन्त्रित बनाइदिएको छ कि मान्छे पुँजीको मालिक होइन पुँजीको दास बन्न पुगेको छ । नाम निजी स्वतन्त्रताको लिए पनि मुठ्ठीभर पुँजी मालिकहरुका लागि या निजी स्वामित्वको रक्षाका लागि अत्यधिक नागरिकको निजी जीवन ध्वस्त भइरहेको छ ।

मानव जीवनमा मानवीय सम्बन्धको होइन पुँजीको अराजकता छाएको छ । यो निजी स्वामित्वको असफलता र सङ्कट हो । निजी स्वामित्वले जन्माएको वर्ग विभेद र वर्ग सङ्घर्षको समाधान माक्र्स–एङ्गेल्सले खोज्नुभयो । लेनिन, माओहरुले सिद्धान्तलार्ई व्यवहारमा ढाल्ने र परिणाम दिनेमा सफलता प्राप्त गर्नुभयो । सामुहिक स्वामित्व त्यसैको अभिव्यक्ति थियो । तर २०औं शताब्दीको ९०को दशकसम्म पुग्दा पहिलो समाजवादी देश रुसलगायत पूर्वी युरोपका समाजवादहरु ढले भने चीनलगायतले सामुहिक स्वामित्वलार्ई बदलेर आफ्नै विशेषताको समाजवाद भन्नेमा पुगेका छन् ।

त्यहाँ अमेरिकामा भन्दा धेरै खरबपतिहरु जन्मिसकेका छन् । जे विश्लेषण गरे पनि वस्तुतः विगतका वैज्ञानिक समाजवादी सत्तामा आएको असफलता भनेको त्यहाँ पैदा भएको अर्थराजनैतिक अन्तरविरोध र चलिरहेको अर्थसम्बन्ध या उत्पादन सम्बन्धकै असफलता हुन आउँछ । मार्क्स आफैँंले पेरिस कम्युनको सफलता र विफलताबाहेक वैज्ञानिक समाजवादी सिद्धान्त अनुरुपको सामुहिक स्वामित्व देख्न पाउनु भएन । तर लेनिनको नेतृत्वमा सन् १९१७मा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न भएपछि समाजवादी स्वामित्व रुसमा प्रयोग भयो ।

दोस्रो विश्व युद्धपछि समाजवादी सत्तासँगै सामुहिक स्वामित्वको निर्माण पूर्वी युरोप, चीनसम्म पुग्यो । समाजवादी अर्थसम्बन्धकै कारण युरोपमा पिछडिएको देश भनेर चिनिने पूर्व सोभियत सँघले अमेरिकालार्ई पनि उछिन्दै संसारकै एक नम्बर शक्ति राष्ट्र बन्ने सफलता प्राप्त गर्यो । अफसोच, खु्रश्चोभको आगमनपछि ९०को दशकमा पुग्दा सर्वहारा वर्गको नेतृत्वमा गठन भएको पहिलो वैज्ञानिक समाजवादी देशसहित पूर्वी यूरोपमा प्रतिक्रान्ति भयो र पुनः पुँजीवादको स्थापना हुन पुग्यो ।

यी जे–जस्ता प्रकृतिका भए पनि वस्तुगतरुपले सामुहिक स्वामित्व भनिएकै स्वामित्वका असफलता थिए । ती समाजवादी देशहरुमा मान्छे रमाउन सक्ने खालको सामुहिक स्वामित्व प्रणाली कायम हुन सकेन । जनता चाहेर या नचाहेर पुँजीवादी निजी स्वामित्वमा फर्किन पुगे ।

सैद्धान्तिक रुपले सामुहिक स्वामित्व गलत र असम्भव किमार्थ छैन । तर आजको सामाजिक जीवन र चेतनाको स्तरबाट नाप्दा सामुहिक स्वामित्व भन्ने अर्थप्रणालीले पनि २१औं शताब्दीका नागरिकलार्ई आकर्षित गर्न सकिरहेको छैन । यस्तोबेला पुँजी उत्पादन र स्वामित्वमा तत्काल सामुहिक प्रणाली नभएर निजीको मनप्रसन्नतासहित सामुहिकतातिर अगाडि बढाउने संक्रमणकालीन स्वामित्व प्रणाली जरुरी देखिन्छ । जो कुनै मनोगत निष्कर्ष नभएर विश्व–समाजवादी आन्दोलन र आजको क्रान्तिकारी आन्दोलनका अनुभव र शिक्षामाथि आधारित हुनु पर्दछ ।

मानव समाजको लामो इतिहासबाट देख्न र भन्न सकिन्छ कि वास्तवमा मान्छे निजी र सामुहिक तत्वको योग हो । के मान्छे निजी आवश्यकताबाट पूर्णरुपमा निस्केर सामुहिकमात्र बन्न सक्छ ? या सामुहिकले निजी आवश्यकतालार्ई परिपूर्ति गर्न सक्छ ? सक्दैन वा सक्छ । दुवै उत्तर एकैपटक दिएरमात्र अगाडि बढ्न संभव छ । एउटा मात्र भनेर जान खोजियो भने एउटा खुट्टाले हिड्नुजस्तो हुन्छ । यदि निजी आवश्यकता हुँदैनथ्यो भने सामुहिक नै भन्नु पर्दैनथ्यो ।

यदि सामुहिक मात्र हुन्थ्यो भने निजी भन्नु पर्दैनथ्यो तर निजी सामुहिकभन्दा माथि होइन र हुनुहुँदैन किनकि हरेकको निजी क्षमताको स्रोत समाज मात्र हो । अर्थात् मानवको प्रधान पक्ष नै सामुहिक हो । त्यसैले आर्थिक स्वामित्वलार्ई पनि सामुहिक प्रधान गुणमा रुपान्तरण र विकास गर्न सकिन्छ । त्यसको लागि आजको विश्वमा निजीबाट सामुहिकतिर जाने नयाँ स्वामित्वको संश्लेषण र प्रयोग जरुरी छ । त्यसको ठोस अभिव्यक्ति एकीकृत स्वामित्व प्रणालीमा हुन सक्छ भन्ने निष्कर्ष सही छ ।

एकीकृत स्वामित्व भनेको व्यक्तिका निजी क्षमता, सृजना, चाहना र आवश्यकतालार्ई परिपूर्ति गर्दै, सारा मानव समाजलार्ई समानता, स्वतन्त्रता, समृद्धिमा आधारित सामुहिक स्वामित्वतिर लैजाने प्रणाली हो । भव्य आधुनिकता र समानतासहितको सामुहिकताभित्र सुखद, समृद्ध एवम् उन्नत निजी जीवनको निर्माण यसको सार हो । यसले हर नागरिकलार्ई शिक्षा, श्रम र रोजगारीसहित आर्थिक आत्मनिर्भरता प्रदान गर्छ । कुनै पनि बहानामा आफ्नो श्रम र उत्पादनमा शोषण हुने अवस्था बन्न दिँदैन ।

समाजमा हरेक नागरिक श्रम र सृजनात्मक काम गर्न स्वतन्त्र हुनेछ । उसले श्रम र सृजनात्मक कार्य गरेबापत आवश्यक र अतिरिक्त दाम पाउने छ । तर पुँजीलार्ई मानव जीवन र सभ्यताभन्दा माथि राख्ने सोचबाट श्रमिक वर्गलार्ई मुक्त गरेर मानव समाजलार्ई उन्नत र समृद्ध बनाउन सामुहिक स्वामित्व प्रणाली उत्तम र आवश्यक छ भन्ने चेतना भर्नेछ ।

मानव समाज र मान्छेभित्र दबिएर बसेको निजी प्रवृत्ति भित्रबाट आवश्यकताको संसारमा मात्र होइन स्वतन्त्रताको संसारमा पनि उन्मुक्त सोच र सन्तुष्टिका साथ सामुहिक स्वामित्वमा प्रवेश गर्न सकिन्छ भन्ने विचारलार्ई विकास गर्नेछ । तथापि यहाँ स्पष्ट हुनु पर्दछ कि एकीकृत आर्थिक स्वामित्व निजीबाट सामुहिक एवम् सार्वजनिक स्वामित्वमा पुग्ने समाजवादी संक्रमणकालीन स्वामित्व प्रणालीमात्र हुनेछ । यसको गन्तव्य भनेको निजी स्वामित्वको अन्त्य र साम्यवादी समाजको निर्माण गर्नु हो ।

एकीकृत निर्वाचन प्रणाली

राज्यको शासन र शासकीय प्रणालीको विचार–विमर्श हुने बित्तिकै मुख्यतः दुई विशेषताको शासन प्रणालीबारे चर्चा हुन्छ । केही पुँजीवादी देशहरुमा जनताको प्रत्यक्ष मतबाट निर्वाचित हुने शासकीय प्रणाली प्रयोग भइरहेको छ भने वैज्ञानिक समाजवादी देशहरुमा जनताले प्रतिनीधि चुन्ने र प्रतिनीधिले शासन संचालक चुन्ने प्रतिनीधि प्रणाली प्रयोग भइरहेको छ ।

यी दुवैका बारेमा केही आलोचना छन् । खासगरी वैज्ञानिक समाजवादी सत्ता र शासन प्रणालीमाथि पुँजीवादीले अधिनायकवादी, स्वतन्त्रता विरोधी, निरङ्कुश, व्यक्तिवादीको आलोचना गर्ने गरेका छन् भने पुँजीवादी प्रजातन्त्रको शासकीय प्रणालीलार्ई कम्युनिस्ट र श्रमिक जनताले पुँजीद्वारा संचालित, नियन्त्रित र मुठ्ठीभर शोषक वर्गको शासकीय प्रणालीको आरोप लगाउँदै आएका छन् ।

शासकीय प्रणाली सत्तायन्त्रलार्ई सञ्चालन गर्ने चालक तत्व हो । वर्ग स्वार्थ एवम् वर्ग सङ्घर्ष चलिरहेको समाजमा कस्तो शासकीय प्रणालीले कुन वर्ग र सिङ्गो मानव जातिको हितमा प्रभावकारीरुपले काम गर्न सक्छ भन्ने नै शासकीय प्रणालीको सारतत्व हो ।

पुँजीपति वर्गले सम्पूर्णरुपले आफ्नो स्वार्थ अनुकूलको राज्ययन्त्र बनाइसकेपछि अर्थात् अर्थसम्बन्ध, कानून, सेना, प्रहरी, कर्मचारीतन्त्र, अड्डा–अदालत, सूचना–संचार, प्रविधि, जेल, अन्तर्राष्ट्रिय सम्बन्ध बनाइसकेपछि यसको सञ्चालन गर्ने शासकीय प्रणाली पनि आपूm अनुकूल बनाउँदै आएको छ । यत्ति हो पुँजीपति वर्गले आफ्नो सयौं वर्षको सत्ता सञ्चालनको अनुभवलार्ई अधिकतम् प्रभावकारी र सरल बनाउन प्रयत्न गरिरहेको छ ।

त्यसैको एउटा अंश आवधिक प्र्रत्यक्ष निर्वाचनद्वारा शासक चुन्ने प्रणाली हो । यसले बाहिर जति नै जनमत र प्रजातन्त्र या लोकतन्त्रको प्रचार गरे पनि या जो कुनै व्यक्ति निर्वाचित भए पनि यसको कर्तव्य भनेको बनिबनाउ राज्ययन्त्रको सेवा र संरक्षण गर्ने मात्र हो । कहिलेकाहीं पुरानो सत्ताका संरचना मक्किन पुगेका छन्

र कुनै निमित्त कारणले भत्किन पुग्ने अपवादबाहेक आमरुपले प्रयोग हुने नियम भनेको पुँजीवादी राज्ययन्त्रभित्र जुनकुनै रुपको शासकीय प्रणाली भए पनि उसकै सेवा गर्ने हो । तसर्थ, पुँजीवादी सत्ता र व्यवस्थामा प्रयोग भइरहेको निर्वाचनको विधि नै लोकतन्त्रको सर्वोच्च र अन्तिम विधि हो भनेर मान्न सकिँदैन ।

वैज्ञानिक समाजवादभित्र प्रयोग हुने शासकीय प्रणालीको सम्बन्ध अधिकतम् श्रमिक वर्गको सेवा गर्ने राज्ययन्त्रको सेवा गर्ने हो । परन्तु यसले अहिलेसम्म प्रयोग गरेको शासकीय प्रणालीको निर्वाचन विधि प्रतिनीधिमा आधारित छ । जनताले प्रतिनीधि र प्रतिनीधिले शासकीय प्रतिनीधिको निर्वाचन गर्दछन् ।

यसले सत्ताको स्थिरता, शान्ति, शिक्षा, स्वास्थ्य, रोजगारी, तीव्र समृद्धिको विकास गर्ने गरेको छ । पुँजीवादी देशहरुमा सय वर्षमा हुने विकास र समृद्धि समाजवादी देशहरुमा केही दशकमै प्राप्त भएका छन् । यो भनेको सत्ता सञ्चालनमा वास्तविक जनताको सहभागिता छ भन्ने प्रमाण हो । तर वैज्ञानिक सत्ता सञ्चालनमा जनता सहभागी भएको सारतत्वलार्ई आम जनताले बुझ्ने गरी रुप र विधिमा पनि अभिव्यक्त गर्ने विषय निकै महत्वपूर्ण छ ।

निर्वाचन विधिको उल्लेख गर्दा यहाँ के कुरामा ध्यान दिन जरुरी छ भने कम्युनिस्टले कहिल्यै पनि समाजवादमा जनमतको प्रत्यक्ष प्रयोग गरिँदैन भनेका छैनन् । बरु माक्र्स–लेनिन सबैले पुँजीवादको भन्दा पनि उत्कृष्ट निर्वाचनको वकालत गरेका छन् । परिस्थितिका जटिलताले पछिल्लो समय बढी प्रतिनीधि निर्वाचन प्रणाली प्रयोग भए पनि श्रमिक जनताको प्रत्यक्ष सहभागिता समाजवादको सारतत्व नै हो ।

सत्ता सञ्चालनका अनुभव, सफलता र समस्याबाट शिक्षा लिँदै हामीले केवल पुँजीवादी प्रजातन्त्रको देखावटी प्रत्यक्ष निर्वाचनमात्र पनि होइन, पूर्व सोभियत संघमा प्रयोग भएको प्रतिनीधिमार्फत्को निर्वाचनलार्ई मात्र पनि होइन दुवैका समस्यालार्ई निकास दिने र वास्तविक श्रमिक जनतालार्ई सत्ता सञ्चालनमा उठाउने गरी एकीकृत निर्वाचन प्रणाली प्रयोग गर्नुपर्छ भनेका छौं । जहाँ जनताको प्रत्यक्ष जनमत र प्रतिनीधिद्वारा निर्वाचित हुने दुवै विधिलार्ई संक्रमणकालसम्म प्रयोग गर्नु पर्दछ ।

जुन विधिले जनमत कुण्ठित हुने समस्यालार्ई समाधान दिनेछ भने पुँजीको नियन्त्रणमा जाने र सचेतनाको नेतृत्वदायी भूमिका अर्थात् कम्युनिस्ट नेतृत्व कमजोर बन्नगई सत्तामा प्रतिक्रान्ति हुने समस्यालार्ई पनि समाधान गर्नेछ । सारमा वैज्ञानिक समाजवाद कम्युनिस्ट नेतृत्व र श्रमिक जनताको प्रत्यक्ष सहभागितासहित निरन्तर रुपान्त्रित हुँदै वैज्ञानिक साम्यवादतिर बढ्नेछ ।

पार्टीको तथ्यद्वारा रुपान्तरण

कम्युनिस्ट पार्टी केवल राजनैतिक कार्यको साधनमात्र होइन अपितु यो विचारधारात्मक, आर्थिक, साँस्कृतिक, सामाजिक कार्यको नेतृत्व पनि हो । यसको विचारधारात्मक, राजनैतिक, सामाजिक, साँस्कृतिक रुपान्तरणमा अस्थायी भूमिका नभएर सिङ्गो पुँजीवादी युगलार्ई साम्यवादी युगमा रुपान्तरण गर्ने जिम्मेवारी छ ।

यसर्थ कम्युनिस्ट पार्टी निरन्तर रुपान्तरित, लोकप्रिय, वैज्ञानिक र सुदृढ भइरहनु पर्छ । यसका नेता– कार्यकर्ता अब्बल दर्जाका प्रतिनीधि बनिरहनु पर्छ । परन्तु कम्युनिस्ट पार्टी स्वयम्मा एउटा वस्तु भएकाले यो आफैँँमा अन्तरविरोधयुक्त वस्तु हो र यसभित्र विभिन्न खालका प्रवृत्ति केन्द्रीत हुन आइपुग्छन् । कम्युनिस्ट पार्टीमा आइपुग्ने गलत प्रवृत्तिबाट पार्टीलार्ई रुपान्तरित र परिस्कृत गरिरहनु पर्दछ । यदि गलत प्रवृत्तिलार्ई समयमै समाधान गर्न सकिएन भने कहिलेकाहीं कम्युनिस्ट पार्टीलार्ई नै खाइदिने समस्या बन्नपुग्छ ।

कम्युनिस्ट पार्टीलार्ई सुव्यवस्थित, सुदृढ गर्ने विषयमा माक्र्सले भन्दा बढी लेनिनले ध्यान दिनुभयो र ठोस गर्नुभयो । अक्टोबर क्रान्तिदेखि तेस्रो अन्तर्राष्ट्रियसम्मको समयमा बनाएका ती नीतिहरुले अहिलेसम्म पनि पार्टी सञ्चालनमा काम गरिरहेका छन् । विचारमा स्वतन्त्रता, कामकार्यमा एकरुपता, अल्पमतले बहुमतको निर्णय मान्नुपर्ने, तल्लो समितिले माथिल्लो समितिको निर्णय मान्नुपर्ने र सबै पार्टी सदस्यले महाधिवेशनका निर्णय मान्नुपर्ने संश्लेषणबाटै प्रायः कम्युनिस्ट पार्टी चलिरहेका छन् ।

पार्टीमा नेताहरुबीचको सम्बन्ध केवल लेनिनको तरिकाबाट मात्र समाधान नभएपछि माओले आलोचना र आत्मालोचनाको नयाँ विधिमा जोड दिनुभयो । यसले सकारात्मक प्रभाव पनि दियो । तर पछिल्लो समयमा पुग्दा यो विधिको प्रयोग पनि रुपान्तरण हुने र गराउनेमा भन्दा आफ्ना पूर्वाग्रह र प्रतिशोध साँध्ने हतियारका रुपमा प्रयोग हुन थालेपछि प्रभावहीन बन्दै गएको छ । आत्मालोचनाभन्दा आलोचना प्रधान बन्न पुगेपछि त्यसले रुपान्तरण गर्ने नभई कमजोरीमा निषेध गर्न खोज्ने समस्या बढेको छ ।

पार्टीभित्रका अन्तरविरोधको समाधान रुपान्तरणबाट नभई निषेधबाट गर्न खोज्दा परिणाम कति भयावह आउँछ भन्ने बुझ्न रुस, पूर्वी यूरोप, चीनका घटना अध्ययन गर्दा प्रष्ट हुन्छ । नेपालमै पनि रायमाझी, रुपलाल, एमाले, प्रचण्ड–बाबुराम, किरण, सुदर्शन, कञ्चनहरुका बिचलनलार्ई हेर्दा छर्लङ्ग देखिन्छ ।

एकीकृत जनक्रान्तिको  संश्लेषण,प्रतिबन्धभित्रको अनुभव  र अध्ययनबाट हामीलार्ई के शिक्षा र अवसर मिलेको छ भने कम्युनिस्ट पार्टीलार्ई निरन्तर एकताबद्ध र रुपान्तरण गर्नका लागि लेनिन र माओका विचार एवम् विधिलार्ई आत्मसात र प्रयोग गर्दै नयाँ विचार र विधि चाहिएको छ । हाम्रो विचारमा त्यो विधि तथ्यद्वारा पार्टी र व्यक्तिलार्ई रुपान्तरण गर्ने तरिका बढी वैज्ञानिक र प्रभावकारी हुनसक्छ ।

समस्यालार्ई समाधान गर्नका लागि अनुसन्धनात्मक विधि प्रयोग गर्नु भनेको पार्टीभित्रका समस्याबारे कुनै पनि विषय अगाडि राख्दा केवल आलोचनात्मक तर्कमा मात्र उभिएर होइन, तथ्यहरु राखेर रचनात्मक तरिकालार्ई प्रयोग गर्नु हो । जसरी एउटा वैज्ञानिकले तथ्यद्वारा आफुलार्ई सही सावित गर्छ, एउटा चिकित्सकले प्रमाणित गरेर उपचार गर्छ, एउटा इञ्जिनियरले नक्सा प्रमाणित गरेर कार्य गर्छ, एउटा साहित्यकारले साहित्य लेखेर सावित गर्छ, एउटा श्रमिकले श्रमबाट उत्पादन गर्छ, त्यसरी नै पार्टी नेताले आफ्ना अनुसन्धान तथ्य र तर्कबाट पार्टीमा सही सावित गर्ने तरिका अपनाउनु पर्छ ।

सामान्यतः यसको अनुसन्धान, तथ्यगत पुष्टी, मूल सहमति बराबर रुपान्तरण हुन्छ । यसले सहपाठी र प्रतिस्पर्धीलार्ई एकताबद्ध बनाउन एवम् रुपान्तरण गर्न सहज हुनेछ । यसको अर्थ लेनिन र माओका तरिकालार्ई छोड्ने भन्ने होइन । समिति र जिम्मेवारीमा लेनिन र माओको तरिकालार्ई अरु विकास गरेर प्रयोग गर्नुपर्दछ भने पार्टीमा एकताबद्ध शक्तिको निर्माण र रुपान्तरण गर्नका लागि अनुसन्धानात्मक विधिलार्ई प्रयोग गर्नु पर्दछ ।

अनुसन्धान भन्ने वित्तिकै केवल एउटा व्यक्तिको भूमिका मात्र पनि हुँदैन । यसमा एउटा टोली, पङ्ति र शक्तिको नै भूमिका जरुरत पर्छ । जसको सामुहिक प्रयासमा समस्यालार्ई समाधान गर्ने मात्र होइन समिति र सहयोद्धालार्ई रुपान्तरण गर्न पनि मद्दत पुग्नेछ ।

भूमण्डलीकृत पुँजीवाद

२१औं शताब्दीको पुँजीवाद मार्क्स–लेनिन–माओको समयमा छैन भन्ने निष्कर्ष आठौं महाधिवेशनमा निकालेका थियौं । खासगरी आजको वैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशा जनविद्रोह र जनयुद्ध मात्र हुन सक्दैन । त्यो अपूर्ण हुन्छ भन्ने निष्कर्ष निकाल्दै गर्दा विश्व पुँजीवादी– साम्राज्यवादी चरित्रको यस्तो विश्लेषण गरेका थियौं । त्यसबेला हामीले पुँजीवाद–साम्राज्यवादको विकास उत्तरसाम्राज्यवादमा भएको संश्लेषण गरेका थियौं । जो सही नै थियो । उत्तरसाम्राज्यवादी संश्लेषणले विविध बहसहरुको सृजना पनि गर्यो । तर हामीले आफ्नो दृष्टिकोण सही रहेको स्पष्ट गर्ने कार्य जारी राख्यौं ।

आज आउँदा पुँजीवाद बीसौं शताब्दीको साम्राज्यवादमा मात्र छैन भन्नेमा आम सहमतिजस्तो बनिसकेको छ । तर बदलिएको पुँजीवादलार्ई कुन शब्दले अभिव्यक्त गर्ने भन्ने विषयमा अनेक तर्क र विश्लेषण छन् । यसबीचमा हाम्रो पार्टीमा पनि विभिन्न कोणबाट हेर्ने, विश्लेषण गर्ने र निष्कर्ष निकाल्ने प्रयास भए । हामीेले गरेको पुँजीवाद– साम्राज्यवादको नयाँ संश्लेषण उत्तर–साम्राज्यवादको सारमा एकरुपता कायम हुँदै जाँदा प्रतिबन्ध भित्र नै उत्तरसाम्राज्यवादभन्दा अर्को कुनै पदावली जसले हाम्रो संश्लेषणको सारलार्ई सरल र ठोसरुपले अभिव्यक्त गर्न सकोस् मिल्दा सोच्नु उचित हुन्छ भन्ने छलफल गर्दै आयौं ।

कैयौं कमरेडहरुसहितका छलफल, बाहिर चलिरहेका बहस, सुझाव र हामी आफैले गरिरहेको अध्ययनबाट पुँजीवाद–साम्राज्यवादको नयाँ चरित्रलार्ई उत्तरसाम्राज्यवाद भन्नुभन्दा भूमण्डलीकृत पुँजीवाद भन्नु सही हुन्छ भन्ने धारणा विकास हुँदै आयो । विषयको गम्भीर्यतालार्ई मनन गर्दै यस विषयमा महाधिवेशनले निष्कर्ष दिएको छ ।

भूमण्डलीकृत पुँजीवाद भनेको आजको पुँजीवादको मूल चरित्र र विशेषता हो । यसभित्र साम्राज्यवादी चरित्र पनि छ तर यो बजार, मुनाफाका लागि प्रतिस्पर्धा गर्ने या युद्ध थोपर्ने चरित्रको मात्र नभएर आर्थिक, राजनैतिक, प्राविधिक, साँस्कृतिक, कानूनी क्षेत्रबाट विश्वव्यापीरुपमा नियन्त्रण र प्रभूत्व थोपर्ने खालको छ ।

यसको सारतत्व भनेको पुँजीवादलार्ई विश्वव्यापीरुपबाट स्थापित गर्नु, पुँजीवाद नभएका देशमा पुँजीवाद पुनःस्थापना गर्नु, पुँजीवाद भएका देशमा आफ्नो कठ्पुतली खडा गर्नु, कमजोर देशलार्ई नवउपनिवेशमा परिणत गर्नु र विश्वलार्ई पुँजीवादी विश्वमा बदल्नु हो । आज भूमण्डलीकृत पुँजीवादको नेतृत्व अमेरिकाले गरिरहेको छ र त्यसका वरिपरी ब्रिटेन, युरोप, अष्ट्रेलिया, जापान, भारत, ब्राजिल आदि छन् ।

कम्युनिस्ट अन्तर्राष्ट्रिय

कम्युनिस्ट आफैँंमा अन्तर्राष्ट्रिय प्रवृत्ति हो । कम्युनिस्ट अन्दोलन अन्तर्राष्ट्रिय आन्दोलन हो । कम्युनिस्ट सङ्घर्ष अन्तर्राष्ट्रिय सङ्घर्ष हो । कम्युनिस्ट लक्ष्य अन्तर्राष्ट्रिय लक्ष्य हो । यसका विचार, सङ्गठन र सङ्घर्ष सबैले अन्तर्राष्ट्रिय महत्व राख्छन् । अर्थात् कम्युनिस्टहरु त्यसबेला मात्र पूर्णरुपले सफल हुनेछन् जतिबेला उनीहरुले वैज्ञानिक समाजवादी क्रान्तिलार्ई विश्वका कम्युनिस्ट र श्रमिक जनतासँग जोड्न सफल हुनेछन् ।

महान् साम्यवादी व्यवस्था त्यस्तो मानव सभ्यता हो जहाँ केवल एउटामात्र राज्य होइन विश्वका सारा जनता सँगसँगै प्रवेश गर्नेछन् । कम्युनिस्ट सिद्धान्तका प्रवर्तक मार्क्स–एङ्गेल्सले कम्युनिस्टलार्ई सैद्धान्तिकरुपले मात्र नभई सङ्गठनात्मक रुपले नै अन्तर्राष्ट्रियस्तरमा एकीकृत राख्नुभयो । पछि लेनिनले तेस्रो अन्तर्राष्ट्रको निर्माणद्वारा त्यसलार्ई अगाडि बढाउनु भयो । उहाँले भन्नुभयो “श्रमिकहरुको अन्तर्राष्ट्रिय एकता राष्ट्रिय एकताभन्दा महत्वपूर्ण छ ।” माओले सिद्धान्त, विचार र आन्दोलनमा अन्तर्राष्ट्रिय भूमिका पुरा गरे पनि सङ्गठनात्मक रुप दिन सक्नुभएन ।

आजको विश्वले कम्युनिस्टबीच झन् व्यापक, उच्च र प्रत्यक्ष सम्बन्ध र सहकार्यको माग गर्दछ । विश्वको भूमण्डलीकृत चरित्र एवम् भूमण्डलीकृत पुँजीवादको अन्तर्राष्ट्रिय प्रवृत्तिका कारणले पनि कम्युनिस्टको अन्तर्राष्ट्रिय सम्बन्ध केवल सैद्धान्तिक दृष्टिले मात्र नभइ व्यवहारिक आवश्यकताका दृष्टिले पनि आवश्यक बनेको छ ।

हाम्रो पार्टीले पुनर्गठनकालदेखि नै कम्युनिस्टको अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यका लागि ध्यान दिँदै आएको छ । आज त्यसलार्ई अरु गम्भीर पहल गरिरहेको छ । हाम्रो निष्कर्ष छ कि चौथो अन्तर्राष्ट्रका लागि एउटा नयाँ कम्युनिस्ट घोषणापत्र जरुरी बन्न गएको छ । जुन घोषणापत्रले २१औं शताब्दीका नौंला र मौलिक विशेषतासहितलार्ई नयाँ आधारमा संश्लेषण गरेको हुनु पर्दछ । हामीले त्यस दिशामा मेहनत गर्नु पर्दछ । कम्युनिस्ट आन्दोलनका केही जटिलताका बाबजुद अगाडि उज्यालो सम्भावना देख्न सकिन्छ ।

सी जाति

समाजमा मानव जातिलार्ई विभाजित र विखण्डित गर्ने मूल आधार अर्थसम्बन्ध र त्यसबाट सृजित वर्ग विभाजन हो । तर वर्गले मात्र होइन मानवलार्ई सामन्तवादी जात प्रथाले पनि विभाजित गरिरहेको छ । जातहरुको बीचको अन्तरविरोधमा वर्ग सत्ता र आर्थिक स्वामित्वको प्रभाव पनि छ तर हजारौं वर्षको जातिय अभ्यास र सामाजिक परम्पराका कारणले मानव जातिलार्ई साँस्कृतिक एवम् मनोवैज्ञानिक रुपले पनि विभाजित गर्नेमा जात परम्पराले काम गरेको छ । तसर्थ यसलार्ई केवल वर्ग समस्याभित्र राखेरमात्र पुग्दैन । वर्ग समस्या समाधान हुने बित्तिकै स्वतः जातिय समस्या समाधान हुँदैन ।

पुराना जातहरुबीचका अन्तरविरोधलार्ई समाधान गर्न पुरानै जातबीचमा समानता पैदा गर्न खोजेर पुग्दैन र नयाँ जातिको आधार सृजना गर्न आवश्यक छ । जात व्यवस्था सामन्तवादको उपज हो भने यो पुँजीवादको संरक्षणमा टिकिरहेका छन् । यी जातको सम्बन्ध निश्चय पनि सामन्ती एवम् पुँजीवादी सत्ता र राजनैतिक व्यवस्थासँग छ । तर जात प्रथाले समाजलार्ई समेत यसरी गाँजिसकेको छ कि केवल सत्ता र व्यवस्थाको परिवर्तन गरेर या कानूनमा समानता लेखेर मात्र हजारौं वर्षदेखिका विभेद र विभाजन समाधान हुँदैनन् ।

अझ दक्षिण एसिया र नेपालजस्ता हिन्दु वर्णाश्रम व्यवस्थाले बाँधेको समाजमा राजनैतिक परिवर्तनबाट मात्र जात व्यवस्थाको उन्मूलन संभव छैन । त्यसका लागि राजनैतिक सत्ता, व्यवस्था र वर्गमा परिवर्तन सँगै जातिमा पनि परिवर्तन आवश्यक छ । पुरानो सत्ता र व्यवस्थाको निषेधसँगै पुरानो जातिको पनि निषेध जरुरी छ ।

दलाल पुँजीवादको निषेध र वैज्ञानिक समाजवादको स्थापनासँगै वैज्ञानिक समाजवादी जातिको स्थापना पनि चाहिन्छ । अर्थात् नयाँ सत्ता, नयाँ वर्गसँगै नयाँ जातिको निर्माण गरेर मात्र वास्तविक समानतामूलक नयाँ समाजको निर्माण सम्भव हुन्छ । हाम्रो पार्टीले केही वर्ष पहिलेदेखि नै नयाँ जातिको निर्माणबारे विमर्श गर्दै आएको थियो ।

नवौँ महाधिवेशनले यस विषयलार्ई पनि निष्कर्ष दिँदै नयाँ जातिका रुपमा ‘सी’ (कम्युनिस्ट वा साम्यवादी) जातिको संश्लेषण गरेको छ । अब नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताले आफ्नो पुरानो जाति त्याग्दै ‘सी’ जाति धारण गर्नेछन् । पहिले जिल्ला र सो सरहका सबै समितिहरुले लागू गर्दै सबै पार्टी सदस्यहरुले ग्रहण गर्ने छन् । हाम्रो जोड एक दिन सिङ्गै समाजले यो जातिलार्ई अनुसरण गर्नेछन् । जसले नेपाली समाजमा आजसम्म विद्यमान सयौं जातिलार्ई एउटै ‘सी’ जातिमा रुपान्तरण गर्नेछ ।

‘सी’ जातिको धारण दासयुग, सामन्ती युग, पुँजीवादी युग, हजारौं वर्षदेखिको जात व्यवस्था र जात विभाजनको क्रमभङ्ग हो । पुराना जातहरुको निषेध र नयाँ जातिको विकास हो । माओको दार्शनिक भाषामा भन्दा पुराना जातिहरुको नयाँ जातिमा संश्लेषण हो । यो आफैँमा युगान्तकारी कदम र नयाँ मानव सभ्यताको आरम्भ पनि हो । यो विश्वव्यापीरुपमा अनुशरण गरियोस् भन्ने हाम्रो धारणा छ ।

‘सी’ जातिको विकासले स्वभावतः नयाँ समाजको रचना गर्नेछ । यसले ‘सी’ जातिको दृष्टिकोण, अर्थसम्बन्ध, संस्कृतिको सृजना गर्नेछ । ती सारभूतरुपमा कम्युनिस्ट कै विशेषतामा हुनेछन् । यद्यपि यसले विषयहरुलार्ई यति सुसङ्गठित, सृजनात्मक र रचनात्मक बनाउने छ कि मानव जातिले नयाँ आधारमा नयाँ एकता र नयाँ समानता प्राप्त गर्नेछ ।

श्रम दिन

श्रम दिन कम्युनिस्टका लागि कुनै नयाँ विषय होइन । यो लेनिन–माओको समयदेखि प्रयोग भएको हो । परिणामहरु पनि बेजोड प्राप्त भएका थिए । नेपालमा केही कम्युनिस्ट पार्टीहरुले बेलाबखत निर्णय गरेको सुनिन्छ । तर कसैले पनि प्रयोगमा लैजान सकेका छैनन् ।

हाम्रो पार्टीले आठौं महाधिवेशनबाट पनि यो निर्णय गरेको थियो तर केही समय लागू भएर प्रतिबन्धपछि छुट्न पुग्यो । तर, नियमित शक्ति र कार्यालयको टोलीले लगातार श्रमकार्य सञ्चालन ग¥यो । यसका परिणाम पार्टी पङ्तिमा मात्र होइन जनतामा समेत एकदमै लोकप्रिय र स्थापित बनिसकेका छन् ।

हामीले साँच्चै नै गर्व गर्नलायक काम र परिणाम प्राप्त गरेका छौं । नेपालमा सायद हाम्रो पार्टी बाहेक यो अभ्यास गर्ने अर्को कुनै पार्टी छैन । यसले हामीलार्ई आर्थिक क्षेत्रमा खासगरी दैनिक उपभोग्य वस्तुमा कसरी आत्मनिर्भर हुन सकिन्छ भन्ने शिक्षा दिएको छ ।

महाधिवेशनले यी शिक्षासहितलार्ई आत्मसात गर्दै केन्द्रीय समिति, केन्द्रीय प्रतिनीधि, जिल्ला समिति र नियमित शक्तिले दुई महिनामा एक दिन श्रममा भाग लिने र आर्थिक उत्पादन गर्ने निर्णय गरेको छ ।

साँचो कुरा हो कि हामीले गफ चुट्ने राजनीतिलार्ई उत्पादनमुखी राजनीतिमा तर्क मात्र गर्ने नेता–कार्यकर्तालार्ई श्रम गर्ने नेता–कार्यकर्तामा, परनिर्भर आर्थिक कार्यलार्ई आत्मनिर्भर उत्पादन कार्यमा बदल्नै पर्छ ।

हामीले जनतामाथि भरपर्ने आर्थिक नीतिलार्ई जनतालार्ई सिकाउने या जनतासँग मिलेर काम गर्ने नीतिमा बदल्नु पर्छ । यसका लागि श्रमकार्य एक महत्वपूर्ण प्रयोग हुनेछ । श्रम दिन केवल दुई महिनामा एक दिन काम गरी देखाउनेसँग सम्बन्धित छैन । न त यो एक दिन पैसा कमाउने र पार्टीलार्ई दिनेसँग मात्र सम्बन्धित छ ।

यो एउटा कम्युनिस्ट दृष्टिकोण, व्यवहार, नीति र संस्कृतिजस्ता बहुआयामिक सम्बन्धसँग जोडिएको छ । यसले कम्युनिस्टको संस्थागत एवम् आर्र्थिक पक्षलार्ई मात्र माथि उठाउने छैन अपितु सामाजिक र निजी जीवनलार्ई समेत चुस्त–दुरुस्त राख्न मद्दत गर्नेछ । हामीले यसको प्रयोगलार्ई नियमित सञ्चालन गर्यौँ भने देशलार्ई नै उत्प्रेरित गर्ने निश्चित छ ।

सहिद कोष

हरेक क्रान्ति या राजनैतिक परिवर्तनका लागि सबैभन्दा सम्माननीय पात्र सहिद तथा वेपत्ता योद्धा र घाइते योद्धाहरु हुन्छन् । उनीहरुको बलिदान, त्याग र देनको तुलना कोहीसँग पनि हुन सक्दैन । राज्यले उनीहरुको मूल्यबोध गरेर सम्मान दिँदा उनीहरुको स्थान राष्ट्रिय गौरवमा परिणत पनि हुन्छ ।

तर, राज्यले बुझ्न र कदर गर्न जानेन भने स्थिति निकै पीडादायी बन्न पुग्छ । जनयुद्ध र एकीकृत जनक्रान्तिका सहिदहरुको सन्दर्भमा यस्तै अवस्था बनेको छ । यस्तोबेला केवल राज्यको मुख ताकेर या आश गरेर हुँदैन । पार्टीले आफ्नो पहलमा जे संभव हुन्छ, सहिद तथा वेपत्ता योद्धाका परिवार र घाइते कमरेडहरुको जीवनमा सहयोगी बन्ने नीति र कामहरुलार्ई अगाडि बढाउनु पर्छ ।

यसको थालनी पनि ऐतिहासिक नवौँ महाधिवेशनले गरेको छ । सिङ्गो बन्दसत्रको चाहना, सुझावका साथै पार्टी केन्द्रीय समितिको आफ्नै सोच अनुसार ५ लाखको सहिद तथा वेपत्ता कोष खडा गरिएको छ । ५ लाखले तुरुन्तै ठूलो योजना बनिहाल्ने या समस्या समाधान भइहाल्ने होइन । तर यसले दीर्घकालीक सोच प्रस्तुत गरेको छ । जसबाट केही न केही उपलब्धि हासिल हुँदै जाने छन् ।

कोषबारे हितचिन्तकहरुसँग परामर्श लिँदै, विस्तार गर्दै लगियो भने पक्कै पनि सङ्कटमा दुःख बाँड्ने स्थिति निर्माण गर्न सकिन्छ ।

सारसङ्क्षेपमा भन्दा, हाम्रो ऐतिहासिक महाधिवेशन वर्ग सङ्घर्ष र अन्तरसङ्घर्षका चुनौतिहरु सामना गर्दै नयाँ विचार संश्लेषण गर्न सफल भएको छ । पार्टीलार्ई सुदृढ र एकताबद्ध बनाउन सफलिभूत भएको छ । एकीकृत जनक्रान्तिलार्ई नयाँ उचाइमा उठाउन सफल भएको छ । यसकासंश्लेषणहरुलार्ई प्रयोग गर्ने तत्परतासँगै क्रान्ति र कम्युनिस्ट आन्दोलनले नयाँ उचाइ हासिल गर्नेछ भन्ने पूर्ण विश्वास छ । सिङ्गो पार्टी पङ्ति पूर्ण विश्वास, जोस र उत्साहका साथ यसैमा समर्पित भएर डटौं । हाम्रो अगाडिको क्षितिज चम्किलो छ ।

(नेपाल कम्युनिस्ट पार्टीको मुखपत्र – जनक्रान्ति अंक ६ बाट)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।