१५ चैत्र २०८०, बिहीबार

मिटर ब्याजी र लघुवित्तलाई आफ्ना हर्कत सच्याउन नेकपा भोजपुरकाे चेतावनी

0

फागुन ११, भाेजपुर । मिटर ब्याजी र लघुवित्तलाई आफ्ना हर्कत सच्याउन नेकपा भोजपुरले चेतावनी दिएको छ ।

पार्टी जिल्लाको बैठकको निर्णय सार्वजनिक गर्न साेमबार संयुक्त प्रेस बिज्ञाप्ती जारी गर्दै जिल्ला इन्चार्ज त्रिलाेचन सी र जिल्ला सेक्रेटरी तिलक सीले मिटर ब्याजी, लघुवित्त र निजी बैंकले गाउँमा जनतालाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै यस्तो चेतावनी दिएका हुन ।

बिज्ञाप्ती मार्फत बैंक तथा वित्तिय संस्थाहरुले वर्तमानकाे चर्को ब्याज न्यूनिकरण गरी एक अंकमा कायम गर्न अनुरोध गर्दै अन्यथा जनताको न्यायका लागि जुनसुकै संघर्षमा जान बाध्य हुने चेतावनी समेत दिएको छ ।

बिज्ञप्तीमा जनजीविका र जनसरोकारका विषयमा जनपरिचालन र दलाल संसदीय व्यवस्थाको विरुद्ध भण्डाफोर गर्ने जनाएको छ ।

कार्यगत एकता र संयुक्त मोर्चाको निर्माण गर्ने, जनसत्ता निर्माण गर्दै जाने र सम्पूर्ण देशभक्त, प्रगतिशिल क्रान्तिकारीहरुलाई ध्रुविकरणका लागि आब्हान समेत गरेको छ ।

बिज्ञाप्तीमा पार्टी केन्द्रीय समितिको ६ महिने आवधिक कार्य योजना अनुसार सबै जिल्ला समिति सदस्यहरुको कार्यविभाजन सँगै ६ महिने योजनाको पहिलो २ महिना संगठन परिचालन तथा जनजारण अभियान सञ्चालन गर्ने बताइएको छ ।

यस्तै एनसीएल कम्पनीले राज्यलाई बुझाउनुपर्ने कर बुझाइयोस्‌ अन्यथा यस संस्थासँग पनि संघर्षका कार्य अगाडि बढाइने पनि उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।