२९ बैशाख २०८१, शनिबार

नेकपा महासचिव विप्लवद्वारा माछापोखरी निर्माण कार्यको सुरुवात

0

चितवन / नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय उत्पादन योजना अन्तर्गत चितवनको माडी नगरपालिका वडा न४ खैरेनीमा निर्माण हुन लागेको माछा पोखरी निर्माण कार्यको सुरुवात गरिएको छ।पार्टीका महासचिव विप्लव सीले शुक्रबार डोजर चलाएर निर्माण कार्यको औपचारिक प्रारम्भ गरेका हुन।

नेपाल कम्युनिस्ट पार्टीको गत माघ २ देखि ११ गते सम्म कपिलवस्तु स्थित शिवगढीमा सम्पन्न भएको केन्द्रिय समितिको तेस्रो बैठकले नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएको विचलनको अर्थराजनितिक समिक्षा गर्दै कम्युनिस्ट पार्टीलाई क्रान्तिकृत गरिरहन र दलाल पुँजीवाद विरुद्ध समाजवादी उत्पादन सम्वन्धको भ्रुणको रुपमा आत्मनिर्भरता सहितको क्रान्तिकारी पार्टी र क्रान्तिकारी आन्दोलनको विकास गर्ने निर्णय अनुसार देशका कपिलवस्तु , दाङ , सर्लाही र काठमाडौ उपत्यका सहितका जिल्लाहरुमा केन्द्रिय उत्पादनको योजना निर्माण गरिएको छ।

एकीकृत क्रान्तिलाई आत्मनिर्भरता सहित अगाडि बढाउने उदेश्यले केन्द्रिय उत्पादन योजनाहरुको लागि ५ जना पोलिटव्युरो सदस्यहरुले प्रत्यक्ष नेतृत्व गर्ने गरि योजनाहरुको निर्माण गरिएको छ भने यस अघि नै महासचिव विप्लवले पार्टीको केन्द्रिय कार्यालय कपिलवस्तुमा आफै प्रत्यक्ष सहभागी हुँदै माछा पालन, तरकारी उत्पादन , अन्न उत्पादन र पशुपालन लगाएतको केन्द्रिय कम्युनको काम अगाडि बढाईसकेका छन।

नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य एवम् केन्द्रिय उत्पादन बिभाग सदस्य सन्देश सीले दिएको जानकारी अनुसार माडी वडा न ४ खैरेनीमा झम्डै १० बिघा जमिनमा पोखरी निर्माण प्ररम्भ हुन लागेको छ भने जिल्लाका विभिन्न ठाँउमा तरकारी खेती,नगदे वाली,खाद्यान्न र खसीबाख्रा सहित पशुपालनको पनि काम भइरहेको छ।

यो वर्षमा माछा उत्पादनको सबै लागत कट्टा गरेर१०लाख पार्टीलाई बुझाउने गरि आफुहरुले योजना बनाएको समेत नेता सन्देशले बताए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।