१२ बैशाख २०८१, बुधबार

राप्तीमा जनता लुट्ने वित्तीय संस्था विरुद्ध संघर्ष चर्काईदै

0

फागुन १२ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल राप्ती ब्युरोको प्रथम बैठकले जनता लुट्ने वित्तीय संस्था विरुद्ध संघर्ष चर्काउने निर्णय गरेको छ ।

संगठनको प्रथम बैठकले जनता लुट्ने वित्तीय संस्था , मिटरव्याजी , लघुवित्तिय संस्था , चर्को बैंक ब्याजदर विरुद्ध संघर्ष संचालन गर्ने समेत जनाएको छ।

यस्तै बैठकले सदस्यता वितरण गर्ने , सबै जनताको गुनासो सुन्न हटलाइन सेवा सुचारु गर्ने , लागुऔषध दुर्व्यसनी लगाएत सामाजिक विकृती र विसंगतिका विरुद्ध समेत जनजागरण अभियान चलाउने ,नेपाली श्रमजीवी युवाहरुलाई बिदेशमा बेच्ने अबैध म्यानपावर कम्पनीलाई कार्वाही गर्ने निर्णय गरेको संगठनले जनाएको छ ।

संगठनले संगठन सुदृढ तथा विस्तार अभियानलाई निरन्तरता दिने पनि निर्णय गरेको हो ।

संगठन राप्ती ब्युरो संयोजक जिवनी सीको अध्यक्षतामा बसेको वैठकमा प्रमुख अतिथि नेकपाका पोलिट्ब्युरो सदस्य शितल सी , पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन सी , नेकपाका केन्द्रीय सदस्य प्रदिप सी , संगठनका केन्द्रीय सचिव बिश्लेसन सी , नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य निर्मल सी , नेकपाका केन्द्रीय प्रतिनिधि समिती सदस्य तथा राप्ती ब्युरो कार्यालय सचिव विकाश सी , नेकपा पुर्वी दाङका सचिव जनक सी , शहिद परिवार समाजका केन्द्रीय सदस्य धर्ती , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य डिल्ली सी , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य संजय सी , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा दाङका इन्चार्ज हेमन्त प्रकाश सी , नेकपा पश्चिम दाङ अन्तर्गत तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज भुवन सी को आतिथ्य रहेको थियो ।

युवा संगठन नेपाल राप्ती ब्युरोको प्रथम वैठकमा नेकपाका पोलिट्ब्युरो सदस्य शितल सी , पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्य प्रदिप सी लगाएतले प्रशिक्षण मन्तव्य राख्नुभएको थियो भने बैठकमा राप्ती ब्युरो अन्तर्गतका सबै जिल्लाका संयोजकहरुको उपस्तिथि रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।