१४ बैशाख २०८१, शुक्रबार

झापामा नेकपाले लगायो लघुवित्तमाथि प्रतिबन्ध, बैंक तथा मिटरब्याजीलाई चेतावनी 

0

झापा: नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्लाका सबै लघुवित्तहरुमाथि प्रतिबन्ध लगाएको छ।

आज पार्टीका जिल्ला इन्चार्ज प्रशान्त सी र सचिव सञ्जय सीले एक विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् । यतिबेला बैंक, लघुवित्त संस्था र मिटरव्याजीहरुको चर्को शोषण र आतंकको कारण सर्वसाधरण जनता र उद्योगी, व्यवसायीहरु आक्रान्त बनेको र ऋण असुलीको नाममा लघुवित्त संस्था, मिटर व्याज र बैंकहरुले गाउँगाउँ गएर जनतालाई भौतिक र मनोवैज्ञानिक दमन गर्ने कार्य तिब्र पारेको भन्दै उक्त कार्य बन्द गर्न चेतावनी दिएका छन् । 

बैंक तथा वित्तीय संस्थाका कारण  नागरिकहरु आत्महत्या गर्ने अवस्थामा पुगिरहेको भन्दै  जनतालाई यो स्थितिमा पुर्याउने यस्ता वित्तीय संस्था र यस्ता अपराधीक गतिविधिलाई संरक्षण गर्ने कमिशनखोर राज्यसत्ताका यस्ता रवैयाहरु खुंकार अपराध नै भएको विज्ञप्तिमा उल्लेख छ । 

जारी विज्ञप्तिमा भनिएको छ,- “देशलाई पराधिनताको दुश्चक्रमा फसाउदै आर्थिक संकटको दलदलमा फसाइ सकेको यो दलाल पुँजिवादी संसदीय सत्ताबाट जनताले कुनै अपेक्षा गर्ने स्थिति छैन । बैंक तथा वित्तीय संस्थाहरुले यो विषम परिस्थितिमा व्याजदर एक अंकमा घटाई सहज र सरल ढंगले ऋण तिर्ने वातावरण बनाउनु पर्छ । मिटरव्याजी टोले गुण्डाहरुले गुण्डागर्दी सहितको आफ्नो मिटरव्याज गतिविधि तुरुन्त रोक्न पर्छ । झापा जिल्लामा हाम्रो पार्टी यि सबै विषयलाई मध्यनजर गर्दै बैंक, लघुवित्त संस्था र मिटरव्याजीहरुलाई चेतावनी दिदै जनताको बिचमा संघर्षशिल छ । हामी जनतालाई सहज रुपमा बाँच्न दिन, काम गर्ने वातावरण दिन र एक अंकको ब्याजमा सरल तवरले ऋण तिर्ने वातावरण बनाइदिन सम्बन्धित सरोकारवालाहरुलाई अनुरोध गर्दछौं ।”

आफुहरुमाथि भएको चर्को शोषण विरुद्ध सशक्त संघर्ष गर्न आवश्यक रहेको यो परिवेशमा आम जनतालाई संघर्षमा आउन अपिल गर्दछौं । साथै हाम्रो पार्टी जनताको बिचमा रहेर सधैँ जनताको संघर्ष र विद्रोहको नेतृत्व गर्ने प्रतिबद्धता समेत पेश गर्दछौं ।”


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।