१३ बैशाख २०८१, बिहीबार

नेकपा महासचिव विप्लवद्वारा नेता हेमन्त कि आमा हरिकलाको निधनप्रति शोक व्यक्त

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले पार्टीका केन्द्रिय प्रतिनिधि समिति सदस्य तथा नेकपा नेता हेमन्त सी कि आमा हरिकला बोहराको निधनप्रति शोक व्यक्त गरेका छन।

सोमबार महासचिव विप्लवले एक शोक वक्तव्य जारी गर्दै आदरणीय आमाको निधनले पार्टीलाई दुखित र स्तब्ध बनाएको भन्दै उनको निधनप्रति हार्दिक श्रद्धाञ्जली सहित आफन्तहरुमा समवेदना प्रकट गरिएको छ।

महासचिव विप्लवद्वारा जारी शोक वक्तव्यमा भनिएको छ:”हाम्रो जनप्रीय पार्टी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिती सदस्य कमरेड हेमन्त सी कि आमा हरिकला बोहराको सान्नी त्रिवेणी गाउँपालिका वडा न४ तिकुवा कालिकोट स्थिति आफ्नै निवासमा यहि फाल्गुन १३ गते दिउँसो १२: ३० बजे निधन हुन गएको खवरले हामीलाई दुखित र स्तब्ध बनाएको छ।

हाम्रो पार्टीका एकजना इमानदार, निस्ठावान र क्रान्तिकारी नेता हेमन्तको ममतामयी आदरणीय आमाको निधनप्रति सर्वप्रथम हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

साथै निधनको यस दु:खद घडीमा कमरेड हेमन्त र उहाँको परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौ।”

यस्तो छ महासचिव विप्लवद्वारा जारी शोक बक्तव्यको पुर्णपाठ:


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।