७ बैशाख २०८१, शुक्रबार

चार कम्युनिस्ट पार्टीद्वारा संयुक्त मोर्चाको अवधारणा तय गर्न कार्यदल गठन

0

फागुन १५, काठमाडौं/नेपाल कम्युनिस्ट पार्टी सहित ४ कम्युनिस्ट पार्टीले संयुक्त मोर्चालाई गुणात्मकता प्रदान गर्न ४ सदस्यीय कार्यदल गठन गरेका छन ।

नेपाल कम्युनिस्ट पार्टीकाे केन्द्रीय कार्यालय बुद्वनगरमा नेकपाका महासचिव विप्लव सीकाे अध्यक्षतामा साेमबार बसेकाे ४ कम्युनिस्ट पार्टीको संयुक्त बैठकले ४ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हाे ।

कार्यदलमा नेकपाका प्रवक्ता प्रकाण्ड सी, माओवादी समाजवादीका अध्यक्ष कर्णाजित बुढाथोकी, बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका जागृत रायमाझी र नेपाल कम्युनिस्ट पार्टी (ऋषि कट्टेल) का आर. वि. भण्डारी रहेका छन ।

कार्यदललाई संयुक्त माेर्चाकाे स्वरूप र कार्यक्रम सम्बन्धि अवधारणा तयार गर्न दुई दिनकाे समयावधी दिएको छ ।

चार पार्टीको अर्को बैठक फागुन १८ गते दिउँसो १ बजे बस्ने चार पार्टीका शिर्ष नेताहरूद्वारा संयुक्त रूपमा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

जारी संयुक्त प्रेस विज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुती र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी (शुसिल) ले संयुक्त रूपमा हस्ताक्षर गरेका छन ।

विज्ञप्ति पूर्णपाठ:


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।