१९ बैशाख २०८१, बुधबार

नेकपाद्वारा रामाराेशन गाउँपालिकालाई १६ बुदे ज्ञापनपत्र

0

फागुन १५, अछाम /नेपाल कम्युनिस्ट पार्टी रामारोशन गाउकमिटी पश्चिमले विभिन्न सामाजिक भेदभाव र विकृति, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन लगायतका क्षेत्रमा हुने अनियमितता बन्द गरिनुपर्ने माग गरेको छ ।

साेमबार रामारोशन गाउपालिका अध्यक्ष मान बहादुर साउद र उपाध्यक्ष सृजना बुढालाई संयुक्त रूपमा १६ बुँदे ज्ञापनपत्रमा बुझाउँदै नेकपाले अनियमितता र विकृति अन्त्य हुनुपर्ने माग गरेका हाे ।

ज्ञापनपत्रमा बढ्दो महङ्गी, कालोबजारीको अनुगमन गरि दोसी माथि कार्वाही गरिनुपर्ने, बैंक, लघुवित्त, सहकारी र साहुमहार्जनहरूले लगायको चर्को व्याजदर नियन्त्रण गरि जनताको पैसा फिर्ता गरिनुपर्ने, कमसल खाले मदिरा र स्थानीय घरेलु मदिरामाथि तत्काल प्रतिवन्ध गरिनुपर्ने माग गरिएको छ ।

नेकपाले आधारभूत र माध्यमिक तहसम्मको शिक्षा निशुल्क कार्यान्वयन गरिनुपर्ने, पालिका भित्रका प्रत्येक स्वास्थ्य संस्थाहरूमा पर्याप्त मात्रामा औषधी उपचार उपलब्ध गरिनुपर्ने, विकास निर्माण कार्यमा भैरहेको ढिलासुस्ती, दलाली, नितिगत भ्रष्टाचारलाई अन्त्य गरिनुपर्ने, रामारोशन पर्यटन सडकमा भएको ढिलासुस्ती र रामारोशन पर्यटन क्षेत्रमा हुने वार्षिक कार्य प्रगति तुरुन्त सार्वजनिक गरिनुपर्ने माग गरेको छ ।

यस्तै कमिसनका आधारमा आउने योजना तत्काल राेकी जनताको आवश्यकतामा आधारित योजना बनाइनु पर्ने, सार्वजनिक यातायातमा लिइने चर्को भाडादर खारेज गरि वैज्ञानिक भाडादार कायम गरिनुपर्ने, सामाजिक सुरक्षा भत्तामा भइरहेको अनियमितता रोकि गाउटोलमै वितरण गर्ने व्यवस्था मिलाईनु पर्ने ज्ञापनपत्रमा माग गरिएको छ ।

नेकपाले बाढीपहिरो प्रकृतिजन्य विपदबाट पीडितहरूको उचित व्यवस्थापन गरिनुपर्ने, कर्मचारी भर्ती गर्ने नाममा भैरहेको राजनीतिकरणको अन्त्य गरिनुपर्ने, किसानहरुलाई मल, विऊ, विजन उपलब्ध गराउनको साथै उचित सिंचाइको व्यवस्था मिलाउनु पर्ने माग गरेको छ ।

नेकपाले जीवनयापनका लागि विदेशिनु पर्ने अवस्थाको अन्त्य गरि राेजगारीकाे ग्यारेन्टी गरिनुपर्ने, सहिद परिवार, घाइते योद्धा र वेपत्ता परिवारलाई राज्यले उचित व्यवस्थापन गर्नुपर्ने, कृषिजन्य वस्तुमा हुने आयातलाई प्रतिस्थापन गर्दै आत्मनिरभरका लागि कृषि, समृद्धिका लागि उद्योग नीति अवलम्बन गरि राष्ट्रप्रेमी नागरिक र श्रम गर्ने संस्कृतिको विकास गरिनुपर्ने ज्ञापनपत्रमा जाेड गरेको छ ।

नेकपाले विभिन्न निर्माणसेवा, उपभोक्ता समिति, सरकारी तथा गैरसरकारी संस्थाले जनतालाई कामदारको रुपमा काम गराई हालसम्म पारिश्रमिक नदिएकाे भन्दै तुरुन्त उचित पारिश्रमिक उपलब्ध गराउन पहल गर्न माग गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी पश्चिमी अछाम जिल्ला सचिवालय सदस्य तथा रामारोशन गाउकमिटी इन्चार्ज युवराज सी र जिल्ला कमिटी सदस्य तथा रामारोशन गाउकमिटी सचिव विनोद सी लगायतको टिमले ज्ञापनपत्र बुझाएकाे थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।