१५ बैशाख २०८१, शनिबार

बिषयको गहिरो ज्ञानविना पत्रकारिता गर्न सकिन्न: अनिल शर्मा विरही

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रकाशन तथा प्रचारप्रसार बिभाग इन्चार्ज अनिल शर्मा बिरहीले विषयको गहिरो जानकारी र अध्ययन विना असल ढङ्गले  र जनताको पक्षमा पत्रकारिता गर्न नसकिने बताएका छन।काठमाडौ स्थित कपुरधारामा जनपत्रकार संगठन नेपाल उपत्यका प्रदेशद्वारा मङ्गलबार आयोजित आधारभुत पत्रकारिता तालिमको उध्घाटन समारोहमा प्रशिक्षण मन्तव्य व्यक्त गर्दै नेता बिरहीले यस्तो बताएका हुन।

“पत्रकारिता कुनै बेला साहित्य कै एउटा हाँगा मानिन्थ्यो तर समयक्रममा यो छुट्टै विद्याको रुपमा स्थापित भएकोछ ,पत्रकारिता गर्ने भनेको समाजको बृहत बिषयमा अध्ययन गर्ने कुरा हो,गहिरो अध्ययनविना पत्रकारिता गर्न सकिन्न, किन कि तपाईले कुनै बिषयमा प्रश्न गर्न चाहनुहुन्छ भने सम्बन्धित बिषयको जानकारी हुनुअनिवार्य छ नेता बिरहीले भने ” सुचना -सञ्चारको महत्त्व निकै माथि र निर्णायक छ, समाजका सम्पूर्ण कामका लागि यो महत्त्वपूर्ण छ त्यसैले हामीले हाम्रा प्रकाशन , मिडिया र सञ्चार माध्यमहरुलाई क्रमश व्यवस्थित गर्न खोज्दैछौ।”

त्यस्तै कार्यक्रममा प्रशिक्षण मन्तव्य दिँदै नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज कृति सीले-श्रमजीवी जनता र देशको समग्र संकटका बारेमा जनतालाई सुसज्जित गर्न र समाजलाई सहि दिशानिर्देश गर्नुपर्ने जुन हाम्रो मिशन छ त्यसलाई पुरा गर्न पत्रकारिता जरुरी रहेको छ,त्यसका लागि यो तालिम प्रारम्भिक शुरूवात हुने अपेक्षा रहेको बताए।


पत्रकार र सञ्चार माध्ययमहरुको सङ्ख्यात्मक वृद्धिसङ्गै पत्रकारिता क्षेत्रलाई बिश्वसनिय र मर्यादित बनाउन आवश्यक रहेको बेला जनपक्षीय पत्रकार उत्पादन गर्ने उदेश्यले आयोजित आधारभुत पत्रकारिता तालिमको उध्घाटन शत्रमा जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर बिश्वकर्मा, केन्द्रिय प्रकाशन बिभागका डि आर सी लगाएतको सहभागिता रहेको थियो ।

जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य एवम उपत्यका संयोजक शोभराज बरालको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिवालय सदस्य साहास भट्टले गरेका थिए भने कार्यक्रम आगामी तीन दिनसम्म सञ्चालन हुने बताईएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।