१६ चैत्र २०८०, शुक्रबार

सी जाति नै किन ?: बिषम सी

0

महाधिवेशनको ऐतिहासिकता

आवश्यकता, विषयवस्तु र व्यवस्थापकीय दृष्टिले महाधिवेशन गर्नु आफैँ एउटा चुनौतिको विषय हो । यो कुनै लहड, रहर वा देखावटीका लागि गरिने कुरा पनि होइन । न त महाधिवेशन कुनै नेताको व्यक्तिगत इच्छा र रहरको विषय नै । यो युग बदल्ने, समाज बदल्ने र विचारको विकास गर्ने रुपान्तरण प्रक्रियाको एउटा कडी हो ।

महाधिवेशन विचार, सङ्गठन र सङ्घर्षको क्षेत्रमा क्रान्तिका समस्याहरुलाई हल गर्ने अनिवार्य प्रक्रिया पनि हो । विचार, सिद्धान्तहरुमा भएका विकासको संश्लेषण गर्ने महत्वपूर्ण थलो पनि हो । विचारमा महाधिवेशन सासाना संश्लेषणहरुको संश्लेषण पनि हो । सङ्गठनमा महाधिवेशन सम्मेलनहरुको महासम्मेलन पनि हो । नेतृत्वमा नेतृत्वहरुको नेतृत्व चयन गर्ने विधि र थलो पनि हो ।

महाधिवेशन अगाडि सारिएका योजनाहरुको निश्चित र निर्धारित समयमा समीक्षा, संश्लेषण र विकास गर्ने, नीति, कार्यक्रमहरुको परिमार्जन, संशोधन र परिवर्तन तथा विकास गर्ने, विचार, सिद्धान्त र कार्यदिशामा थप विकास र नयाँ संश्लेषण गर्ने महत्वपूर्ण निकाय पनि हो । यो हरेक राजनीतिक पार्टी र दलहरुले आफुलाई नवीकरण गर्न, ताजकी राख्न, शक्ति सुदृढ गर्न र पार्टी सङ्गठनहरुलाई एकताबद्ध गर्न अनिवार्य रुपमा गरिने सङ्गठनात्मक प्रक्रिया पनि हो ।

सामान्यतः महाधिवेशन तोकिएको समयमा गर्ने गरिन्छ र हुनुपर्छ । असामान्य अवस्थामा तलमाथि वा अगाडि पछाडि पनि हुन्छ । महाधिवेशन समयमा हुन नसक्नुमा परिस्थितिजन्य र नियतिजन्य कारणहरु हुन्छन् । परिस्थितिजन्य कारण बाह्य कारण हो, तर यसले आन्तरिक पक्षमा पनि प्रभाव पार्दछ । नियतिजन्य कारण बढी आन्तरिक हुन्छ । आन्तरिक कारणमा पनि एउटा नियति हुन्छ र अर्को वाध्यता हुन्छ । बाध्यता बाह्य परिस्थितिको प्रभावका कारण हुन्छ । बाह्य कारण पनि एउटा नियोजित हुन्छ अर्को स्वभाविक हुन्छ । यी बाहेकका हरेक अवस्थामा महाधिवेशनलाई कसैले छेकेर छेक्न सक्दैन । मुख्य कुरा नेतृत्वले पहलकदमी राखिरहनुमा धेरै कुराहरु निर्भर रहन्छन।

विजयको महाधिवेशन

नेपाल कम्युनिस्ट पार्टी ‘जन्मदेखि राघे’ हुँदै आयो । पुनर्गठनदेखि नै नेकपाले आफ्नो क्रान्तिकारी छवि विशेषता प्रकट गर्दै आएको कारण साम्राज्यवादको आँखामा कसिङ्गर बन्यो । अघिल्लो स्थानीय र संसदीय निर्वाचनपछि त नेकपा एउटा वैकल्पिक पार्टीको स्थानमा आएर बस्यो । यसको साक्षी–प्रमाण २ वर्षको प्रतिबन्ध र ३ बुँदे सहमति हो । त्यसपछि लिपुलेक, एमसीसी, एसपीपी, भ्रष्टाचार, राष्ट्रघात–जनघातका विरुद्ध सडक आन्दोलनको बाघ बन्यो ।

पछिल्लो समयमा कसरी हाम्रो पार्टी र यसको नेतृत्व, यसको शक्ति क्षीण गर्ने, कसरी नेतृत्वको बदनाम गर्ने भन्ने उनीहरुका मुख्य योजना बन्यो र हाम्रो पार्टीका विरुद्ध अनेक षड्यन्त्रका तानाबानाहरु बुन्न थाले । पार्टीलाई अनेक तरहबाट घेराबन्दी शुरु गरे । पार्टी एकजुट हुँदासम्म उनीहरुको केही दाल गलेन । जब पार्टीभित्र विभीषणहरु जन्मे, तब पार्टी बाहिर र भित्रबाट आक्रमण शुरु गरे । २ जनाले नेतृत्वलाई कार्वाही गरेको नाटक गरे । पार्टी फुटाएको हल्ला गरे ।

यो साम्राज्यवादी षड्यन्त्रको तानावाना थियो । महाधिवेशन बिथोल्ने षड्यन्त्र थियो । हाम्रो जोडबल तोकिएको समयमै महाधिवेशन गर्नुपर्छ भन्ने थियो तर महाधिवेशन समयमा हुन सकेन । यसको कारण यही बाहिरी र भित्री दुश्मनहरुको घेराबन्दी थियो । यसलाई बिथोल्ने षड्यन्त्र थियो ।

यसैको कारण नेकपाको नवौँ महाधिवेशनको मिति पटक–पटक सार्नु पर्ने बाध्यता बन्यो । यसरी कतिपय सङ्गठनात्मक तयारीसँग सम्बन्धित आन्तरिक कारण भए पनि मुख्यतः बाह्य घेराबन्दी र हस्तक्षेपका कारण २०७८ भित्र महाधिवेशन गरिसक्ने नेतृत्वको सोचमा पटक–पटक अवरोध आयो ।

१०औं केन्द्रीय समितिको बैठकले महाधिवेशन समयमै गर्नुपर्छ भन्ने प्रस्ताव अगाडि सार्यो। तर निर्णय गर्ने जिम्मा एघारौं बैठकलाई दिएर सकियो । यसले केन्द्रीय समिति र पार्टी सदस्यहरुको दिमागलाई नवौँ महाधिवेशनप्रति आकर्षित गर्ने र धारणा बनाइदिने हदसम्म खुल्ला गरिदियो ।

११औं केन्द्रीय समितिले नवौँ महाधिवेशन २०७८ फागुन १४ गते उद्घाटन गर्ने निर्णय गर्यो। तर हाम्रो सङ्गठनात्मक तयारी पुग्न नसक्नु बाहिर एमसीसी पारित गर्ने अमेरिकी साम्राज्यवादको दबाव र गठबन्धन सरकारको नियतिका कारण महाधिवेशनलाई पछि धकेलेर पनि एमसीसीको विरोधमा आन्दोलन गर्नुपर्ने स्थिति आयो ।

पार्टीको एमसीसी विरोधी सङ्घर्ष र आम नेपाली जनताको विरोधका बाबजुद एमसीसी सदनबाट पारित गरेर स्थितिलाई चुनावतिर मोडे । पार्टी मुख्यालयले स्थानीय निर्वाचनलाई नै एमसीसी विरोधी मोर्चाको रुपमा भोटभोटमा एमसीसी पुर्याउनेउने सोचका साथ स्थानीय चुनावलाई “प्रयोग गर्ने” प्रस्ताव ल्यायो । एमसीसी पक्षधरहरु यही मुद्दामा सुदर्शन–कञ्चन कम्पनिलाई पार्टी नेतृत्वको विरोधमा महाधिवेशन बिथोल्ने र एमसीसी विरोधी चुनावी मोर्चा असफल पार्ने उद्देश्यमा उतार्न सफल भए ।

यो साम्राज्यवादको हाम्रो पार्टीलाई भित्रैबाट सिध्याउने र क्षतविक्षत पार्ने, टुक्राउने षड्यन्त्र थियो । यसलाई समयमै बुझ्न नसक्नु हाम्रो कमजोरी रहन गयो ।

२०७८ चैत्रमा पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा बसेको पार्टीको १२औं केन्द्रीय समितिले यसबारे निर्णय गर्ने भनिएकोमा सुदर्शन–कञ्चनहरु महाधिवेशन नै ब्रेक गर्ने गरी बौलाए । ‘कुरबाट निस्केर बाहिर भाग्न वा चर्न गएको माछा बाहिर जलारीले थापेको सिस्नुमा परेर भिटभिटाउँदै कुरका माछाहरुलाई पनि सारेर बौलाउन पठाए जस्तै’ पार्टी फुटाउने नियतले १२औं बैठकमा बौलाएर प्रस्तुत भए ।

यसले धेरै हदसम्म १२औं केन्द्रीय समिति र आम पार्टी पंक्तिलाई प्रदूषित बनायो । यसले नियत नहुँदा–नहुँदै पनि केन्द्रदेखि तलसम्म भनौं अझ जनतासम्म पनि धेरैलाई भ्रममा पार्यो । उनीहरुको यो प्रदूषित भ्रम चिर्न पार्टीलाई केही समय लाग्यो । यसले पनि महाधिवेशनलाई प्रभाव पार्यो ।

यसबीचमा साम्राज्यवादीहरुले पार्टीका केही अवसरवादीहरुलाई किनेर पार्टी फुटाएको प्रचार गरे । वास्तवमा तिनीहरु दुश्मनको हातमा बिकेका भगौडा र आत्मसमर्पणको नवसंस्करणवादीहरु थिए ।

साम्राज्यवादी र तिनका दलालहरुले नेतृत्वमाथि पक्राउ पुर्जी जारी गरी महाधिवेशन बिथोल्ने दुस्प्रयास गरे । चुनावी प्रक्रियमा पनि जुन षड्यन्त्रहरु भए ती सबै षड्यन्त्रहरुलाई तोड्दै अन्ततः पार्टी महाधिवेशनको उद्देश्य चुम्न सफल भएको छ । यो महाधिवेशनको सफलता बाहिरी र भित्री दुश्मनहरुको पराजय थियो ।

त्यसैले यो सफलता पार्टी, कार्यकर्ता र यसको सफलता चाहने सहयोगी मित्रहरु सबैको विजयको महाउत्सव बन्न पुग्यो । सोही जेठमा उदयपुरको रौतामाईमा सम्पन्न पार्टीको १३औं केन्द्रीय समितिको बैठकले फुटवाद, अराजकतावाद, पलायनवाद र विसर्जनवादका विरुद्ध एउटा राजनैतिक प्रस्ताव पारित गर्यो र देशैभरि एउटा वैचारिक अभियान छेड्यो । महासचिव कमरेड देशैभरिका जिल्ला समिति सदस्यहरुको माझ पुगेर भगौडाहरुको बौलाहापनको वास्तविकता र तथ्य उदाङ्गो पार्दै पार्टी कार्यकर्ता, समर्थक मित्र र जनतासम्मलाई एण्टीरेविज भ्याक्सिन दिँदै हिड्नुभयो र धेरै हदसम्म भ्रम मुक्त गर्ने काम भयो । साथै १२औं बैठकले ११औं बैठकले तोकेको महाधिवेशनको मिति

पछि सार्ने निर्णय गर्यो तर कहिले गर्ने ठोस गरेको थिएन । त्यो अपुरो निर्णय १३औं केन्द्रीय समितिको बैठकले असोज १ गते काठ्माण्डौंको खुला मञ्चमा उद्घााटन गर्ने भनी निर्णय ग¥यो । सो निर्णय सार्वजनिक भएपछि यसका विरुद्ध पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिक्रियावादीहरु र क्रान्ति विरोधी तत्वहरु लागि परे । षड्यन्त्रका तानाबाना बुने ।

अर्कोतिर मङ्सिर ४ गते घोषित संसदीय चुनाव र त्यसबारे १३औं केसको बैठकले गरेका छलफलहरु भगौडाहरुबाट तिनीहरुकहाँ पुर्याएपछि उनीहरु अरु आतंकित भए र नवौँ महाधिवेशन र चुनावलाई एउटै डालोमा राखेर अर्को एउटा षड्यन्त्र रचे– “एउटै गोलीले दुई शिकार गर्ने ।” त्यो थियो– “पक्राउ पुर्जी प्रकरण ।” यसले पनि आन्तरिक र बाह्य रुपमा राजनीतिक वातावरण धमिल्यायो । त्यो धमिलिएको वातावरण सङ्ग्ल्याउन पनि केही समय लाग्यो ।

आन्तरिक रुपमा भगौडाहरु, पलायनवादीहरु, विसर्जनवादीहरु, नवसंशोधनवादी–अवसरवादीहरुको आक्रमण र घेराबन्दी तोड्न र तिनले फैलाएको अफवाह र भ्रमहरुको प्रदुषण हटाउन केही समय लाग्ने नै भयो र लाग्यो पनि ।

फेरि पनि पार्टीको पहलमा एक चरण पार्टी यो प्रदुषण सफा गर्ने अभियानमा जुट्यो र पार्टी उद्देश्यमा सफल पनि भएको छ । बाह्य रुपले साम्राज्यवादीहरुको घेराबन्दी तोड्न पनि सफल भएको छ । यी तमाम घेराबन्दीहरुका बीचबाट महाधिवेशन गर्न नेतृत्वले खेलेका भूमिका र चालेका राजनीतिक र कुटनीतिक पहलहरु ज्यादै महत्वका छन् ।

अन्ततः काठमाडौँमा गर्ने भनिएको महाधिवेशन कपिलवस्तुमा भयो । यो नकारको सकार पक्ष हो । निश्चित रुपमा काठमाडौँमा हुने महाधिवेशनको महत्व र स्वाद छुट्टै हुन्थ्यो होला । तर कपिलवस्तुमा भएको महाधिवेशनको स्वाद र ऐतिहासिकता अर्कै रहन गएको छ । यो एक खालको विजय र सफलताको महाधिवेशन हुन गएको छ । अन्तिममा नवौँ महाधिवेशन २०७९ आसोज २५ गते उद्घाटन भई कार्तिक २ गतेसम्म बन्दसत्र र त्यसपछिका दोस्रो केन्द्रीय समितिको बैठकसम्म हाम्रो आफ्नै भवनमा सबै कार्यक्रम र बैठकहरु भव्य रुपमा सम्पन्न हुनु साँच्चिकै गर्व गर्न योग्य छ ।

यसरी आन्तरिक रुपले भगौडा तथा अवसरवादी, पलायनवादी तत्वहरुको र बाह्य रुपले देशी–विदेशी प्रतिक्रियावादी तथा क्रान्तिविरोधीहरु तत्वहरुको षड्यन्त्र र घेराबन्दी तोड्दै नवौँ महाधिवेशन ऐतिहासिक रुपमा सम्पन्न भएको छ । त्यसैले यो विजयको महाधिवेशन हो ।

सी जातिको निर्णय

यो महाधिवेशनले केही महत्वपूर्ण ऐतिहासिक निर्णयहरु गरेर सम्पन्न भएको छ । ती मध्ये सामाजिक रुपान्तरणको ‘कसौटी’मा ‘सी’ जातिको निर्णय एउटा महत्वपूर्ण निर्णय थियो ।

पहिलो, यो महाधिवेशनले सी जातिको परिकल्पना गरेको छ ।

सी भनेको साम्यवादीcommunist जाति हो । सी जाति निर्जातीय वर्ग हो । नेपाल कम्युनिस्ट पार्टी जातिपातिमा विभाजित र शोषण–उत्पीडनमा आधारित नेपाली समाजलाई एउटै ‘मानव जाति’मा रुपान्तरण गर्न चाहन्छ । यसको एउटै उद्देश्य छ– साम्यवादी समाज स्थापना गर्नु ।

साम्यवादी समाज भनेको समाजमा– मात्र एउटा मानव जाति छ जो ‘सी जाति’ हो भनेर परिकल्पना गरेको छ, त्यसको प्रारम्भिक कदम हो । नवौँ महाधिवेशनले सी जातिको निर्णयबाट जाति–जातिमा आधारित र विभाजित रहेको जातीय उत्पीडनको खाडल मेटाउने अभियान शुरु गरेको छ । यो एउटा महान् शुरुवात मात्र हो । हजार पाइला एकबाट शुरु हुन्छ, यो अभियान सून्य माइलबाट शुरु भएको छ । यसले एउटा कोशेढुङ्गाको शिला स्थापना गरेको छ ।

खुसी लागेको के छ भने यसले जन्मँदै सकारात्मक वा नकारात्मक बहसहरु सिर्जना गरेको छ । यसलाई पनि नकारको सकारमा नै बुझ्नु पर्दछ । यो निर्णय सार्वजनिक भएपछि कतिपयले सी जातिको सकारात्मक संश्लेषणलाई बङ्ग्याएर चन्द जातिमा लगेर जोड्ने र भ्रष्टीकरण गर्ने प्रयास गरेको देखियो । यो नितान्त साँघुरो सोच, अराजनीतिक र पूर्वाग्रही कुपमण्डुकतावादी मानसिकताको उपज मात्र हो । दृष्टिकोणमै खोट छ भने त्यो खोटी चस्मा लगाउँदासम्म सबै चीजमा खोटै देखिन्छ । यो आशावादी कम्युनिस्ट सोच होइन, दृष्टिकोणहीन, भविष्य अन्धकार देख्ने निरासावादी, पलायनवादी दृष्टिकोणको परिणाम मात्र हो ।

सबै चीज भ्रष्टीकरण गर्नेहरुलाई योभन्दा अरु केही जवाफ छैन । आफुले पनि केही नगर्ने, गर्न पनि नसक्ने र अरु गर्नेहरुलाई पनि गर्न नदिने बाँदरे प्रवृत्ति नेपाली कम्युनिस्ट आन्दोलनमा पुरानै हो, नयाँ होइन । अहिले सीको छेउटुप्पो नै नबुझ्नेहरुले चन्दसँग जोडेर भ्रम पार्न खोज्नु कम्युनिस्ट विरोधी कार्य हो । अर्कोथरि सुन्दर साम्यवादी समाजको परिकल्पना गर्ने र यसलाई महान् साम्यवादी लक्ष्य चुम्ने लक्ष्य बोकेका मानिसहरु पनि छन् ।

उनीहरु सी जातिको निर्णयलाई साम्यवादी समाज निर्माणको एउटा कोशेढुङ्गा ठान्छन् । वास्तवमा यो स्वागतयोग्य र महान् छ । किनकि यो दृष्टिकोणमा आजको समाजलाई साम्यवादसँग जोड्ने प्रयास छ । यसले आजको जातिपातिमा विभाजित समाजलाई अन्त्य गर्दै यो समाजमा केवल मानव जातिको भविष्य देखेको छ । यो सही दृष्टिकोण हो । कुनै जाति विशेषसँग जोडेर हेर्ने दृष्टिकोण साम्यवादी दृष्टिकोण होइन । यो नै जातिवादी दृष्टिकोण हो । मान्छे र पशुमा के फरक छ ? फरक यति छ– भूत, वर्तमान र भविष्य तिनै कालको बारेमा सोच्न सक्ने प्राणी मान्छे हो । भूत र भविष्यको बारेमा सोच्न नसक्ने प्राणीको नाम पशु हो ।

एउटा मान्छे जसको मगज भएर पनि भूत र भविष्यलाई वर्तमानसँग जोड्न सक्दैन, अझ अरुले बनाएको र सोचेकोलाई पनि विरोध गर्छ वा भत्काउँदै हिँड्छ भने मान्छे र पशुमा के फरक भयो ? फरक सिर्फ ‘पुच्छर भएको र नभएको’ मा मात्र छ । मानिस त्यो हो जसले विगतबाट शिक्षा लिन्छ, सिक्छ, भविष्यको लक्ष्य ताक्छ र गन्तव्य निर्धारण गर्छ अनि त्यसलाई वर्तमानमा जोड्छ र लागू गर्छ । त्यसैले मानव, मानव भयो । पशु, पशु भयो । कमसेकम मान्छेले मान्छे बन्न सिकौं पशुवत् व्यवहार गरेर आपूmलाई पशु सावित नगरौं ।

नयाँ वस्तुको खोज गर्ने र प्रयोगमा ल्याउने मानिसलाई वैज्ञानिक भनिन्छ । यो विज्ञानसम्मत खोज र प्रयोगमा आधारित हुन्छ र हुनुपर्छ । माक्र्स–ऐगेल्स–लेनिन–स्टालिन र माओहरु साँच्चिकै वैज्ञानिक थिए । उहाँहरु समाज विज्ञानका वैज्ञानिक हुनुहुन्थ्यो । वहाँहरुले आविष्कार गरेको माक्र्सवाद, लेनिनवाद र माओवाद विचार र सिद्धान्तमा समाज बदल्ने नयाँ खोज थियो । वहाँहरुले आविष्कार गरेको साम्यवादी सिद्धान्त छोटोमा भन्दा मार्क्सवाद विज्ञानहरुको पनि विज्ञान हो । सुन्दर साम्यवाद, समाजवाद र नयाँ जनवाद विश्व मानवका लागि अनुपम उपहार हुन् ।

यसको रक्षा पनि निरन्तर विकास गरेर मात्र हुन्छ नत्र मार्क्सवाद पनि पुरानो हुन्छ र मर्छ । यसलाई बुझ्न नसक्ने र यसको छेउटुप्पो नबुझ्नेहरु आज माक्र्सवादमाथि अन्धाधुन्ध विरोध र आक्रमण गर्दै आएका छन् । वास्तवमा तिनहरु नै मानव जातिको विकास र समृद्धि तथा सुन्दर मानव सभ्याताका विरोधी हुन् । उनीहरुले सबै चीजको भ्रष्टिकरण गर्दै आएका छन् । तर साम्यवाद भने झनपछि झन वैज्ञानिक सावित हुँदै आएको छ । यसको आवश्यकता, महत्वबोध र अपरिहार्यता अझ खड्किँदै आएको छ ।

आज साम्राज्यवाद भूमण्डलीकृत साम्राज्यवादमा र पुँजीवाद भूमण्डलीकृत पुँजीवादमा आइपुगेको छ । यो यसको चरम आयु हो । अब यसको मृत्युको घण्टी बजिरहेको छ र मृत्युबाट मुक्त हुन कैयौं साम्यवादी सिद्धान्तका अंशहरु प्रयोग गरेर केही समय आयु लम्ब्याउन सफल भएको छ ।

आफ्नो मृत्यु झलझली देखिरहेको साम्राज्यवादले आज आफ्नो आयु बढाउन अनेक साम्यवाद विरोधी षड्यन्त्र र हर्कतहरु गर्दै आएको छ । यो षड्यन्त्रको जालो च्यात्न माक्र्सवादलाई माओपछि आउँदा थप विकास गर्ने आजको आवश्यकता बन्न आएको छ । भूमण्डलीकृत पुँजीवाद र साम्राज्यवादको चुनौतिलाई पार गर्ने अर्को नयाँ वैज्ञानिक र नयाँ वैज्ञानिक सिद्धान्तको विकास आजको खाँचो हो ।

कुनै बेला कृष्ण विवर( ९द्यबिअप ज्यभि०) के हो थाहै थिएन । एक समय वैज्ञानिक हकिङ्सले कृष्ण विवरको अवधारणा ल्याए र त्यो शक्तिशाली कृष्ण विवरले नजिक आएका सबै वस्तुलाई आपूmभित्र तान्छ र निलिदिन्छ । यसबाट केही पनि वस्तु फुत्किन र फर्किन सकदैन र संभव छैन भन्ने यो सिद्धान्तको आविष्कार गरे । यो सिद्धान्त सार्वभौम भएपछि यो नै सत्य हो भन्ने सबैलाई भयो । कसैले विरोध गरेन । पछि हकिङ्स आफैँले एकीकृत भौतिकी सिद्धान्त अघि सार्दैगर्दा यो अवधारणालाई विकास गरेर नयाँ विचार अघि सारे– यदि कृष्ण विवर भन्दा शक्तिशाली वस्तु बनाउने हो भने यसलाई छेडेर पनि जान सकिन्छ र कृष्ण विवरबाट फर्केर आउन पनि संभव छ ।

यो अवधारणाले पुरानो अवधारणा वा सिद्धान्तलाई उल्टाइदियो । यो अवधारणा आज सर्वस्वीकार्य जस्तो बनेको छ । ‘सकिदैन’ भन्ने सिद्धान्त पुरानो भइसक्यो । यसलाई ‘सकिन्छ’ भन्ने सिद्धान्तले प्रतिस्थापन गर्यो । यस सिद्धान्तलाई समाज विज्ञानसँग जोडेर हेरौं– एउटा समय साम्राज्यवाद नै सबैभन्दा शक्तिशाली वस्तु हो जसलाई जित्न सकिँदैन भन्ने थियो । त्यसलाई कमरेड माओले ‘रणनीतिक रुपले पुँजीवाद कागजी बाघ हो’ भन्नु भयो । क. माओले यदि साम्राज्यवादको अन्तरवस्तुलाई बुझियो भने यसलाई जित्न सकिन्छ भनेर भन्नु र हकिङ्सले त्योभन्दा शक्तिशाली चीज बनाउने हो भने फर्केर पनि आउन सकिन्छ वा त्यसलाई छेडेर अर्को ब्रह्माण्डमा पनि पुग्न सकिन्छ भन्नुका बीच त्यति तात्विक भिन्नता छैन ।

आज कमरेड माओपछि विश्व व्यवस्था भूमण्डलीकृत पुँजीवाद र आजको साम्राज्यवादमा आइपुगेको छ । यसलाई एकथरि मानिसहरु त्यहि ‘कृष्ण विवर’को रुपमा हेरिरहेका छन् । हकिङ्सको पुरानो सिद्धान्तभन्दा अगाडि बढ्न नसक्नेहरुले यो ‘कृष्ण विवर’ रुपी भूमण्डलीकृत पुँजीवाद ‘सबभन्दा शक्तिशाली र सर्वशक्तिमान’ छ । त्यसले ‘सकिँदैन’ भन्ने निष्कर्षमा पुगेकै कारणले साम्राज्यवादको अगाडि लाथ्राकलुथ्रुक भएर आत्मसमर्पण गरिरहेका छन् । तिनीहरुले पहिलो माओको ‘कागजी बाघ’को सिद्धान्तलाई ‘साँच्चैको बाघ’को रुपमा चित्रित गरेका छन् ।

यो रणनीतिलाई कार्यनीति देख्ने र कार्यनीतिलाई रणनीति देख्ने दोषी चस्मा हो । माओको भनाइमा ‘कार्यनीतिक हिसाबले साम्राज्यवाद साँच्चैको बाघ हो तर रणनीतिक हिसाबले यो कागजी बाघ हो’ भनेर जसरी भन्नु भएको छ यो भनाइको सारतत्व नबुझ्नेहरु कि त यसलाई सधैंभरि ‘साँच्चैको बाघ’ देख्ने कि त ‘सधैं कागजी बाघ’ देख्ने गरेका छन् । सधैं साँच्चैको बाघ देख्नेहरु आत्मसमर्पण गर्न गइरहेका छन् भने सधैं कागजी बाघ देख्नेहरु जड्सूत्रवाद र अधिभूतवादको शिकार भएर सिद्धिइरहेका छन् ।

साम्राज्यवादलाई नबुझ्दा कि त भष्मखरानी भई सिद्धिइरहेका छन् अन्तमा आत्मसमर्पणको शरणमा पुगिरहेका छन् । यी दुवैबाट बँचेर कृष्ण विवर चिर्ने नयाँ सिद्धान्त आजको आवश्यकता हो । यसको लागि सामाज विज्ञानमा पनि एकीकृत सिद्धान्तले मात्र आजको विकसित कृष्ण विवर चिर्न सक्दछ ।

हामीले खोज गरेको र समातेको सिद्धान्त यही हो । यो नयाँ विचार र सिद्धान्तले मात्र हामीलाई आजको भूमण्डलीकृत पुँजीवाद र सामज्यवादका विरुद्ध उभिन प्रेरित गर्यो र यहाँसम्म आउन मद्दत पनि गर्यो । यसलाई जित्न सकिँदैन भन्नेहरुलाई आज यही पुरानै भूतले खाइरहेको छ । त्यहि कृण विवरले निलिरहेको छ । प्रचण्ड, बाबुराम र अन्य संसदवादी कम्युनिस्टहरु यसैको शिकार भएका छन् । यसैको परिणाम आत्मसमर्पण र दलाली गर्न बाध्य भए । हामीले हकिङको नयाँ सिद्धान्तलाई समात्यौं र त्यसलाई आधार बनाएर ‘कृष्ण विवर’ चिर्ने एकीकृत सिद्धान्तको अवधारणा अघि सार्यौ। प्रचण्डहरुसँग नमिलेको यहींनिर हो ।

आठौं महाधिवेशनले त्यही ‘कृष्ण विवर’ चिर्ने सिद्धान्त अन्तर्गत ‘दर्शन, अर्थशास्त्र, विचार, राजनीति, संस्कृति, सङ्गठन, कार्यदिशा’मा केही नयाँ प्रस्थापनाहरु अघि सारेको थियो । यो नयाँ अवधारणा ब्ल्याक होल चिर्ने सिद्धान्त हो । जसले हामीलाई नवौँ महाधिवेशनसम्म सफलतापूर्वक अवतरण गरायो । यसलाई बुझ्न नसक्ने र पचाउन नसक्नेहरु भागे । भगौडा प्रवृत्ति आत्मसमर्पणको अघिल्लो कदम हो ।

अन्ततः यो आत्मसमर्पणमा पुग्ने निश्चित छ । तर हाम्रो यात्रा केवल भावना र भावावेशको यात्रा होइन यो साँँच्चै नै साम्यवादसम्म पुग्ने नयाँ यात्रा हो । सी जाति र सी समाजको परिकल्पना मात्र होइन प्रयोगको पहिलो कदम पनि हो । यो भोलिको साम्यवादी समाज अर्थात् निर्जातीय समाजको सानो भ्रुण हो ।

आठौं महाधिवेशनले सही दर्शन र दृष्टिकोण वस्तुको विकास गरेर मात्र हुन्छ । विगत दिनहरुमा बदलिएको वस्तुको रक्षा गर्न सकिएन ? यसको जवाफ कम्युनिस्ट क्रान्तिकारीहरुले दिनु नै पर्ने थियो । त्यो आठौं महाधिवेशनबाट दिएकाछौं– ‘रक्षा विकास गरेर मात्र हुन्छ ।’ त्यसैले दर्शनको यात्रा ‘संसारलाई बुझ्ने र बदल्ने मात्र होइन मुख्य कुरा बदलिएको वस्तुको विकास गर्ने हो’ भन्नेबाट शुरु हुनुपर्छ भन्यौं । यो विकासको नयाँ पाइलो थियो ।

त्यस्तै विपरितहरुको एकत्वको नियमलाई सजातीय वस्तुहरुबीचको एकत्वमा जोड दिएको छ । विजातीय तत्वहरु बीचको एकत्वले पार्टी फुट र विभाजनलाई प्रश्रय दिँदै आएको छ भन्ने निष्कर्ष दियौं । विजातीय तत्वहरुको सङ्घर्षलाई सोलोडोलो अन्तरसङ्घर्षकै नियमभित्र राख्दा यसले क्रान्ति र आन्दोलनलाई क्षति पुर्याउँदै आएको निष्कर्ष पनि आठौं महाधिवेशनले दिएको छ ।

अहिले नवौँ महाधिवेशनले यसमा थप ६ वटा निष्कर्षहरु अघि सारेको छ– (१) अनिश्चय, रक्षा र रुपान्तरण, (२) आर्थिक विकासमा एकीकृत स्वामित्व, (३) राजनीतिमा वैज्ञानिक समाजवाद र जनमत, (४) पार्टी अन्तरसङ्घर्षमा पार्टीको तथ्यद्वारा रुपान्तरण, (५) विश्व साम्राज्यवादको सन्दर्भमा भूमण्डलीकृत पुँजीवाद र साम्राज्यवाद (६) समाजवादमा कम्युनिस्ट अन्तर्राष्ट्रियआदि लगायत थुप्रै राष्ट्रिय–अन्तर्राष्ट्रिय महत्वका संश्लेषण गरेको छ ।

नवौँ महाधिवेशनले थुप्रै विषयहरुको उठान गरेको छ । आठौं महाधिवेशनले उठान गरेका विषयहरुलाई थप व्याख्या र विकास गरेको छ । नयाँको विकास गर्दा पुरानो अनिश्चय बन्न पुग्छ । जब नयाँ आविष्कार विकासको नयाँ मञ्जिलमा पुग्छ अनिश्चयको क्षेत्र फराकिलो ठाउँमा पुग्छ र निश्चयको यात्रा गर्न संभव हुन्छ । नवौँ महाधिवेशनले यो यात्रा तय गरेको छ । यो नेपाली कम्युनिस्ट आन्दोलनको लागि एउटा नयाँ अन्तरवस्तु बन्न गएको छ ।

हाम्रो दाबी छ आजको साम्राज्यवादलाई हल गर्न सकिन्छ र त्यो औषधि पत्ता लागेको छ । यो नै एकीकृत सिद्धान्त हो । त्यसलाई समाज विज्ञानको एउटा शाखामा प्रयोग गर्दा सी जातिको वस्तुको एउटा क्वान्टम हो । सी जातिको यो सानो पाइलाबाट नवौँ महाधिवेशन अघि बढेको छ । यो गर्वको कुरा हो । हो नयाँ खोज गर्दा चुनौती आउँछ, हामीलाई थाहा छ । राइट दाजुभाइलाई सबैले पागल भने ।

सबैभन्दा पहिले ‘पृथ्वी ‘गोलो छ’ भन्ने को पर्निकसलाई पनि पागल मात्र भनेनन् ज्यानकै सजाय दिए । अहिले ‘समाज बदल्छौं’ भन्नेहरुलाई कसैले पागल भन्लान, कसैले बौलाहा भन्लान्, भन्नेहरु भनिरहन्छन् तर समाज बदल्ने वैज्ञानिकहरु कहिल्यै निरास हुँदैनन् र हुनु पनि हुँदैन । निरन्तर खोज, अनुसन्धानमा जुटिरहन्छन्, तिनलाई कसैले रोक्न सक्दैन । हामी पनि ती वैज्ञानिकहरुका अनुयायी हौं । नयाँ चीजको अनुसन्धानमा छौं । नयाँ ल्याउँदा राम्रो–नराम्रो, सकारात्मक–नकारात्मक, समर्थन–विरोध यी आउँछन्, यो स्वभाविक प्रक्रिया हो । यसलाई हामीले द्वन्द्ववादी ढङ्गले हेर्नुपर्छ ।

सी जाति हाम्रो सुन्दर आदर्श, साम्यवादी परिकल्पनाको एउटा प्रारम्भ विन्दु हो । यो आज प्रयोगको तहमा छ । यसले कुनै दिन संसार सी जातिको बनाउने सपना देखेको छ । सपना नदेख्ने पशु हो । सायद पशुले पनि सपना देख्छ होला तर व्यक्त गर्ने क्षमता छैन । मान्छेले सपना देख्छ र सपनालाई साकार बनाउने प्रयास गर्छ, यो नै मानवीय चेत हो, मानवपना हो । नेपालमा सी पार्टी बनाउने र परिकल्पना गर्ने योजना ‘मूर्ख’ हरु थिए ।

आज संसारमा मानव जातिलाई सी समाजमा पुर्याउने परिकल्पना गर्ने दुईजना ‘मूर्ख’हरु मार्क्स र एङ्गेल्स त थिए । आज नेकपाको नवौँ महाधिववेशनमा सी जाति बनाउने निर्णय गर्नेहरु देशविदेशबाट जम्मा भएको साडे ५ सय ‘मूर्ख प्रतिनिधि, पर्यवेक्षक’हरु थिए । आजका ‘राजनीतिक भ्यागुता’हरु कुवाबाट ट्वार–ट्वार गरेर सी जाति र सी समाजको विरोध गरिरहेका छन् । एउटा भ्यागुताले सानो दुर्गन्धित कुवाबाट कसरी सी समाजको परिकल्पना गर्न सक्छ ? यो सी जातिले मात्र गर्न सक्छ । सी जातिले संसारमा कुनै पनि चीज असंभव देख्दैन । भोलि सी समाज भएरै छाड्ने छ । आज यो राजनीतिक तहमा छ । भोलि यो समाजमा बदलिने र संसार सी जातिको हुनेछ ।

नवौँ महाधिवेशनमा जातीय मुक्तिको छुट्टै प्रस्ताव पनि पेस गरिएको थियो । नेपालमा २०६८ को जनगणनाको सरकारी आँकडामा १२६ओटा जातिहरु देखाइएको छ । सायद २०७८ मा सम्पन्न जनगणनाको आँकडा बाहिर आएको छैन । यसले अझ बढी देखाउन पनि सक्छ ।

जे होस् जति जाति हुन् तर नेपालमा सयभन्दा बढी जातिहरु छन् । नेपाली समाजका अन्य समस्या वा उत्पीडनहरुमध्ये जातीय समस्या क्रान्तिको एउटा समाधान गर्नु पर्ने समस्या हो । यो समस्या केवल जातीय समस्या मात्र होइन समाजमा जबरजस्त रहेको एउटा अन्तरविरोधको समाधान गर्ने र सबै मानिसलाई एउटै जाति कसरी बनाउने भन्ने प्रश्न पनि हो । यो कम्युनिस्टले मात्र सोच्दछ र समाधान गर्ने उपाय खोज्ने प्रयास गर्दछ । अहिलेसम्मका कम्युनिस्टहरुले किन यो प्रयास गरेनन् र कमरेड विप्लवले नै किन खोज्नु पर्यो र यो निष्कर्ष पुग्नु पर्यो ? यो प्रश्न पनि ध्यान दिन योग्य छ । यसको समाधान कम्युनिस्टहरुले दिनै पथ्र्यो ।

हाम्रो पार्टी कम्युनिस्ट पार्टी भएकोले यसको समाधानको उपाय खोज्न जरुरी थियो र खोज्यो । हाम्रो नेतृत्व कम्युनिस्ट भएकोले यो खोज्ने र ल्याउने आँट गर्यो । यदि यसको उत्तर हामीले नदिएको भए कसै न कसैले त दिनै पथ्र्यो । त्यसलाई मध्यनजर गर्दै हाम्रो पार्टीले अग्रता लियो । यसलाई महाधिवेशनले सी जातिको निष्कर्षबाट हल गर्ने निर्णय गर्यो । यो नवौँ महाधिवेशनको महानता हो ।

जातीय समस्या र जातीय मुक्तिको हल कम्युनिस्ट (सी जाति) बाहेक कसैले सोचेको पनि छैन । यसलाई हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी र हाम्रो नेतृत्व क. विप्लव सीले मात्र सोच्नु भएको छ र हिम्मतका साथ अगाडि ल्याउनु भएको छ । स्वभाविक के छ भने कुनै पनि नयाँ चीज वा विचार आउँदा एक पटक हलचल र तरङ्ग पैदा हुन्छ । क्रिया–प्रतिक्रिया हुन्छ । समर्थन र विरोध हुन्छ । अन्तमा वैज्ञानिक विचार र सहि विचारको विजय हुन्छ । त्यसैले सी जातिको पनि एक दिन विजय हुनेछ । यो उद्घोष सामाजिक रुपान्तरण अभियानको शुरुवात हो ।

सी जातिको शुरुवात यहाँका नामधारी कम्युनिस्टहरुलाई चुनौति पनि हो जो आफ्नो जाति, धर्म, संस्कृतिको खाल्टोभन्दा बाहिर निस्कन चाहन्नन्, उसले आफुलाई कम्युनिस्ट (सी) जाति बनाउन पनि सक्दैन । नेपालमा कम्युनिस्ट नामलाई भ्रष्ट गरेर जिउनेहरुलाई समाजमा जनताको अगाडि उभ्याउने र उनीहरुको वास्तविक अनुहारमा चिनाउने अभियानको शुरुवात पनि हो ।

यसरी एकीकृत जनक्रान्तिको कार्यदिशा लागू गर्ने क्रममा निर्माणाधिन पार्टीको केन्द्रीय कार्यालय आफैँ ‘एकीकृत भवन’मा दर्ज भएको छ, जहाँबाट हामीले एकीकृत कार्यक्रम र गुरुयोजनाहरु बनाएर अघि बढ्न सफल भएका छौं । यो महाधिवेशनको ऐतिहासिक सफलता हो ।

( नेपाल कम्युनिस्ट पार्टीको मुखपत्र :जनक्रान्ति अंक ६ बाट)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।