१५ बैशाख २०८१, शनिबार

लघुवित्त माथि गरिएको जनकार्वाहीप्रति नेकपा जाजरकोटकाे ऐक्यबद्धता

0

फागुन १६, जाजरकोट /जाजरकोट जिल्लामा लुघवित्तीय संस्थाका कर्मचारीलाई स्थानीय जनताले गरेको जनकार्वाही प्रति नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले ऐक्यबद्धता जनाएको छ ।

नेकपा जाजरकोटका सेक्रेटेरी विराजन सीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरि जिल्लाको भेरी नगरपालिका ११ कटिगाउँमा जनताले एनआइसी लघुवित्तीय संस्थाका कर्मचारीलाई गरेको जनकार्वाही प्रति ऐक्यबद्धता जनाएका हुन ।

नेकपाले जिल्लामा भ्रष्टाचार, दलालीकरण, माफिया करण, कमिसन खाेर, चर्को ब्याजदर, कालोबजारी, दैनिक उपभाेग्य समानकाे मूल्य वृद्धि र सामाजिक विभेदले जनताको जीवन अत्यन्त संकटग्रस्त बन्दै गएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

जारी विज्ञप्तिमा पछिल्लो समय वित्तीय संस्थाको अमानवीय आर्थिक शाेषणले गर्दा जनता मर्न बाध्य भएको भन्दै धेरै बस्तीहरू घरवारविहीन हुनपुगेकाले आफै जनताले लघुवित्तमाथि कार्वाही गर्न बाध्य भएको जनाएको छ ।

नेकपाले विज्ञप्तिमा भनेको छ “जाजरकोट जिल्लाका विभिन्न बस्तीमा यस्ता अपराधीक संस्थाहरूले दमन गरिरहेकाे, शाेषण गरिरहेकाे, डर, धम्की र त्रास देखाई रकम असुल गरिरहेको अवस्थामा जनकारबाही गरेका छन ।

नेकपाले विज्ञप्तिमार्फ आगामी दिनमा यस्ता प्रकारका डर, धम्की र त्रास देखाई रकम असुल गर्ने कार्य गरेको पाइएमा थप कार्वाही गर्ने चेतावनी समेत दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।