१४ बैशाख २०८१, शुक्रबार

तथाकथित लोकतन्त्रलाई नौजवानहरुले आगो लगाउने छन् : प्रकाण्ड

0

काठमाडौ /नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् पार्टी  प्रबक्ता प्रकाण्डले समस्या नै समस्याले जकडिएको नाम मात्रको तथाकथित लोकतन्त्रलाई युवा नौजवान विद्यार्थीहरुले आगो लगाउने बताएका छन्।

बुधवार नेकपा निकट अखिल (क्रान्तिकारी) पशुपती क्याम्पस समितिले गौशालास्थित क्याम्पस प्राङ्गणमा जाडो बिदाको समापन कार्यक्रम , नवआगन्तुक बिद्यार्थीहरुलाइ स्वागत तथा बृहत् साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले यस्तो बताएका हुन्।

सम्बोधनका क्रममा कार्यक्रमको प्रमुख अतिथी समेत रहेका प्रवक्ता प्रकाण्डले युवा नौजवानहरुले रास्ट्रको लागि सोच्नु पर्छ, संसारमा ठुला ठुला क्रान्ति युवा बिद्यार्थीहरुको हुङ्कार र बलिदानीले सम्भव भएको छ, आजसम्म जुनजुन देशमा समाजवादी आन्दोलन सफल भएका छन् , ठुला ठुला क्रान्ति भएका छन्  ती युवा नौजवानहरुको त्याग र बलिदान बिना सम्भव भएको इतिहास नभएको बताए ।

पछिल्लो समय बिदेशी शक्तिहरुले हाम्रो देशको राष्ट्रियता माथि दिन दाहाडै बलात्कार गर्न, देश भित्रका दलाल शक्तिहरु बिच गहिरो साँठगाठ गरेकाले युवा बिद्यार्थीहरुले त्यसको बिरुद्ध कफन बाधेर लड्न समेत आवान गरेका छन् । बिदेशीहरुको चाकडिका लागि नेपालका नेताहरु धनुसस्टङ्कार झै लम्पसार परेकोले युवा बिद्यार्थी जाग्नुपर्ने र बिदेशी हस्तक्षेपलाई परास्त पार्नु पर्ने  उनको भनाइ थियो ।

युवा बिरोधी, शैक्षिक प्रणालीका कारण लाखौ युवा बिद्यार्थी विदेश पलाएन भएका छन । यस्तो शिक्षा नीति र निरीह राज्यको रबैयाको बिरुद्ध लड्न मुठ्ठी कसेर लड्नुपर्ने बताउदै युवाहरु विदेश पलायन गराउने लोकतन्त्र महिलाहरु माथी हिंसा हुँदा चुक्क बोल्न नसक्ने लोकतन्त्र, देशको राष्ट्रियता  बिदेशी दलाहरुको पोल्टामा हासिहासी राखिदिने लोकतन्त्र, समस्याको बेथितिजन्य फोहोरको पोको, कसिएको नाम मात्रको लोकतन्त्रलाई युवा बिद्यार्थीहरुले जलाउने हिम्मत जुटाउने बेला आएको समेत उनको तर्क थियो।

अहिलेको सिक्षा प्रणालीमा त्रुटी नै त्रुटी भएकाले यो प्रणालीलाई ध्वस्त पारेर निर्वाहमुखी उत्पादनमुखी र दक्ष्य जनशक्ति उत्पादन गर्ने बैज्ञानिक सिक्षा प्रणाली लागु गर्नुपर्ने तर्फपनि उनको जोड थियो ।

अहिले देश राजनितिक आर्थिक सामाजिक सङ्कटमा छ, सत्ता संचालकहरुले बचाउने स्थिती नभएकाले यसको नेतृत्व युवा बिद्यार्थीहरुले लिने बेला आएको छ ,नेकपाले लिने बेला आएको छ,हामिले नेतृत्व लिन सकेनौ भने देश ठूलो दुर्घटनामा फस्ने छ उनले भने ,।

त्यस्तै कार्यक्रमलाई अखिल क्रान्तिकारीका अध्यक्ष तथा नेकपाका केन्द्रिय सदस्य प्रकाश शाही, पशुपति क्याम्पस एकाइ अध्यक्ष तथा सोहि क्यापसका स्ववियू उम्मेदवार सुवास महत लगाएतका बिद्यार्थी नेताहरुले सम्बोधन गरेका थिए । सम्बोधन गर्ने अधिकांस बिद्यार्थी नेताहरुको सैक्षिक क्षेत्रमा भएका दलालिकरण ,भ्रष्टीकरण अन्त्य गर्न बैज्ञानिक समाजवादी शिक्षा प्रणाली अपरिहार्य रहेको बताएका थिए ।

त्यस्तै कार्यक्रममा नेकपाका सल्लाहाकार कमिटी सदस्य राजेन्द्र चिमौरिया, सामना कलाकारकाआरोह सी, राज्यद्वारा बेपता पारिएका बिपिन भण्डारीकी आमा शान्ता भण्डारी, अखिल क्रान्तिकारी सचिवालय सदस्य तारा सन्ज्याल, पशुपति क्याम्पस प्रमुख बिनोद पन्त तथा राष्ट्रिय रुपमा ख्यातिप्राप्त कलाकारहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको अध्यक्षता पशुपति क्याम्पस स्ववियू उम्मेदवार सुवास महतले गरेका थिए ।

अखिल क्रान्तिकारीद्वारा आयोजित सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथी नेकपाका प्रवक्ता प्रकाण्डले मैनबत्ती बालेर गर्नु भएको थियो भने कार्यक्रममा हजार भन्दा बढी बिद्यार्थीहरुको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।