१६ चैत्र २०८०, शुक्रबार

दलिय भागबण्डा रहित विश्वविद्यालय निर्माण गर्नुपर्छ: प्रकाश सी

0

काठमाडौँ –  अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)का अध्यक्ष प्रकाश सीले अबको स्ववियू निर्वाचन मार्फत दलिय भागबण्डा रहित विश्वविद्यालय निर्माण गर्नुपर्ने बताएका छन्।

बुधवार नेकपा निकट अखिल क्रान्तिकारी पशुपती क्याम्पस कमिटीले गौशालास्थित क्याम्पस प्राङ्गगडमा जाडो बिदाको कार्यक्रम समापन, नवआगन्तुक बिद्यार्थीहरुलाइ स्वागत तथा बृहत् सास्कृतिक कार्यक्रममा बोल्दै अध्यक्ष प्रकाशले यस्तो बताएका हुन्।

“हामीले यो देशमा कस्ता युवा बिद्यार्थी उत्पादन गर्ने, कस्तो सिक्षा प्रणाली लागु गर्ने, बैकल्पिक सिक्षा प्रणाली कस्तो बनाउने, यो देशमा बैकल्पिक सत्ता कस्तो बनाउने, अर्थतन्त्र बैकल्पिक संस्कार, संकृति कस्तो बनाउने, बैज्ञानिक समाजवादी शिक्षा कस्तो बनाउने भन्ने विषयमा बहस गर्न चाहन्छौ।”

” प्रत्येक   कलेज, प्रत्यक युनिभर्सिटी यो देशका मुलधारका राजनीतिक पार्टी भनिएका मान्छेहरुले आफ्ना भाइ- भतिजा भर्ति गर्ने क्षामतावान युवा विद्यार्थीहरुलाई विदेश पलायन गराउने र यहाँ बिकृती, बिसंगती र भ्रष्टाचारको अखडा बनाइरहेको भन्दै यो स्ववियु निर्वाचन मार्फत दलिय भागबण्डा रहित विश्वविद्यालय निर्माण गर्नुपर्ने र त्यसको नेतृत्व युवा विद्यार्थीहरुले गर्नुपर्नेछ ” उनले भने।

चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीलाई मतदान गरेर बिजय गराउन समेत आह्वान गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।