१३ बैशाख २०८१, बिहीबार

जनयुद्धका सहिदको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय स्वागतयोग्य

0

काठमाडौ / नेपालमा जनवादी गणतन्त्र हुँदै समाजवाद र साम्यवादको उदेश्य सहित २०५२ साल फाल्गुन १ गतेबाट शुरु भएको जनयुद्धको क्रममा सहादत प्राप्त गर्ने सहिद परिवारहरुको साझा संस्था जनक्रान्तिका महान सहिद परिवार संगठन नेपाल कि अध्यक्ष खुमा सुवेदी (विश्वक्रान्ती)ले जनयुद्धका सहिदहरुलाई रास्ट्रीय सहिदको मान्यता सहित उनिहरुको नामावली राजपत्रमा प्रकाशन गर्ने सरकारको निर्णय स्वागतयोग्य भएको बताएकि छन।

बुधबार काठमाडौको जमल स्थित रास्ट्रीय नाचघरमा चम्किलो तारा संस्थाद्वारा आयोजित एक कार्यक्रममा अध्यक्षता ग्रहण गर्दै बिश्वक्रान्तीले यस्तो धारणा राखेकि हुन।

फाल्गुन १४ गते जनयुद्धका सहिद तथा बेपत्ता परिवारद्वारा सहिद घोषणा गर्न र बेपत्ताहरुको सार्वजनिक गर्न माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र दिए लगत्तै फाल्गुन १५ गते मन्त्रीपरिषदले सहिदहरुलाई रास्ट्रीय सहिद यस अघि नै घोषण गरिसकिएको र उनीहरुको नाम राजपत्रमा प्रकाशित गर्न बाकी रहेको भन्दै यस्तो निर्णय गरेको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।