१३ बैशाख २०८१, बिहीबार

वलिदानको मुल्यलाई नयाँ उचाइमा उठाउने छौं : सन्तोष सी

0

पांचथर /नेपाल कम्युनिस्ट पार्टी पांचथर जिल्ला सचीव एवम् केन्द्रिय प्रतिनिधि समिती सदस्य सन्तोष सीले जनयुद्ध र जनक्रान्तिका सहिदहरुको बलिदानको मुल्यलाई नयाँ उचाईमा उठाउने दावी गरेका छन। शहिद सप्ताहको छैटौं दिन आज उनले सहिद स्मृति प्रतिक्षालय निर्माण कार्यको झण्डा गाडेर उत्घाट्न गर्दै यस्तो दावी गरेका छन ।

प्रतीक्षालय निर्माण कार्य उत्घाट्नमा बोल्दै सन्तोस सीले पांचथरमा भएको बलिदान र रगतसंग जोडिएको सपनालाई उचाइमा उठाउने प्रतिबद्धता ब्यक्त गरे । उनले बलिदानको मुल्यलाइ उचाइमा उठाउने कार्य पार्टीको मेची ब्युरोद्वारा सुरु भएको बताउंदै पांचथरमा हरेक सहिदको सपनालाइ, योगदान र कृतिलाइ जिवित पार्ने बताए ।

पत्रकार महासंघ जिल्ला कार्यलय पांचथर र जिल्ला बन कार्यलयको छेवैमा रहेको एक स्थानमा उक्त निर्माण कार्य गर्न लागिएको नेकपा पांचथरका सचिब हुकुम सी ले बताएका छन। कार्यक्रममा युवा नेता कविराजको पनि उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।