१५ चैत्र २०८०, बिहीबार

शहिद स्मृति मावि लम्कीको अध्यक्षमा गणेश ढकाल

0

लम्की / कैलालीको लम्कीचुहा नगरपालिका १ पूर्वलम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा गणेश प्रसाद ढकाल सर्वसम्मत चयन हुनुभएको छ । शनिबार भएको अभिभावक भेलाबाट अध्यक्षमा ढकाल निर्विरोध चयन भएका हुन।

समाजसेवा, राजनीति र शिक्षा क्षेत्रप्रति समर्पित ढकाल  सहिद स्मृति माध्यमिक विद्यालयको अध्यक्षमा चयन भएका विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद जैशीले जानकारी दिनुभयो ।

Exif_JPEG_420

 यस्तै अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिको सदस्यमा पान कुमारी नेपाली, मनिराम सुनार, हस्ते नेपाली, कलावती देवकोटा र थुमा पहराई सहित ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन गरेको छ ।

लम्कीचुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपाने प्रमुख अतिथि रहनुभएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद जैशीले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक नविन देवकोटाले गरेका थिए ।

Exif_JPEG_420

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।